Posted by: metta May 23, 2015
भूकम्पको बैठकमा सभासद सेल्फी र क्यान्डी क्रसमा व्यस्त
Login in to Rate this Post:     0       ?        

संसदको विशेष समिति बैठकमा सभासद सेल्फी र क्यान्डी क्रसमा व्यस्त



http://ujyaaloonline.com/news/44397/ca-commeti/

काठमाडौं, जेठ ९ – भूकम्पका कारण घरवार गुमाएका झण्डै ८ लाख परिवार बस्ने ठाउँ र खाने अन्नको अभावमा यतिखेर निकै त्रासदीपूर्ण जीवन बिताइरहेका छन् । तर तिनै भूकम्प प्रभावित नागरिकका बारेमा छलफलका लागि बोलाइएको व्यवस्थापिका संसदको विशेष समितिको बैठक भने सभासदको मोबाइल खेलाउने थलो बनेको छ । व्यवस्थापिका संसदको राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन समितिको शनिबारको बैठकमा कोही सभासद फेसबुक चलाउनमा, कोही क्यान्डी क्रस खेल्न त कोही सेल्फी खिच्नमा व्यस्त देखिए । मोबाइलमा व्यस्त हुने सभासद एउटा पार्टीका मात्र होइनन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले तथा विपक्षी एकीकृत नेकपा माओवादी र अन्य विपक्षी दलका सभासद मोबाइल खेलाउन होडबाजीकै शैलीमा उत्रिए । 

समिति अन्तर्गतका उपसमितिले प्रतिवेदन प्रस्तुत गरिरहँदा सत्तारुढ एमालेका प्रमुख सचेतक अग्नी प्रसाद खरेल र नेपाल परिवार दलका सभासद एकनाथ ढकाल फेसबुक चलाउनमा व्यस्त हुनुभयो ।  सभासद ढकालको मोबाइल मोह फेसबुकमा मात्र सीमित रहेन । उहाँले बेलाबेला एउटा मोबाइल कुराकानीका लागि प्रयाग गरेर अर्को मोबाइल हातमा खेलाइरहनुभयो । उहाँले बैठक अवधिमा अन्य सभासदको मोबाइल लिएर फोटो खिच्ने काम पनि भ्याउनुभयो । एमाओवादीका एक जना सभासदले त उठेर सेल्फी नै खिचे । संघीय समाजवादीका सभासद प्रेमबहादुर सिंहले बैठकको अधिकांश समय क्यान्डी क्रस खेलेर बिताउनुभयो । सभासद फेसबुक चलाउन, गेम खेल्न, कुराकानी गर्न र सेल्फी खिच्नमा व्यस्त भएपनि बैठकको अध्यक्षता गरिरहेका सभामुख सुवासचन्द्र नेम्वाङले कसैलाई पनि त्यसो नगर्न रुलिङ गर्नुभएन । सभामुखले रुलिङ नगर्दा र सभासदले आफ्नो पदीय जिम्मेवारी भुल्दा संसदीय विशेष समितिको मर्यादामाथि नै प्रश्न उब्जिएको छ । सभासदले समितिको मर्यादामाथि प्रश्न उब्ज्याउने काम गरेका छन् ।




Read Full Discussion Thread for this article