Posted by: controversial May 17, 2015
भ्यागुतोको धार्नी कसरी बढाउने?
Login in to Rate this Post:     0       ?        
wtf india lol





नेपालको प्राथमिकता अनुसार सहयोग गर्छौं : भारतीय राजदूत
२०७२ जेठ २ गते १६:३३ मा प्रकाशित

२ जेठ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भूकम्प प्रभावितको पुनर्वास र पुनर्निर्माणको लागि नेपालको आवश्यकता अनुसार सहयोग गर्ने बताएका छन् ।
Ranjit re (1)

फाइल फोटो

जुन १० सम्म सरकारले पुनर्निर्माणका आवश्यकबकारे प्रतिवेदन उपलब्ध गराउने जानकारी आफूले पाएको भन्दै उनले नेपालको प्राथमिकताको आधारमा भारतलेसहयोग गर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा राजदूत रेले नेपालको पुनर्निर्माणको लागि आयोजना हुने अन्तर्राष्ट्रिय दातृ सम्मेलनलाई सफल बनाउन जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वर्षायाम सुरु हुन लागेकाले पूर्व तयारीको लागि अस्थायी आवास र खेतीमा केन्द्रीत हुनु पर्ने उनको जोड थियो ।

१५ हजार टन राहत नेपाल आइपुगेको र अहिले पनि दिनको ५०-६० ट्रक राहत सामग्री नेपाल आइरहेको भन्दै राजदुत रेले भारतले रकममा मुल्यांकन गरेर सहयोग नगरेको स्पष्ट पारे ।

जिल्लामा रहेका सरकारी संयन्त्र र सरकारलाई के-के आवश्यक छ भन्ने जानकारी हुने भएकोले सरकारकै प्रणालीबाट अघि बढ्नु पर्ने उनको जोड थियो ।
Read Full Discussion Thread for this article