Posted by: metta May 30, 2015
अर्थ मन्त्रीका पीए रमेश महतलाई राहतको जस्ता बेच्न लागेको आरोप
Login in to Rate this Post:     0       ?        

अर्थमन्त्रीका पीएले २७० बण्डल जस्ता बेच्न खोजेपछि…

बैंकले विद्यालयलाई दिएको जस्तामा कांग्रेस नेताको घोटाला !

२०७२ जेठ १६ गते १३:०५ मा प्रकाशित

Nuwakot-ma-Rajah-ko-Jasta-bikri-1

कपिलदेव खनाल

१६ जेठ, काठमाडौं । इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायतास्वरुप दिएको तीन सय बण्डल जस्ता अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले बेच्न लैजान खोजेको भन्दै स्थानीयबासीले पक्रेर प्रहरीलाई बुझाएका छन् ।

विद्यालयलाई दिएको जस्ता बिक्रीमा लैजाँदै गरेको भन्दै स्थानीयबासी छहरेमा भेला भएर अर्थमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

बैंकले उक्त जस्ता पाता कबिलासका विद्यालय भवन बनाउनका लागि सरकारलाई दिएको थियो । उक्त जस्ता गाडीमा हालेर कबिलास पुर्‍याइएको थियो ।

अर्थमन्त्रीका सहयोगी रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएर बाँकी २७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेका थिए ।

Nuwakot-ma-Rajah-ko-Jasta-bikri--2

गाडी फर्काएर छहरे भन्ने ठाउँमा रोकेपछि रमेशले गाडी चालकलाई फोन गरेर सो जस्ता कोटेश्वस्थित हार्डवेयर पसलमा झारिदिन आग्रह गरे । त्यसपछि गाडी चालक र महतवीच भाडामा बार्गेनिङ सुरु भयो । चालकले त्यति थोरै पैसामा आफूले जस्ता काठमाडौं नपुर्‍याउने बताए ।

फोनमा बार्गेनिङ हुन थालेपछि स्थानीयले शंका लागि गाडीमा हेर्दा जस्तापाता फेला पर्‍यो र तत्कालै नुवाकोट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई खबर गरियो ।

Nuwakot-ma-Rajah-ko-Jasta-bikri--3

स्थानीयबानसीले अनलाइनखरबलाई दिएको जानकारी अनुसार महतले उक्त जस्ता कोटेश्वरको जस्ता पसलमा बुझाइदिन अह्राएको चालकले वयान दिएका छन् ।

राहतका लागि उपलब्ध भएको सामाग्री रमेश महतले काठमाडौंको कोटेश्वरमा लगेर विक्री गर्न लागेको पुष्टि भएको स्थानीय रामप्रसाद न्यौपानेले दावी गरे । ट्रकका चालक निरज भण्डारीले दिएको वयानका आधारमा जस्तापाता फेरि काठमाडौं फर्काउन लागिएको पुष्टि भएको उनले बताए ।

Nuwakot-ma-Rajah-ko-Jasta-bikri

जस्तापातामा नेपाल ईन्भेष्टमेन्ट बैंकको लोगो रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ता तिर्थबहादुर पाण्डे अर्थमन्त्री डाक्टर रामशरण महतका सम्धी हुन् ।

व्यक्तिगत सम्वन्धका आधारमा गाउँमा राहत सामाग्री ल्याइएको र नाताले अर्थमन्त्रीको भतिजा नुवाकोट कांग्रेसका सचिव रमेश महतले काठमाडौं लगेर विक्री गर्न लागेको थानसिङ कांग्रेस सभापति विनोद पाठकले बताए ।

यसैबीच र्थमन्त्री डा. रामशरण महतका सहयोगी एवं कांग्रेस नेता रमेश महतले इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्ता आफूले बेचेर खान नभई चारवटा गाविसमा बाँड्नलाई लैजान लागेको स्पष्टीकरण दिएका छन् ।

http://www.onlinekhabar.com/2015/05/282987/


छहरेको जस्ता काण्ड : सुशील, रामशरण र वामदेवमाथि प्रश्न

सरकारले भ्रष्टाचार गर्दैन भनेर कसरी विश्वास गर्ने

२०७२ जेठ १६ गते १२:३४ मा प्रकाशित

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले यस अघि भनेका थिए, राहतमा भ्रष्टाचार गर्नेलाई जेल हाल्छु । तर, इन्भेष्टमेन्ट बैंकले नुवाकोटमा विद्यालयहरुलाई दिएको ३०० बण्डल जस्तापाता अर्थमन्त्री डा. रामशरण महतका सहयोगी एवं कांग्रेस कार्यकर्ता रमेश महतले बेच्न लैजाँदै गरेको अवस्थामा शुक्रबार नुवाकोटमा फेला पर्‍यो । अब प्रधानमन्त्री कोइरालाले अर्थमन्त्रीलाई रामशरणबाट दीक्षित रमेशलाई जेल हाल्छन् या हाल्दैनन् ? हेर्न बाँकी छ ।
susil-koirala-and-bamdev-gautam
अर्थमन्त्री डा. रामशरण महतले आगामी असार १० गते दाताहरुको सम्मेलन गर्दैछन् । उनले यसो भन्नका लागि दाताहरुको सम्मेलन गर्न लागेका हुन् कि नेपाल सरकारले अन्तरराष्ट्रिय सहयोगको सदुपयोग गर्ने छ र भ्रष्टाचार गर्ने छैन ।

तर, आफैंबाट दीक्षा पाएको रमेश महतले २७० बण्डल जस्ता बेच्न लागेको फेला परिसकेपछि अब अर्थमन्त्री महतले लाजगाल र नैतिकताका आधारमा राजीनामा दिन्छन् या दाताहरुको सम्मेलन गर्न भ्याउँछन् ?  यो पनि गम्भीर प्रश्न छ ।

बैंकले कर्मचारीको गाँस काटेर विद्यालयलाई दिएको जस्ता पातामाथि अर्थमन्त्रीकै  भाइ भतिजबाट यस्तो लुट मच्चाइनु सामान्य परिघटना होइन । उसमा ङिच्च दाँत देखाएर सरकारले यसमा चोखिन मिल्दैन । यस्तो अवस्थामा सरकारी राहत कोषमा कसरी पैसा जम्मा हुन्छ ?

अर्थमन्त्रीका सहयोगीबाट भएको यो घोटाला भूकम्पमा मरेका करिब ९ हजार मृतक, तिनका परिवार र ५ लाख पीडितहरुमाथिको खेलवाड हो । यो घटनाले दाताहरुलाई थप निराश बनाउनेछ, जसको असर भूकम्प पीडितमाथि पर्नेछ ।

गृहमन्त्री वामदेव गौतमले सार्वजनिक कार्यक्रममा भनेका छन् कि मिडियाले गर्दा विदेशी सहयोग आएन । तर, शहरी विकास मन्त्रालयले त्रिपालमा गरेको भ्रष्टाचार र दाताले दिएको ५ हजार बोरा चामल कसले लग्यो ? यसमा गृहमन्त्रालयको कमजोरी छैन ? कांग्रेस र एमालेको नेतृत्वमा रहेको सरकारले गरिरहेको चरम भ्रष्टाचार, आर्थिक अपारदर्शिता र लापरवाहीका  विदेशी दातामात्रै होइन, स्वदेशीहरु पनि निराश हुनुपर्ने स्थिति छ ।

आफ्नो आङमा लागेको भ्रष्टाचारको भैंसी नदेख्ने तर मिडियालाई दोष दिएर आफू चोखो हुन खोज्ने गृहमन्त्री गौतमको अभिव्यक्तिलाई शुक्रबारको जस्तापाता काण्डले नराम्रोसँग गिज्याएको छ ।

पञ्चायती व्यवस्थापछि नवधनाढ्य बनेका कांग्रेस र एमालेका अधिकांश नेता-कार्यकर्ताको नशा-नशामा भ्रष्टाचारका जीवाणु छन् । विपतिमा परेका जनताका नाममा आएको सहयोगमा समेत भ्रष्टाचार गर्ने यिनीहरुले जनतासँग हदैसम्म खेलाँची गरिरहेका छन् । यसैको एउटा उदाहरण हो बैंकले दिएको जस्तामा घोटाला ।

http://www.onlinekhabar.com/2015/05/283004/

नुवाकोटका सीडीओ भन्छन्- जस्ता काण्डको छानविन गर्नुपर्छ

२०७२ जेठ १६ गते १७:३८ मा प्रकाशित

१६ जेठ, काठमाडौं । नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जस्ता काण्डबारे छानविन गर्नु पर्ने बताएका छन् ।

अर्थमन्त्री डा. रामशरण महतका सहयोगी रमेश महतले राहतको जस्ता विक्री गर्न लागेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएपछि छहरेमा तनाव छ ।

Nuwakot-ma-Rajah-ko-Jasta-bikri-1

शुक्रबार साँझबाट सुरु भएको तनाव अझै कम भएको छैन । अहिले पनि जस्ता भएको ट्रकलाई प्रहरीले सुरक्षा दिएको छ भने स्थानीयबासी आन्दोलित छन् ।

कांग्रेस नुवाकोटका सचिव समेत रहेका रमेश महतले राहतका लागि आएको जस्ता काठमाडौं फिर्ता लगेर बेच्न खोजेको स्थानीयबासीको आरोप छ । स्थानीयका अनुसार विकास महतको घरमा ३० बण्डल जस्ता झारेपछि बाँकी २७० बण्डल जस्ता बोटेर ट्रक काठमाडौं र्फकन खोजेको थियो ।

तर, अर्थमन्त्री महत र उनका सहयोग रमेश महतले भने आरोपको खण्डन गरेका छन् ।

घटनाबारे बुझ्दा नुवाकोटका प्रमुख जिल्ला अधिकारी निरौलाले अनलाइनखबरसँग भने-‘यसबारे छानविन गर्नुपर्छ । भोलि जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक बोलाइएको छ । त्यहाँ यो विषय राख्छु ।’

उनका अनुसार इन्भेष्टमेन्ट बैंकले नुवाकोटका स्कुलहरुका लागि पठाएको यो ३०० बण्डल जस्तापाताबारे जिल्ला दैवि प्रकोप उद्धार समितिलाई कुनै जानकारी नै थिएन ।

कसले पठाएको र कहाँ वितरण हुने भन्ने जानकारी नगराइको भन्दै उनले भने-स्कुलहरुलाई भनेर पठाएको एवान क्वालिटीको रंगिन जस्ता पाता रहेछ । समितिमार्फत आएको भए त कुनै समस्या नै हुने थिएन नि ?’

जस्ता प्रकरणमा छानविन हुनु पर्ने भन्दै उनले भने-‘यस्ता कुरालाई छाड्नु हुँदैन । नत्र अरुले प्रश्रय पाउँछ ।’

http://www.onlinekhabar.com/2015/05/283068/

रमेश महत भन्छन्- मैले जस्ता बेचेर खान्छु होला त ?

२०७२ जेठ १६ गते १४:४३ मा प्रकाशित

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतका सहयोगी एवं कांग्रेस नेता रमेश महतले इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्ता आफूले बेचेर खान नभई चारवटा गाविसमा बाँड्नलाई लैजान लागेको स्पष्टीकरण दिएका छन् ।

Ramesh-Mahat‘त्यो जस्ता ६ वटा गाविसका लागि आएको थियो,’ महतले अनलाइनखबरसँग भने- ‘कबिलास र पञ्चकन्या गाविसमा बाँडिसकेपछि अरु चारवटा गाविसमा बाँड्न लैजाँदै गर्दा स्थानीयले समाते ।’ बाँकी रहेको जस्ता महाकाली, चौघडा, भद्रुटार र खानीगाउँमा बाँड्ने तयारी भइरहेको महतले दाबी गरे ।’

जस्ता बाँड्ने बैंकका ढकाल थरका कर्मचारी काठमाडौं गएकाले उनलाई भेट्न ड्राइभरलाई छहरा पठाइएका बेला जस्ता समातिएको महतले बताए । उनले भने- ‘काठमाडौंको मान्छेलाई छहरेमा सम्पर्क गर्नु भनेको, ड्राइभरले काठमाडौं लैजानु भन्ने बुझेछ ।’

काठमाडौंबाट जस्ता लिएर आएको गाडीको पत्ती भाँचिएपछि आफ्नो घरमा बालुवा ओसार्ने ड्राइभरलाई खटाइएको तर, उसलाई अरुले प्रयोग गरेर आफूमाथि आरोप लगाइएको महतले दाबी गरे ।

तर, स्थानीयले भने ३० बण्डल जस्ता रमेश महतले आफ्नै घरमा झारेको दाबी गरेका छन् । आफूमाथि लागेको आरोप सही नभएको रमेशको तर्क छ । ‘पार्टीको सचिव भइसकेको मजस्तो मान्छेले बैंकको छाप लागेको जस्तो बेच्छु होला त ?’ महतले भने- ‘जस्ता बेच्न लागेको भन्ने आरोप झूठो हो, म दाबाका साथ भन्छु, १४ वटा जिल्लामा म राहत वितरणमा सक्रिय भएर लागेको छु, मैले जति रेस्क्यु अरु कसैले गरेको छैन ।’

http://www.onlinekhabar.com/2015/05/283033/

अर्थमन्त्रीको जवाफ : राहत सामाग्री विक्री हुन सक्दैन

२०७२ जेठ १६ गते १४:४० मा प्रकाशित

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पनि राहतको छाप लागेको निर्माण समाग्री विक्री हुन नसक्ने दाबी गरेका छन् ।

अर्थमन्त्री महतका सहयोगी रमेश महतले नुवाकोटको कविलासका विभिन्न विद्यालयका लागि आएको जस्तातापा काठमाडौं पठाउन लागेको भन्दै स्थानीयबासीले छहरेमा ट्रकसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

तर, अर्थमन्त्री महतले भने ट्वीट गर्दै भनेका छन्-‘रिलिफको छाप लागेको निर्माण समाग्री कहाँ र कसरी बिक्री हुन सक्छ ? बास्तविकता नबुझी चरित्र हत्याको प्रयास नगरौं ।’

http://www.onlinekhabar.com/2015/05/283031/
Read Full Discussion Thread for this article