Posted by: controversial May 15, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     0       ?        
पछिल्लो समाचार अनुसार ओबामा तिपि इस दिने टुँगोमा पुग्या छन । सुत्र भन्छ ओबामालाइ डिसिजन गर्न निकै गारो भाथ्यो के कतिलाइ दिनु पर्ने हो कति भार पर्ने हो अनि लाखौलाइ यसरी दिदाँ रिपब्लिकन कँग्रेसले फेरी सरकार को बजेट नै ठप्प पार्ने हो कि? तर माँग गर्नेको हाराहारी शङ्ख्या दस हजार मात्रै देखेपछी अोबामालाइ हाँसो मात्रै उठेन सजिलो भएको छ निर्णय लिन पनि । यो डिसिजनका सुइँको पाएका केही छालाको नाता नमिले पनि सालाको नाताले अमेरीकी ठान्ने केही नेपालीहरुले बिग्यप्ति निकाल्दै यसरी हचुवाको भरमा दिए एमट्रेकको पतरीको सुतेर अात्महत्या गर्ने धम्की दिएका छन । उनीहरुको अनुसार यो अाफुहरुले गरेका सबै अनैतिक काम भन्दा पनि तल्लको परकाष्ठाको भएको ठहर गरेको छ । एकजनाले सम्बादातालाइ किबोर्ड ठटाउदै यहासम्म तर्क गरे "अल यु क्यान इट बफे भन्दैमा भूँडेभाँडे साथीहरुलाइ ट्रिट दिनु मेरो नैतिकताले दिदैन यो त खान नपाएका ख्याउटे हरुको फाइदा लाइ पो हो त भन्ने मेरो नैतिक अडान छ । तर अब कागज पाइने पक्का भएका लोभी, दानी, पिडित सबै भतुरेहरुलाइ भने धमाधम साइन गरेर ४ लाख पुर्याइदिएर भाँडी हुन कि भन्ने अर्को चिन्ता र खतरा बढेकोछ ।

साभार:
हल्लाएकोमेरोदेश डटकम
Read Full Discussion Thread for this article