Posted by: metta June 1, 2015
अर्थ मन्त्रीका पीए रमेश महतलाई राहतको जस्ता बेच्न लागेको आरोप
Login in to Rate this Post:     0       ?        

मन्त्री नै राहत किनबेचमा लागे : ओली

अन्‍नपूर्ण |२०७२ जेष्ठ १८ सोमबार

फोटो :अन्‍नपूर्ण
 
सरकार असफल भइसक्यो
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार भूकम्पपीडितको राहत र पुनःस्थापनामा असफल भएको आरोप लगाएको छ ।

आफ्नै पार्टी पनि सदस्य रहेको कोइराला सरकार भूकम्पपछिको विपत्तिको सामना गर्न असफल भएको भन्दै ओलीले घुमाउरो रुपमा सरकार परिवर्तन जरुरी रहेको उल्लेख गरे ।

‘सेना, प्रहरी र सशस्त्र भूकम्पपछिको उद्धारमा अहोरात्र उत्रेर सरकारको नाक जोगाइदिए’, भक्तपुरमा मानवीय आस्था नेपालले बनाएका तीन सय टहरा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले  भने, ‘तर, समग्र राहत र उद्धारप्रक्रियामा सरकार असफल भइसकेको छ । त्यही कारण  दलहरुले स्वयम्सेवक परिचालन गर्नुपरेको हो ।’

अध्यक्ष ओलीले अर्थमन्त्री डा. रामशरण महतका पिए रमेश महत भूकम्पपीडितको जस्तापाता किनबेचमा लागेको प्रसंग उल्लेख गर्दै राहत दिने बेलामा मन्त्रीहरु नै राहत गडबडमा संलग्न भएको आरोप लगाए ।

‘भूकम्पपीडितलाई राहत वितरण गरी सरकारको उपस्थिति देखाउने बेला मन्त्री र तिनका पिए नै जस्तापाता किनबेचजस्तो घृणित काममा लागेका छन्’, अध्यक्ष ओलीले भने, ‘नुवाकोट लगिएको जस्तापाता काठमाडौं फर्काउन खोज्दा जनताले समाते । यसको जवाफ अर्थमन्त्रीले दिनुपर्छ ।’

भूकम्पपीडितलाई बाँड्न लगिएको जस्तापाता काठमाडौं फर्काउन खोज्नु बदनियतपूर्ण भन्दै ओलीले यसको जवाफ अर्थमन्त्री रामशरण महतले दिनुपर्ने बताए । ‘जनतालाई बाँड्न लगिएको सामान फिर्ता गर्न खोज्नुबाटै बदमाशी गरेको देखिन्छ’, ओलीले भने, ‘निशुल्क बाँड्न लगिएको जस्ता काठमाडौं ल्याएर पैसा लिई बेच्न खोजेको देखियो ।’

अध्यक्ष ओलीले एमालेले देशभरका भूकम्पपीडित जनतालाई भोकै बस्न नदिने उल्लेख गर्दै सरकारले चासो नदिएपनि आफूहरु भूकम्पपीडितको पींडा मेटाउन लागिरहेको बताए । ‘हामी भूकम्पपीडितहरुलाई भोकै मर्न दिँदैनौ’, ओलीले भने, ‘हाम्रा दशौं हजार स्वयम्सेवक भूकम्पपीडितका लागि अहोरात्र खटिरहेका छन् ।’
http://annapurnapost.com/News.aspx/story/12593
Read Full Discussion Thread for this article