Posted by: magorkhe1 April 13, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     0       ?        
सप्ताहन्तमा बोकाको मासु किन्न ( बोका लाइ खसी बनाउने चलन नभए पछि खसी को मासु भन्न मिलेन हैन ? ) , नजिकको पसलमा गएको साप्रा र फिला बेचन छोडी ह्याकुलो मात्रै बेच्न थालेछ | मूल्य भने दोब्बर भन्दा पनि चर्को भए पछि नजिकैको बोकाको आन्द्रामा आखा पर्यो | लौ आज यसैले चित्त बुझाउनु पर्यो किनियो | नेपालमा हुदा एक घन्टामा सिङ्गै खसीको आन्द्रा भुडी सफा हुन्थ्यो जस्तो लागेको थियो : ठ्याङ्ग्राङ्गै २ घण्टा लगाएर सफा गरियो | बफ़ाएर पछि टुक्रा बनाएको भए एकै खालको हुन्त्यो होला तेसो नगरिएको हुनाले पाकी सक्दा साना टुक्रा जति सिम्टा चबाए जस्तै भयो | दोश्रो चरणमा ठिक तरिकाले पकाइएला अनि स्वाद मानेर चिउरा , साधेको भटमास र सुरा संग सुर मिलाउने विचार छ |
Read Full Discussion Thread for this article