Posted by: cybernepali May 30, 2015
जापानमा ७.८ म्याग्निच्युडको भूकम्प
Login in to Rate this Post:     0       ?        

Chichi-shima
चिचिसिमा

टोकियो, जेष्ठ १६ - जापानमा शनिबार साँझ ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

चिचिसिमा नजिकै स्थानीय समयअनुसार साँझ ८ बजेर २४ मिनेटमा भूकम्प गएको हो । जापान मेट्रोलोजिकल एजेन्सीले भूकम्पपछि सुनामीको सम्भावना नरहेको जनाएको छ ।

यसअघि प्रारम्भिकरुपमा ८.५ मापन गरिएको जनाइएको थियो ।

भूकम्पले राजधानी टोकियो र योकोहामामा पनि झण्डै एक मिनेट हल्लाएको थियो ।

भूकम्पपछि क्षतिको रिपोर्ट नआएको जापान टूडेले जनाएको छ ।

भूकम्पको झड्काले टोकियोमा गाडी र ट्रेन केहीबेर अबरुद्ध भएको थियो ।

 

प्रकाशित मिति: २०७२ जेष्ठ १६ ०५:५० 

Read Full Discussion Thread for this article