Posted by: metta May 16, 2015
भूकम्प पीडितको राहतमा पनि र्‍याल
Login in to Rate this Post:     0       ?        
भूकम्प पीडितको राहतमा पनि र्‍याल
चूडामणि भट्टराई |२०७२ जेष्ठ ३ आईतवार
फोटो :अन्नपूर्ण (राहत बोकेको ट्रक पक्राउपछि जाँच गर्दे सुरक्षाकर्मी)
अदृश्य कालोबजारी खोज्दै सरकार, अनुसन्धान गर्दा धम्की आयो: राज्यमन्त्री
काठमाडौं: भूकम्प पीडितका नाममा आएको राहत सामग्रीको दुरुपयोगबारे उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र सुरक्षा निकायबीच विवाद भएको केही दिनपछि नै ७० ट्रकभन्दा बढीको राहत सामग्रीको कालोबजारी भएको नयां तथ्य फेला परेको छ । 
 
त्यसैगरी ३ लाख पाल खरिद गर्न सरकारले छोटोसयमको सूचना जारी गरी प्रस्ताव आह्वान गरेकोमा व्यापारीको इन्ट्रेष्ट पूरा हुन नसक्दा विना निर्णय हालसम्म थन्क्याएको पाइएको छ । सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिल्ल कर्पोरेशनले ९ सय रुपैंया प्रतिगोटा दिनसक्ने प्रस्ताव गरेपछि महंगोमा किन्ने प्रस्तावहरुको इच्छा पूरा हुन नसक्दा पाल आयात अनिर्णित बनेको हो ।
 
उता,भन्सारबाट निशुल्क सामानको विवरण भर्दै ७० भन्दा बढी ट्रक सामान राजधानी काठमाडौं भित्र्याउंदा पनि बेखबर बनेको सरकारले गत बुधबार भारतबाट आएका दुईवटा ट्रक पक्राऊ गरेपछि अदृश्य व्यापारीले कालोबजारी गरिरहेको भन्दै अनुसन्धान शुरु गरेको छ ।
 
भन्सार कार्यालय भैरहवाको रेकर्डमा राहत सामग्री आएको भएपनि काठमाडौंको नाका थानकोट कटेपछि सरकारको कुनै पनि निकायमा ती सामग्रीको विवरण छैन । नयां दिल्लीस्थित संयुक्त अरब इमिरेट्स(युएई)को दूतावास, दुवईको रेडक्रस तथा दुबईका अमिरले पठाएको राहतका नामामा भित्र्याइएका ती सामग्री कुनै व्यापारीले लैजाने गरेको भए पनि ती ब्यापारी को हुन् भन्ने यकिन जानकारी सरकारले दिएको छैन । 
 
बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब कमल भट्टराईले यसबारे अनुसन्धान भइरहेको बताएका छन् । अन्नपूर्णलाई प्राप्त कागजातअनुसार, आयात-निर्यात कोड नं ०।००००००६१ रहेको बिलमा सामान प्रँप्त गर्ने 'नेपाल सरकार' उल्लेख गरिएको छ ।

सो विवरणमा २४ सय प्याकेट खाद्य सामग्री रहेको जनाइएको छ । यसबारे बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले शनिवार बसेको मन्त्रिपरिषद् यसबारे ब्रिफिल्ल गर्दै प्रज्ञापन पत्र नै शंकास्पद रहेको जानकारी दिएका थिए । मन्त्रालयका अनुसार, युएई सरकार वा त्यहांको राजपरिवारले पठाएको राहत भए नेपाल सरकारलाई जानकारी आउनुपर्नेमा नआएको, त्यहांको रेडक्रशले पठाएको भए नेपालको रेडक्रशलाई आउनुपर्नेमा त्यसो नहुंदा राहतका नाममा तस्करी भइरहेकोमा अनुसन्धान गर्नु परेको हो ।

सामान लिन केही व्यक्ति आफूलाई दुबईका शेख हामदान विन जावेद अल नाहेनले पठाएको दावी गर्दै आए पनि कागजातमा त्यस्तो कुनै कुरा नखुलेकाले थप शंका भएको मन्त्रालयले जनाएको छ ।

प्रहरीले सो सामान लोड गरिएको ट्रक नं ४१४४। एचआर ६९बी-४१११ का ड्राइभर राम खिलाडी र अर्को गाडीका चालक नरेशकुमारलाई नियन्त्रणमा लिएको छ । उनीहरुले ७० ट्रकभन्दा बढी सामान ल्याएको कुरा बयानमा बताएका छन् ।
 
वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसीले भने,'सरकारलाई जानकारी नदिई यसअघि पनि यस्तै गरी छलछाम गरेर सामान ल्याएको कुरा आएको छ ।' उनले पक्राउ सामान छुटाउन आफूलाई धम्कीसमेत आएको बताए । तर, सामान दावी गर्न आउने व्यक्ति र धम्क्याउने व्यक्ति को थियो र किन उसलाई पक्राउ गर्न सकिएन भन्नेबारे भने उनले केही बताएनन् ।
 
बैशाख २१ गतेको केन्द्रीय दैवी प्रकोप उद्दार तथा राहत समितिको बैठकमा मन्त्री गौतमले भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पठाएको १ लाख थान पालमध्ये केही सम्पर्कमा नआएको र चीनले दिएको राहत सामग्री नेपाली सेनाले जिम्मा लिएर अन्यत्रै लगेको आरोप लगाएका थिए ।

स्रोतका अनुसार, उनको आरोपलाई नेपाली सेनाका युद्ध कार्य महानिर्देशक उपरथी हिमालय थापाले तत्काल जवाफ दिंदै एकएक रेकर्ड देखाउन तयार भएको र चीनले सैनिक मुख्यालय र पीडित जवानका परिवारलाई पठाएकोमात्र सैनिक मुख्यालय लगिएको भनेका थिए । सेनाको तिखो प्रतिक्रिया आएपछि मन्त्री गौतमले आफूले आरोप लगाउन नखोजेको भन्दै स्पष्टीकरण दिनु परेको थियो ।

बनर्जीले पठाएको राहत सामग्री गृहमन्त्री गौतमकै आदेशमा व्यबस्थित आउन नसकेको विवरण पेश भएको थियो । भारतबाट आएको सामान लिन नेपाली सेनाको पूर्बी पृतनाले ३३ वटा ट्रकको बन्दोबस्त गरी मेची पुल पठाएको थियो । तर, भारतबाटै आएका ट्रकलाई नै नेपालका ठाउं ठाउंमा पु:याउने अनुमति दिनु भन्ने आदेश गृहमन्त्री गौतमले दिएकाले सामान लिन गएका सेनाका ट्रक रित्तै फर्काउनु परेको थियो ।

यीमध्ये केही ट्रक विग्रेकाले सामान पुग्न ढिलो भएको थियो भने सामान जिम्मा लिनेमै मन्त्रीहरुको होड पनि अचम्म लाग्दो थियो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले राहत सामग्रीको समन्वय गरेकाले मन्त्री सुनील थापा बनर्जीको राहत बुझ्न जाने कार्यक्रम तय भएको अवस्थामा शहरी विकास मन्त्रालयले सो सामग्री आफू मातहतले हेर्ने भागमा परेको भन्दै मन्त्री नारायण खड्का सामान बुझ्न गएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।
 
भारतस्थित नेपाली दूतावासमार्फत खरिद गरेर ल्याइएको ५ लाख पालमा पनि ठूलो मात्रामा घोटाला भएको स्रोतको दावी छ । दूतावासले नेपाल सरकारलाई पठाउनु पर्ने सामान बौद्धस्थित एकजना व्यापारीको घरमा प्रहरीले नै फेला पारेको थियो । नेपाली कांग्रेसको प्रवासी संघ दिल्लीका हर्ताकर्ताले राहतको दुरुपयोग गरेको जानकारी गृहमन्त्रालयलाई आएपनि यसबारे अनुसन्धान गर्न सकेको छैन ।
http://annapurnapost.com/News.aspx/story/11858
Read Full Discussion Thread for this article