Posted by: cybernepali May 11, 2015
Jackie Chan ज्याकी च्यांनको सहयोगी मन, भुकम्प पिडितलाइ १ लाख डलर सहयोग
Login in to Rate this Post:     0       ?        

गत वैशाख १२ गते नेपालमा गएको महाभूकम्पमा परी पीडित बनेकालाई सहयोग गर्न अन्तर्राष्ट्रिय सेलिब्रेटीहरु सक्रिय भएर लागेका छन्। कसैले सहयोगका लागि आव्हान गरेका छन् त कसैले आफैले आर्थिक सहयोग गरिरहेका छन्।

nepal-earthquake-relife-fund-jackie-chanयसैक्रममा प्रख्यात चिनिया तथा हलिउड अभिनेता ज्याकी चानले गत शनिवार सिंगापुरमा आयोजित कार्यक्रममा भूकम्प पीडितका लागि १ लाख सिंगापुर डलर (७७ लाख रुपैंया) सहयोग दिएका छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्प पीडितको सहयोगका लागि आयोजना गरिएको ‘नेपाल अर्थ क्विक रिलिफ फण्ड’मा छोटो समयलाई उपस्थिति जनाएका ज्याकीले १ लाख सिंगापुर डलरको चेक सिंगापुर रेडक्रसका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन्।

‘नेपालमा गएको भूकम्पबाट म निकै दुःखी छु, मैले पाएको सन्देश अनुसार भूकम्प जाना साथ मेरो देश र नेपालको सम्पर्क भईसकेको छ,’ज्याकीले कार्यक्रममा भने,’हामीले त्यहाँ पठाउन लागेको सबै समान तयारी अवस्थामा छन्, म आफै नेपाल गएर भुकम्प पीडितलाई सहयोग गर्न चाहन्छु।’

http://my.glamournepal.net/np/regional/5348/#.VVC0XvlVhBc

Read Full Discussion Thread for this article