Posted by: metta May 5, 2015
नेपाली पत्रकार हरु झूठा र नकारात्मक भ्रम फैलाउदै
Login in to Rate this Post:     0       ?        
सञ्चारमन्त्री रिजाल भन्छन्, ‘मलाइ प्रचार चाहिएको छैन, म किन भूकम्पपीडितलाई पैसा दिउँ’ (भिडियो सहित)

भूकम्पपीडितलाई सहयोग गर्ने बाँकी सबै प्रचारका लालची हुन् त ? 

minendra-rijalकाठमाण्डु, २२ वैशाख– सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले लोकप्रियताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा आफूले पैसा नदिने बताएका छन् ।

आहतमा राहत नामक टेलिभिजन कार्यक्रममा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै उनले सो कोषमा पैसा नदिने स्पष्ट पारेका हुन् । कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘ म खान्दानी धनी हुँ, तर पपुलिस्ट हुन भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा पैसा दिन्न ।’

सञ्चारमन्त्री रिजालको यो भनाइले तरंग ल्याउन निश्चित छ । किनभने अहिले भूकम्पपीडितका लागि मूलुकभित्र र बाहिरबाट धेरैले पैसा जम्मा गरिरहेका छन् । मन्त्री रिजालको भनाइ विश्लेषण गर्ने हो भने त्यसरी पैसा जम्मा गर्नेहरु सबै सस्तो लोकप्रियताका लालची हुन् । उनीहरुले मानवीयताको कारण सहयोग गरेका हैनन् ।

गरिब देशका धनी मन्त्रीमा रिजाल पनि पर्छन् । तर उनले भूकम्पपीडितका लागि व्यक्तिगत कुनै सहयोग गरेका छैनन् । मन्त्रीहरुले एक महिनाको तलब दिने भन्ने निर्णय सामूहिक थियो ।

उद्धारको वहानामा नेपाल प्रवेश गरेका भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मीहरु काठमाण्डुमा घुमिरहेका छन् । तर मन्त्री रिजालले यो विषय आफूलाई थाह नभएको जवाफ दिएका छन् । भिडियो फुटेज नै देखाएर मन्त्री रिजाललाई प्रश्न सोधिएपछि उनले लाइभमा बोलाएर अफ्ठयारो पार्न खोजेको प्रतिक्रिया दिएका थिए ।

मन्त्री रिजालले भूकम्पमा घर गुमाएकाहरुका लागि नयाँ आवास क्षेत्र घोषणा गर्ने पनि बताएका छन् ।
(मन्त्री रिजालको अन्तर्वार्ता हेर्न तलको लिंकमा जानुहोस्)

http://kathmandutoday.com/2015/05/98666.html

Minendra Rijal's Facebook:

I deplore the misreporting about my interview done by a so called online news.

It reports just the opposite of what I said in the interview. I said the organisation I am associated with will donate. I added that we have donated in past, will donate soon enough this time. I also asked to check within a month to find out we would have donated to the relief fund.
And also the account on my answer about Indian BSF presence is fabricated.
I would like to request everyone to watch the interview posted as link in the portal to verify the facts. Even if you do not have a lot of free time, please watch the last 15 minutes of interview. That will clarify the wrong allegation.
The link to the interview in YouTube is as below:

Read Full Discussion Thread for this article