Posted by: metta May 15, 2015
NEPALQUAKE
Login in to Rate this Post:     0       ?        
sunil-sitaula

भूकम्पको भविष्यवाणी गर्ने ज्योतिषी पक्राउ

Thursday, May 14, 2015

महाभूकम्पपछि त्रसित बनेका जनतालाई आतंकीत पार्नेगरि भूकम्पको भविष्यवाणी गर्ने एक ज्योतिषी पक्राउ परेका छन् । पिएचडी डाक्टर उपाधि समेत पाइसकेका पेशाले ज्योतिषी डा सुनिल सिटौलालाई प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा भूकम्पसम्बन्धी भ्रामक र नकारात्मक सन्देश प्रवाह गरेको अभियोगमा प्रहरीले डा। सुनिल सिटौलालाई कारबाही गरेको जनाएको छ ।

भूकम्पको प्रकोपले पीडित तथा त्रशित अवस्थामा रहेका सर्व–साधरणहरुमा नकारात्मक, भ्रम र अफवाह फैलाउने गरी बिभिन्न आधारहीन कुराहरु सम्प्रेषण गरेको भन्दै डा।सिटौलालाई ट्वीट हटाउन लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यस्ता तथ्यहीन भ्रमपूर्ण समाचारहरु पोष्ट, शेयर तथा लाइक नगर्न र्ईन्टरनेट प्रयोगकर्ताहरुलाई अनुरोध पनि गरेको छ ।

प्रहरीले सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, गुगल प्लस देखी युट्युवसम्मलाई निगरानी गरिरहेको भन्दै समाचारमुलक वेवसाइट तथा ब्लगमाथि समेत निगरानी गरिरहेको बताएको छ ।

http://himalayankangaroo.com/?p=17812
Read Full Discussion Thread for this article