Posted by: cybernepali May 20, 2015
अविवाहित श्रीमतीबाट प्रचण्ड पुत्र प्रकाशको सन्तान जन्मदैं
Login in to Rate this Post:     0       ?        

अविवाहित श्रीमतीबाट प्रचण्ड पुत्रको सन्तान जन्मदैं

काठमाडौं, जेठ ६/तेस्रो महिलासँग घरजम गरेर चर्चामा आएका एमाओवादी अध्यक्ष प्रचण्डका एक मात्र छोरा प्रकाश दाहाललाई सन्तानप्राप्ति हुने भएको छ । अविवाहित कान्छी पत्नीतर्फबाट प्रकाशलाई यहि विपत्को बेला सन्तान प्राप्ति हुन लागेको हो ।

कहिले ल्यार्केल लामाले उपलब्ध गराएको कार त कहिले पल्सर बाइकमा हुँइकिने प्रचण्डका एकमात्र छोरा प्रकाश यतिबेला चितवनमा छन् । दुई वर्षअघि सगरमाथा आरोहणको दौरानमा दिल साटेर कान्छी बन्न आइपुगेकी बिना मगरको कोखबाट प्रकाश दुई हप्ताभित्र बाउ बन्न लागेका
हुन् ।

पोहोरको संसदीय निर्वाचनमा कञ्चनपुरबाट प्रत्यासी रहेकी बिना स्त्रीरोग विशेषज्ञ अचला बैद्यको निगरानीमा छिन् । झयाइँझयाइँ बाजा बजाएर आमाको माइती कास्की हेम्जाकी सिजर्ना त्रिपाठीसँग बिहे गरेका प्रकाशका छोरा यतिबेला परित्यक्त हालतमा मावली मै छन् ।

बैशाख १२ को भूकम्पमा पानीपोखरीस्थित जापानी दूतावासछेउ भव्य अपार्टमेन्ट चर्किएपछि त्यो ठाउँ छाडेर प्रकाश र बिना गर्भको सन्तानका खातिर पाटनतिर डेरा सरेका छन् । आजको जनआस्थामा समाचार छ ।


http://www.nepalipatra.com/news/detail/14852/0

Read Full Discussion Thread for this article