Posted by: _____ May 31, 2015
अर्थ मन्त्रीका पीए रमेश महतलाई राहतको जस्ता बेच्न लागेको आरोप
Login in to Rate this Post:     0       ?        

अर्थमन्त्रीका पिएलाई प्रश्न गर्दा थप्पड

  • आइतबार १७ जेष्ठ, २०७२
(5 votes)

काठमाडौं— अर्थमन्त्री रामशरण महतका स्वकिय सचिव (पिए) रमेश महतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न गर्ने एक जनामाथि आक्रमण भएको छ। भूकम्प पीडितका लागि नुवाकोट लगिएको जस्तापाता अर्थमन्त्रीका पिए रमेशले दुरुपयोग गरेकोबारे प्रस्टिकरण दिन आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन भइरहँदा सो घटना भएको हो।


प्रश्न सोध्ने कृष्ण बोहोरालाई कांग्रेस कार्यकर्ताले कुटेका हुन्। 'पत्रकार सम्मेलनमा सहभागीमाथि कुटपिट भएको हो', रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमालाले नागरिकन्युजसँग भने, 'यस किसिमका घटनाको हामी भत्सर्ना गर्दछौं। कुटपिट हुनु हुँदैन भन्ने हाम्रो मान्य हो।'

कुटाइ खाने बोहोरा एमाओवादी कविलास गाउँ अध्यक्ष हुन्। प्रश्न गर्ने माथि आक्रमण भएपछि अहिले रिपोर्टर्स क्बलमा प्रहरी पुगेको छ। पत्रकार सम्मेलन स्थगित भएको छ।नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नुवाकोटका ६ वटा गाविसका भूकम्पप्रभावित विद्यालयलाई बाँड्न पठाएको जस्तापाता सम्बन्धितलाई नदिई बेच्न खोजिएको भन्दै स्थानीयले थानसिङ–१, छहरेमा रोकेका हुन्। 

नेपाल इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्तापाता शुक्रबार रमेश महतको कविलास–७, स्थित घरबाट टि्रपरमा लोड गरिएको थियो। लोड गरिएका ती ट्रक काठमाडौं ल्याउन खोजिएको थियो। भूकम्प पीडितका लागि आएको जस्तापाता काठमाडौं फर्काउन लागेको थाहा पाएपछि स्थानीयले ट्रिपर रोकेका थिए।
- See more at: http://nagariknews.com/main-story/story/38888.html#sthash.vtfb1TQg.dpuf
Read Full Discussion Thread for this article