Posted by: cybernepali April 28, 2015
विमानस्थलमा भारतीय जहाजको मनपरी, २० वटा चिनिया हेलिकप्टर अवतरण गर्न दिएनन्
Login in to Rate this Post:     0       ?        
विमानस्थलमा भारतीय जहाजको मनपरी, २० वटा चिनिया हेलिकप्टर अवतरण गर्न दिएनन्

काठमाडौ, विपत व्यवस्थापनका लागि भनेर नेपाल आएका भारतीय वायुसेवाका जहाज र आधादर्जन हेलिकप्टर उद्धार कार्यभन्दा बढी आफ्ना नागरिक ओसारपसार र सञ्चार माध्यमकाे प्रसारण कार्यमा लाग्दा उद्धारका लागि आउने अन्य विदेशी हेलिकप्टरहरु अवतरण गर्न सकिरहेका छैनन् ।

विपत्तमा उद्धारका लागि राहत सामाग्रीहरु ल्याएर आएका भनिएका भारतीय विमानहरु आफ्ना नागरिक ओसारपसारमा लागिरहेका छन् । विमानस्थल क्षेत्रमा भारतीय नागरिकहरुको बाक्लो भिडभाड देख्न सकिन्छ ।
भारतीय सञ्चारमाध्यमहरु नेपाली सेनाको व्यारेकमा सुरक्षीत हुन खोजिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरु निरन्तर प्रत्येक्ष प्रसारणमा उद्धारका लागि भनि नेपाल आएका भारतीय हेलिकप्टरहरु प्रयोग गरिरहेका देखिएका छन् ।
विमानस्थलको प्रवेशद्वारमा सुरक्षा निकै खुकुलो बनाइएको छ । भित्र बाहिर गर्ने मानिसहरु सामान्य जाँच मात्रै गरेर बारम्बार भित्र र बाहिर गरीरहेको देख्न सकिन्छ । विमान अस्तव्यस्त भएपछि चिनले राहत सामाग्री सहित तयारी अवस्थामा राखेको उद्धार टोलीका २० वटा हेलिकप्टर नेपाल आउन पाइरहेका छैनन् ।
चिनियाँ हेलिकप्टर नेपाल आउनका लागि तयार भएर विमानस्थल अनुमति माग्दा गृहमन्त्री वामदेव गौतमले विमानस्थलको क्षमताले नभ्याउने भएकाले स्थाल उपलब्ध गराउन नसकिने भनेर जवाफ दिएको श्रोतले बताएको छ ।
मुलुकका विभिन्न भागमा हजारौँको संख्यामा विपत्तमा परेकाहरुको उद्धार गर्न हेलिकप्टरहरु नपुगिरहेका बेला भारतीय बिमानको यस्तो व्यवाहार देखिएको हो ।

http://online-nepalkhabarsite.blogspot.co.il/2015/04/blog-post_901.html?m=1
Read Full Discussion Thread for this article