Posted by: _____ June 16, 2015
जस्ता बेच्न खोजेको आरोप लागेका रमेश महत कृषि विकास बैंक सञ्चालकमा निर्वाचित
Login in to Rate this Post:     0       ?        

जस्ता बेच्न खोजेको आरोप लागेका रमेश महत कृषि विकास बैंक सञ्चालकमा निर्वाचित

२०७२ असार १ गते १५:३६ मा प्रकाशित


१ असार काठमाडौं । इन्भेष्टमेन्ट बैंकले भूकम्पले क्षतिग्रत नुवाकोटका विद्यालयका लागि दिएको जस्ता बिक्री गर्न खोजेको आरोप लागेका रमेश महत कृषि विकास बैंकको सञ्चालकमा निर्वाचित भएका छन ।


Ramesh-Mahat


अर्थमन्त्री डा. रामशरण महतका भतिजा तथा स्वकिय सचिवसमेत रहेका महतले जस्ता बेच्न खोजेको आरोप लागेपछि स्वकिय सचिवबाट राजिनामा दिएका थिए । उनले आफूमाथि लाागेको आरोप अस्वीकार गर्दै छानविन गर्न माग गर्दै आएका छन ।

तर, तीनै महत कृषि विकास बैंकको सञ्चालकमा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका छन । केहीदिन अघि राजधानीमा भएको बैंकको आठौं वाषिर्क साधारणसमाले महतलगायत चार जना सञ्चालक निर्वाचित गरेको हो । मनोज बस्नेत, गोविन्द प्रसाद भट्टराई र घनश्याम अवस्थी पनि बैंकको सञ्चालकमा निर्वाचित भएका छन ।

संचालकहरुको कार्यकाल चार वर्षको हुनेछ । महत यसअघि पनि बैंकको सञ्चालक थिए ।

साधारण सभाले आर्थिक बर्ष २०७/०७१ को नाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर तथा ८.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका सूचना शाखा प्रमुख रमेशराज रेग्मीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ

- See more at: http://www.onlinekhabar.com/2015/06/288992/#sthash.H8JipnN2.dpuf
Read Full Discussion Thread for this article