Posted by: metta May 24, 2015
भूकम्प पीडितको राहतमा पनि र्‍याल
Login in to Rate this Post:     0       ?        
भारतबाट आएको राहत बेचेर खाने धुन्धुकारी हुन यिनी
काठमाडौं, ६ जेठ ।
surya-bhusal-1-1

भूकम्पपछि जनता आहत भएका बेला पीडितका नाममा धनार्जन गर्न खोज्नेको पनि समाजमा कमी छैन । जनता दुईछाक खाना र ओतको चिन्तामा छन् । र, तिनै जनताका नाममा राहत बटुलेर धनी बन्ने सपना देख्ने पनि उदांगिदै छन् समाजमा ।
जनताको दुःख देख्न नसकेका देशरविदेशमा बस्ने नेपाली एवं विदेशी मित्रले आफ्नो गाँस काटेर सहयोग गरेका बेला समाज सेवाका नाममा सूर्य भुषालले बदमासी गरेको तथ्य सौर्यले हात पारेको छ ।
भुषालले पीडितका नाममा राहत बटुलेर व्यापारीलाई बेचेको पाइएको सौर्य दैनिकले छापेको छ । लोभ र निजी स्वार्थमा लिप्त भुषालले भारतको उत्तरप्रदेश (युपी) सरकारका मुख्यमन्त्री अखिलेश यादवले पठाएको राहत व्यापारीलाई बेचेको तथ्य खुलासा भएको हो ।
उनले पीडितका लागि भारतबाट आएका कैयौँ गाडी सामान वीरगञ्ज र भैरहवाका व्यापारीलाई बेचेको पाइएको छ ।
उनी नेपाल–भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष पनि हुन् । संस्थाका नाममा पीडित जनताको भावनामाथि खेल्ने काम भुषालले गरिरहेका छन् ।
युपीका मुख्यमन्त्री यादवका भाइ एवं भारतीय सांसद मुन्ना यादवसँग सम्बन्ध बनाएका भुषालले उनकै सहयोगमा राहत नेपाल ल्याएका हुन् । धादिङ, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लाका भूकम्पपीडितका लागि मगाइएका राहत सामग्री वितरण गरेका छैनन् ।
भूकम्पपीडितका नाममा आएको राहत एक साताअघि सुनौली नाका हुँदै नेपाल भित्रिएको थियो । दुई गाडी सामान बुझ्न भुषाल चलचित्र निर्देशक सञ्जयबाबु ढकाललाई लिएर भैरहवा पुगेका थिए । भारतबाट आएको सामानमा सारी, थानका कपडा, जेन्ट्स पाइन्ट, टिसर्ट रहेको भन्सार कर्मचारीले जानकारी दिए ।
http://www.purbelinews.com/
Read Full Discussion Thread for this article