Posted by: magorkhe1 June 18, 2015
अमेरिकामा तीन किसिमका नेपालीहरु| तपाईं कुन वर्गमा पर्नु भयो?
Login in to Rate this Post:     1       ?         Liked by
लेखि टोपल्नु हुने महानुभाब र टसुवा महानुभाबलाई धन्यबाद |
सर्ब प्रथम त हामि नेपालि कति प्रकारका छौ त्यो पनि नेपाल कै सन्दर्भ बाट सुरु गर्नु भएको भए जान्ने मौका पाइन्थ्यो अनि तेस्पछि तपाइले बर्णन गर्नु भएका नेपालमा भएका र अमेरिकामा भएका बीच के के समानता र असमानता छुट्याउन सजिलो पर्थ्यो भने तपाइले टासेको लेख को वजन पनि थाहा हुन्थ्यो !
कही तपाईंको सोच नेपाल छोडेर जुन देशमा गए तेही देशको माटोमा भिज्छन र बानी ब्यहोरा पनि परिवर्तन आउछ भन्ने सोचाइ राखु भएको भए तपाईं गलत सोच्मा हुनु हुदो रहेछ | 
एही साझामा बिदेस्मा पढे लेखेका हरु ले देश हाक्नु पर्‍यो भन्नु पर्‍यो : के बिदेशी विश्व बिद्यालयबाट डाक्टरको उपाधी लिएर नेपाल फर्क्ने हरुको दिमाग फेरिएर जादैन उतै बाट लिएर आएको मान्सिकता मा परिवर्तन आउनु पर्छ अनी तपाईंको सोचमा कही गधा बिदेशको बसाइ भए पछी अनी बिदेशको शिक्षा पाएका हरु घोडामा परिवर्तन हुन्छन ? त्यो पनि हुन सक्ला तर भनाइ छ " गिदड्की खाल बदली जा सकती है लेकिन आदते कभी नही "
अहिलेका अर्थ मन्त्री महत अनी अर्का मन्त्री रिजाल ले बिदेसै बाट पाएका हुन डाक्टर को उपाधी | महतजी १०% बिना काम गर्नु हुन्न , रिजालजी का कान्ड तपाईंलाई के सुनाउ , सुर्यलाई बत्ती देखाए झै हुन्छ |


गंद्रुककै स्वाद नपाएकालाई अमेरिकन गुन्द्रुक को बर्णन छेउ न टुप्पाको कुरा भए |
Last edited: 18-Jun-15 09:53 AM
Read Full Discussion Thread for this article