Posted by: _____ May 1, 2015
पहाडमा चोट लाग्दा तराई व्यग्र
Login in to Rate this Post:     0       ?        

पहाडमा चोट लाग्दा तराई व्यग्र



    rahat
    महोत्तरवासीले दोलखाका भुकम्प पिडितका लागि पठाएको सामाग्री चरिकोटस्थित राहत भण्डारण केन्द्रमा शुक्रबार थन्क्याइदै । तस्बिर: राजेन्द्र मानन्धर/कान्तिपुर

    दोलखा, वैशाख १८ - हिमाली जिल्ला दोलखा भूकम्पकको बिनाशले आहत् छ । हिमाल र पहाडमा परेको विपत्तिले तराईलाई पनि दुखेको छ ।

    त्यसको उदाहरण हो, भुकम्पपीडितका लागि तराईबाट धमाधम राहतको ओइरो लाग्नु । खुर्कोटमा पुल बनेपछि विस्तार भएको हिमाल, पहाड र तराईको साइनो दु:ख साटासाटको माध्यम बनेको छ । शुक्रबार जनकपुर र महोत्तरीबाट दोलखाली भूकम्प पीडितका लागि ४ ट्रक राहत आयो । 

    खुर्कोटमा पुल बनेपछि हिमाल, पहाड र तराईको सिधा सडक सम्पर्क भएको हो । यसबर्षको हिऊदमा पुल बनेपछि दोलखाको तर्फबाट तराईबसीलाई पहाडमा निम्तो दिन गएका थिए । 

    त्यतिखेर जोडिएको गहिरो सम्बन्धले अहिले पहाड विग्रदा तराईलाई नराम्ररी दुखेको जनकपुरका पत्रकार रामआषिश यादव बताउाछन् । राहत पठाउन भूमिका निर्वाह गर्ने उनले भने, “उता दु:ख पर्दा हामी चुप लागेर बस्न सकेनौ ।”

    मनावीय क्षति हालसम्म कम देखिएपनि दोलखाको करिब ५६ हजार घरमा ५० हजार घर नष्ट भएको छ । त्यसमा बस्ने करिब २ लाख मानिसहरु अहिले घरबाहिर छन् । अन्नपात, लुगाफाटो र बस्ने बास अभावले छटपटिरहेका दोलखावासीका लागि रात बााड्न जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शीवशंकर हिरा आफै आएका छन् । राम युवा समिति, महाबीर युवा समिति र गणेश युवा समितिको पहलमा ३ ट्रक सामाग्री लिएर पहाड पसेको तराईका हस्तीहरुले अन्य सहयोग गर्ने बताएका छन् । 

    हिमाल पहाड र तराईको बल नै नेपाल बनेको हुादा आपसी दु:ख साटासाट गर्न राहत लिएर आएको जनकपुर उवासंघ अध्यक्ष हिराले भने । जिल्ला दैवी प्रकोप उद्धार समितिले जारी गरेको विज्ञप्तिमा मारवाडी सेवा समिति र जनकपुर उद्योग वाणिज्य संघले मेलुङ, सहरे, मालु, डााडाखर्क र जफेमा राहत सामाग्री बााडेको जनाएको छ ।

    शुक्रबार नै महोत्तरी जिल्ला रामगोपालपुर गाउाबाट प्रहरीसहित आएको एक ट्रक सामाग्री प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको छ । प्रहरी, टिकुलिया बजारवासी र रेडियो सोनाईको पहलमा उठेको राहत ल्याएको इलाका प्रहरी रामगोपालपुरका प्रहरी जवान पुजनप्रसाद यादवले बताए । पहाडमा परेको संकटमा सहयोग गर्न तराईबासीले उत्साह प्रकट गरेको उनले बताए ।

    शुक्रबार हेल्पिङ ह्याण्डले जिरी आसपासलाई २० टन चामल पठाएको छ । निलिमा राउतको नेतृत्वमा आएको रोटर्‍याक नेपालले औषधी र खाद्यन्न दिएको छ । खाद्य संस्थानले पवटीमा सामाग्री पठाएको छ । कालिञ्चोक युवा क्लवले दोलखा बजारलाई ४ सय बोरा चिउरा पठाएको प्रकोप उद्धार समितिले बताएको छ ।

    समितिका अनुसार हालसम्म ३६ गाविस र २ नगरमा नगद वितरण भैरहेको छ । २९ गाविसमा केही पाल पुगेको छ । २८ गाविसमा खाद्यन्न पुगेको छ ।

    सिरहाबाट पनि राहत सामग्री पठाइयो

    देवनारायण साह

    सिरहा । जिल्लास्थित मिर्चैया र लहान नगरबासीले भूकम्प पीडितका लागि राहत सामग्री पठाएको छ । 

    मिर्चैया नगरबासीले १२ क्विण्टल चामल, ५७ कार्टुन पानी, २० बोरा भुजा, २० बोरा च्यूरा, ४५ काटुन च्याउच्याउ, भूजीया १५ काटुन, २ बोरा चिनी,नून ६ बोरा, प्याज ३ बोरा, साडी ७२ थान, भेष्ट २२ थान, कुत्र्तापैजामा ३२ थान र त्रिपाल १ सय ५२ थान पठाइएको हो । मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेब यादवले उक्त एक ट्रक राहत सामग्री सिन्धुलीका भूकम्प पिडितका लागि पठाइएको बताए । उनले सिन्धुलीमा भूकम्पबाट क्षती भएको र पिडितहरुका लागि राहत नपुगेको खबरले मिर्चैयाबासीले संकलन गरेको सामग्री पठाइएको बताए । 

    यस्तै, लहान नगरबासीले एक ट्रक पानी र अन्य खाद्यान्न सामग्री पठाएको प्रमुख जिल्ला अधिकारी मोहम्मद अब्दुल कलाम खाले बताए । सिरहा नगरबासीले समेत भूकम्प पिडितको राहतका लागि ३ लाख बढी चन्दा संकलन गरेको सिरहा उद्योग बाणिज्य संघका अध्यक्ष संजय महासेठले बताए । अध्यक्ष महाशेठले उक्त रकमबाट राहत सामग्री खरिद गरेर पठाउने बताए । 

     

    प्रकाशित मिति: २०७२ वैशाख १८ ०५:५५ 

    Read Full Discussion Thread for this article