Posted by: _____ June 17, 2015
धेरै बोल्नै पर्दैन, फोटोले नै देखाउँछ UN को WFP ले गोरखामा कस्तो चामल बाँड्यो?
Login in to Rate this Post:     0       ?        

धेरै बोल्नै पर्दैन, फोटोले नै देखाउँछ UN को WFP ले गोरखामा कस्तो चामल बाँड्यो?

WFP अर्थात् विश्व खाद्य कार्यक्रम संयुक्त राष्ट्र संघ (UN) को एउटा संस्था हो। यसले नेपालका भूकम्पपीडितका लागि भन्दै विश्वभर चन्दा आह्वान गरेको तपाईँहरु सबैले देख्नुभएकै होला। अनि यसले चामल चाहिँ कस्तो बाँड्दो रहेछ त?
wfp
श्रीबहादुर गुरुङले खिचेका यी फोटोहरु गोरखाको लाप्राक गाउँमा WFP ले पुर्‍याएको चामलको हो। हेर्दै थाहा हुन्छ चामलको गुणस्तर। यहाँ केहीले सरकार चोर हो, खत्तम हो भन्दै आइएनजिओलाई धेरै विश्वास गरेका देखिन्छन्। आइएनजिओको ताल पनि यस्तो छ हेर्नुस्

wfp4

wfp3

wfp2

wfp1

WFP ले यहाँ मात्रै होइन काभ्रेमा पनि यस्तै गुणस्तरहीन चामल बाँडेको थियो। राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति निकाल्दै काभ्रेमा WFP ले दिएको र रेडक्रसले बाँडेको चामल गुणस्तरहीन पाएकोले कारबाही गर्न भनेको थियो। गुणस्तर तथा नापतौल विभागले पनि महादेवस्थान ८ कुन्तावेशीस्थित गोदामबाट ल्याएको नमुना परीक्षण गर्दा खाद्य गुणस्तर अनुरुप नभएको बताएको थियो।

Read Full Discussion Thread for this article