Posted by: _____ May 18, 2015
अनुभूति : हामी नेपाली मनका पनि धेरै दरिद्र भएछौं
Login in to Rate this Post:     0       ?        

अनुभूति : हामी नेपाली मनका पनि धेरै दरिद्र भएछौं

२० वर्षको कालखण्डले हामीलाई क्रुर त बनाएको छैन ?

२०७२ जेठ ४ गते १३:१६ मा प्रकाशि

सुमन सापकोटा

सिन्धुपाल्चोकको पाङताङसँग जोडिनुको कारण ‘शान्ति पुनःस्थापना गृह’ले गत वर्ष आयमूलक तालिमहरु सञ्चालन गरेको थियो । त्यसबेला त्यहाँको वस्तुस्थिति र कष्टकर जीवन थाहा भएकाले हामी यो समुदायलाई केही गर्नै पर्छ भनेर गएका हौं ।

Sindhupalchowk (2)


हामी जाने समयमा बाटो खुलेको थिएन । तीनजना संस्थाका प्रतिनिधि र स्थानीयको सहयोगमा डोजरले बाटो खोल्दै तीन दिनमा हामी पाङताङ पुग्यौं । बलेफी हुँदै हामी पाङताङ पुग्दा आइतबार थियो । त्यहाँ युद्ध मैदानजस्तै थियो । घर भन्ने अस्तित्वमा थिएनन् ।

जलबिरेमा ५/७ वटा पक्की घरहरु थिए । मंगलबारको भूकम्पले त्यो पनि छैनन् भन्ने सुनेको छु । बाटोमा हामीले ५/७ सय मिटर लामो पहिरो पनि देख्यौं । जमीन ३/४ मिटरसम्म फाटिएको छ । पाङताङको माथिको डाँडामा चिरा परेका छन् । चौबीसै घण्टा ढुंगा खसिरहेको हुन्छ र भूकम्पको धक्का पनि आइरहन्छ ।

मंगलबार जलबिरे, हगाम र बराम्चीका लागि खाद्यान्य वितरणको जिम्मा मेरो टीमको थियो । साथीहरु पाङताङतिर लागे । जाने क्रममा मंगलबार जाँदा भर्खर खोला तरेर पारि गएको थिएँ । कच्ची बाटोमा मोटरसाइकलमा भएकाले मैले भुइँचालो गएको नै थाहा पाइँन । एक्कैचोटि डाँडा पडि्कएको जस्तो आवाज आयो । माथिबाट डाँडा नै खसेको रहेछ । मोटरसाइकल रोक्न खोज्दा खोज्दै ठूलो ढुंगा आएर लाग्यो । झण्डै डेढ/दुई सय मिटर दौडिएँ र खोलामा हामफालेर म मुस्किलले बचेँ । कुन चाहिँ ढुँगा खाँदा बाँचिन्छ भनेर कुद्नुपर्ने अवस्था थियो ।

मैले ५० लाख जम्मा गरेको थिएँ

नेपालमा भूकम्प गएको खबर पाएपछि मैले पनि केही गर्नुपर्छ भन्ने लाग्यो र अमेरिकामा फेसबुक क्याम्पियन गरेर करिव ५० लाख रुपैयाँ जम्मा गरेको थिएँ ।

आमाले स्थापना गर्नुभएको संस्थासँग मिलेर पहिला गोरखामा राहत लग्यौं । जब पाङताङ पुग्यौं, यहाँ पनि केही गर्नुपर्छ भनेर फेरि तीनवटा गाविसमा राहत लिएर गयौं ।

हामीले गाविस सचिवहरुसँग समन्वय गरेर राहत बाँडेका थियौं । कपिलवस्तुका विभिन्न सहकारी संस्थाका साथीहरुले जम्मा गर्नुभएको राहत पनि हामीले नै वितरण गरेका थियौं । गोल्छे गाविसमा ठूल्ठूलो पहिरो गएकाले जान सकेनौं ।


राहतमाथि लुटपाट


Sindhupalchowk (4)


गाविसहरुलाई तोकेर राहत नगएको होइन तर, अधिकांश सामानहरु लुटिएका छन् । कागजमा गोल्छे, गुम्बा, पाङताङ सबै ठाउँमा राहत पुगेका छन् । तर, कहिले बलेफीमा लुटिन्छ, कहिले ढाँडेमा लुटिन्छ, कहिले जलबिरेमा । कहिले पाङताङको तल्लो भागबाट माथि जाँदैन ।

संघ संस्था वा व्यक्तिले सम्वन्धित ठाउँसम्म पुर्‍याउने प्रयास गरेका छन् । तर, विकट ठाउँहरुमा सरकारी राहत पुग्न अवरोध धेरै छ । सुरक्षा निकायले भने उत्कृष्ट काम गर्नुभएको छ । हरेक दिन फोन गर्न हामी एउटै डाँडामा भेट हुन्थ्यो । वैशाख १२ गते १२ बजे लगाएको बुट अझैसम्म खोलेको छैन भन्दै हुनुहन्थ्यो । आफ्नो घर परिवारमा के कसो भएको छ कुनै परवाह गर्नुभएको छैन ।

हामी गएको अघिल्लो दिन ५ ट्रक सामान जान सकेन । फर्काएर ल्याएर आर्मीको ब्यारेकमा राखिएको थियो । हामीले भने स्थानीय युवाहरुलाई नै परिचालन गर्‍यौं र यो समय झैंझगडा गर्ने बेला होइन भनेर सम्झाएपछि हाम्रो सबै राहत सामाग्री लक्षित ठाउँमा पुग्यो ।



Victim House - 9 people buried - 2 died

यी शशीकला गुरूङ हुन् ।  भूकम्प गएको दिन घरमा पूजा थियो । त्यहीबेला आएको भूकम्पले हजुरआमा र पाहुना आएकी हजुरआमाको मृत्यु भयो । उनका बुबा सेते गुरुङको घाँटी भाँचिएको रहेछ । राहतका लागि पुगेको हाम्रो टीमको पहलमा सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइयो । उनले आफ्नो घर देखाइन्, जुन पुरै भत्किएको थियो तर, ढोका भने बाँकी थियो ।







































हामीले पीडित सबैलाई बोलायौं र भएको सामान जानकारी दिएर हाम्रै अगाडि वितरण गर्न लगायौं । हामीले युवा शक्तिलाई परिचालन गर्‍यो भने यो सम्भव छ भन्ने हगाम, वलबिरे र बराम्चीमा देखियो ।

जलबिरे कटेर राहत सामाग्री अगाडि नै गएको छैन भन्ने सुनिएको थियो । हामीले सभासद अग्नि सापकोटालाई भेटेर सहयोगका लागि आग्रह गर्‍यौं । हाम्रो उद्देश्य भनेको माथि गएर तल आउने हो । तलबाट माथि जाने होइन । किनकी मंगलबारको भूकम्पले हाम्रै गाडीहरु रोकिएको छ । वर्षात सुरु हुनासाथ पहिरोको समस्या आउँछ ।

अधिकांश पहाडमा चिरा परेको छ । अहिले सडक सफा गर्ने क्रममा ढुंगाहरुलाई सडक तल फालिएको छ । यसले पनि फेरि समस्या ल्याउन सक्छ ।

स्वास्थ्यको समस्या

मानिसहरु भत्किएकै घरमा बस्न बाध्य छन् । चिसोका कारण दम, निमोनियाको समस्या धेरै देखिन्छ । मंगलबारको भूकम्पपछि पानी धमिलो भएको छ । खोलाको पानी खाँदा धेरैलाई झाडा पखाला सुरु भएको छ । स्थानीय मानिसहरुमा ज्वरो आयो भने गुम्स्याएर राख्नुपर्छ र पखाला लाग्यो भने पानी खान दिनु हुँदैन भन्ने अन्धविश्वास कायमै छ ।

मानसिक भय

मानिसहरुमा अहिले पनि ठूलो त्रास छ । हामीले पाङताङमा वितरण गरेको राहत बोकेर उहाँहरु जाँदै हुनुहुन्थ्यो, भूकम्प आएपछि त्यो छाडेर भाग्नुभयो । भोलिपल्ट लिएर जानुभयो । अहिले पनि दिउँसोको साढे १२ बजेपछि सबैमा अब १२ बज्न लाग्यो है भन्ने त्रास छ । त्यसले उहाँहरु अत्यधिक भयभित हुनुहुन्छ ।

वैशाख १२ गते पहिलो भूकम्प गएको अघिल्लो दिन धेरै वर्षात भएको रहेछ । मंगलबारको भूकम्प जानु अघिल्लो दिन पनि मुसल्धारे पानी परेको थियो । अहिले ठूलो वर्षा भयो कि भोलि भूकम्प जान्छ है भन्ने डर देखिन्छ ।

विद्यालयको विजोग

Sindhupalchowk (7)

भूकम्प र पहिरोका कारण धेरै गाउँहरु बस्न लायक छैनन् । तर, उहाँहरु जाने ठाउँ छैन । स्कुल सुरु गर्ने भनिएको छ तर, स्कुलहरु सबै भत्किएका छन् । पानीका स्रोतहरु सबै भताभुङ्ग भएका छन् । पाङताङको ७, ८ र ९ नम्बर वडाका बालबालिका पढ्ने स्कुल यो डाँडामा थियो । अहिले जमिन चिरा चिरा परेको छ भने ३०० मिटर लामो पहिरो आएको छ । अब कसरी सुरु हुन सक्छ पढाइ ?

मनका पनि गरीब भएछौं

राहत वितरणमा जाँदा मैले दुःखद के महसुस गरेँ भने साम्प्रदायिक भेदभाव देखेँ । बराम्चीमा हामीलाई नै समस्या भयो । ३ घन्टासम्म गाडी रोकियो । उहाँहरुलाई पुग्ने राहत छ भन्दा पनि भएन । एउटा समूदायका मानिसहरुले अर्कोमा लैजान दिन्नौं भन्ने जस्तो कुरा गर्नुभयो ।

लाग्थ्यो देश गरिब छ, मनको हामी धेरै धनी छौं । तर, होइन रहेछ । हामी मनको पनि धेरै दरिद्र भएछौं । विगत २० वर्षको कालखण्डले हामीलाई क्रुर त बनाएको छैन भन्ने प्रश्न मेरो मनमा आएको छ ।

तस्वीरमा देखिएकी बुढीआमाको परिवारमा एकजनाको निधन भएको रहेछ । घामको लाइट देखेर मैले त्यो सर्ट लिन खोजेको थिएँ । मेरो आँखा बुढीआमामा पर्‍यो र क्यामरा तल राखेर 'रे अफ होप' (आशाको किरण) को यो तस्वीर लिएँ । उहाँ विछिप्त अवस्थामा भएकाले मैले कुराकानी गर्न सकिँन । पाङताङमा मात्रै ६५ जनाको मृत्यु भएको रहेछ ।

तस्वीरमा देखिएकी बुढीआमाको परिवारमा एकजनाको निधन भएको रहेछ । घामको लाइट देखेर मैले त्यो सर्ट लिन खोजेको थिएँ । मेरो आँखा बुढीआमामा पर्‍यो र क्यामरा तल राखेर ‘रे अफ होप’ (आशाको किरण) को यो तस्वीर लिएँ । उहाँ विछिप्त अवस्थामा भएकाले मैले कुराकानी गर्न सकिँन । पाङताङमा मात्रै ६५ जनाको मृत्यु भएको रहेछ ।








































बाँडौं, खाऔं भन्ने भावना कम देखेँ । शायद भूकम्प गएका बेलामा उहाँहरुको मनमा त्यो थिएन होला । हामीले उहाँहरुलाई सामूहिक सेल्टर बनाउन आग्रह गरेका थियौं । त्यसो भयो भने जे सहयोग आए पनि सहजरुपमा सबैमा पुग्छ । तर, उहाँहरुले ४/५ फिटको टुक्रो भएपनि हुन्छ तर, मलाई चाहिन्छ भन्ने भावना देखेँ । यो हाम्रो नेपाली कल्चरको पार्ट थिएन जस्तो लाग्छ मलाई ।

म उहाँहरुलाई दोष पनि दिन्न । उहाँहरुलाई भोलि भोकै बस्नुपर्दैन वा पाइन्छ भन्ने सुनिश्चित भएन । राज्यको रेस्पोन्स निकै ढीलो छ । भोलि के हुन्छ भन्ने भएपछि अहिले पाउँदा लोभ गर्नु बाध्यता होला । उहाँहरु भन्नुहुन्छ कि संकल्प प्रस्ताव पास गर्न १६/१७ दिन लाग्छ भने सरकारसँग के आस गर्ने भन्नुहुन्छ । स्वाभाविक पनि हो ।


यो बराम्ची गाविस ३ मा खिचिएको तस्वीर हो । म गाडीमा भएकाले उनीहरुका बारेमा थप जानकारी लिन सकिँन ।

यो बराम्ची गाविस ३ मा खिचिएको तस्वीर हो । म गाडीमा भएकाले उनीहरुका बारेमा थप जानकारी लिन सकिँन ।

- See more at: http://www.onlinekhabar.com/2015/05/278555/#sthash.kLXCOepj.dpuf
Read Full Discussion Thread for this article