Posted by: metta May 15, 2015
Discriminating dalit victims
Login in to Rate this Post:     0       ?        
नयाँ पत्रिकामा मिति २०७२-०१-३१ गते प्रेषित "भुकम्पले विभेद गरेन समाजले किन गर्छ?" भन्ने शिर्षकको समाचारबाट प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयको ध्यानाकर्षण भई तत्काल निर्देशनालयको महिला प्रहरी अधिकृत सहितको टोली पिडित महिला अञ्जु तामाङ बस्नेत भएको स्थानमा पुगी वास्तबिकता बुझ्दा निजको श्रीमान सहित सासु ससुराले भुकम्पमा ज्यान गुमाएको र आफु बेसाहारा भई नौ महिने बच्चा काखीमा च्यापी पैसाको अभाबमा पैदल हिडी काठमाण्डौको टुडिखेल सम्म आईपुगेको र काठमाण्डौ आईपुग्दा बच्चा सिकिस्त हालतमा बिरामी भएको निज अन्जु तामाङ बस्नेतले महिला तथा बालबालिका सेवा निर्देशनालयको टोलीलाई जानकारी गराएको हुँदा निर्देशनालयको टोलीले तत्काल आमा तथा बच्चाको उद्दार गरी प्राथमिक उपचार पश्चात सुत्नको लागि झुल १ थान समेत प्रदान गरी एकल महिलाले संचालन गरेको नारायणचौर, नक्सालको शिविरमा हाल अस्थायी रुपमा राखिएको र पछि सोही संस्थाले पिडित आमा तथा बच्चालाई पुन:स्थापना समेत गर्ने गरी बुझाइएको छ ।
Read Full Discussion Thread for this article