Posted by: controversial May 18, 2015
झन भतकाउने कुरो पो गर्छ त
Login in to Rate this Post:     0       ?        
लुते सरकारी प्राइओरिटी पनि के हो के, बनेकै छैन.. यो काम पछी गरे हुदैन र यदि तत्काल खतरा नभए ? यत्रो बर्ष सुते पछि अहिले अजासु, अब के टुडिखेल भर्ने ?


मापदण्ड मिचेर बनाइएका उपत्यकाका घरहरु भत्काइने



मापदण्ड मिचेर काठमाडौंमा बनाइएका घर भत्काइने भएका छन् । भूकम्पले क्षति नभए पनि त्यस्ता सबै घर दोस्रो चरणमा भत्काउने तयारी थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए ।


जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पहिलो चरणमा भूकम्पबाट क्षति भएका घर धमाधम भत्काउन थालिएको छ । विदेशबाट साधनसहित जनशक्ति आएपछि ठूला घर भत्काउने कार्यलाई तीव्रता दिइने प्रजिअ अर्यालले बताए ।

प्रशासनमा मापदण्डविपरीत बनाइएका घर भत्काउन माग गर्दै स्थानीयले निवेदन दिएका छन् । प्रअिज अर्यालले मापदण्डविपरीतका घर पहिचान गरी सुरुमा घरमालिकलाई नै भत्काउन लगाउने र नभत्काएमा प्रशासनले नै भत्काउने बताए । उनका अनुसार प्राविधिक टोलीको अध्ययन प्रतिवेदनका आधारमा घरहरु भत्काइनेछन्
Read Full Discussion Thread for this article