Posted by: metta May 20, 2015
भूकम्प पीडितको राहतमा पनि र्‍याल
Login in to Rate this Post:     0       ?        

भूकम्प पीडितका लागि पाल किन्दा अनियमितताको आशंका

विष्णु बुढाथोकी काठमाडौं, जेठ ५ 

शहरी मन्त्रालय अख्तियारको छानबिन दायरामा,४ लाख ५२ हजार पाल खरिद प्रकृया अघि बढ्यो


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितका लागि पाल/त्रिपाल खरिदमा अनियमितता भएको आशंका गरेको छ। शहरी विकास मन्त्रालयले खरिद तथा वितरणका क्रममा अनियमितताको आयोगले छानविन शुरु गरेको छ।

भूकम्पले घरबारविहिन पीडितका लागि मन्त्रालयले खरिद गरेको पालको गुणस्तर र मूल्यमा जनगुनासा बढेपछि आयोगले मंगलबार मन्त्रालयसँग यस विषयमा लिखित विवरण लिएको हो।

‘अख्तियारले माग गरेको सम्पूर्ण विवरण मन्त्रालयले मंगलबारै आयोगलाई उपलब्ध गराएको छ,’ मन्त्रालयका प्रवक्ता पद्म कुमार मैनालीले सेतोपाटीसँग भने।

पीडितको माग अनुसार त्रिपाल वितरण व्यवस्था मिलाउने जिम्मा पाएको मन्त्रालयले जम्मा ४ लाख ५२ हजार पालको खरिद प्रकृया अघि बढाइसकेको छ। अहिलेसम्म २ लाख पाल किनिसकेको छ।

पाल ल्याउन डेढ दर्जन निजी आयतकर्तालाई ठेक्का दिइएको छ। शहरी मन्त्रालयले किनेको त्रिपालको गुणस्तर र बजार मूल्यमा प्रश्न उठाउँदै गतसाता नेशनल ट्रेडिङ लिमिटेडले बुझ्न नमानेपछि खरिद प्रक्रियामा सभासदहरूले समेत प्रश्न उठाएका थिए।

पाल खरिदबारेको प्रश्नमा शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले भने, ‘एउटा पार्टीले ल्याएको ५ सय १७ पीस त्रिपालको गुणस्तर कमसल देखिएपछि सम्बन्धित खरिदकर्ताले नै फिर्ता लगिसकेको छ।’

मन्त्रालयले खरिद गरेको पालको आकार, संख्या, मोटाइ मूल्यबारे मन्त्रालयले जानकारी दिन मानेको छैन।




http://setopati.com/raajneeti/28390/
Read Full Discussion Thread for this article