Posted by: _____ April 12, 2015
पोइल जान्न,पढेर डाक्टर बन्छु
Login in to Rate this Post:     0       ?        


सबिताको अठोट-पोइल जान्न,पढेर डाक्टर बन्छु

घरमालिकबाट बन्धक सबितालाई शक्ति समूहद्वारा उद्धार

२०७१ चैत २९ गते १८:४६ मा प्रकाशि

२९ चैत, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाकी १८ बर्षीया सविता तामांग (नाम परिवर्तन) विगत २ बर्ष अघि परिवारको आर्थीक अवस्था कमजोेर भएको कारण कक्षा ८ मा पढ्दा पढ्दै स्कूल छाडेर काठमाडौं आइन् ।

Girl-traffickingकाठमाडौंमा २-३ महिना काम गरेपछि पुनः घर फर्किए पनि उनी फेरि कामकै खोजीमा काठमाडौंमा भौतारिएका बेला मामाले नेपालगन्जका एक व्यक्तिको घरमा घरेलु कामदारको जागर लगाइदिए ।

नेपालगञ्जका देवेशजंग शाहको  घरमा मासिक १५ सय रुपैयाँ पाउने गरी उनले काम गरे पनि उनलाई आफ्नो घर जाने आउने र सम्पर्क गर्ने समेत अधिकारबाट बन्चित गरियो ।

एक वर्षभन्दा लामो समय काम गरेकी सवितामाथि पछिल्लो समय गालिगलौज, कुटपिट र दुर्व्यवहारका घटना हुन थालेपछि उनले काम गरेको पैसा मागेर घर फर्किन खोजिन् ।

तर घर मालिक्नी सुजन शाहीले काम गरेको पैसा नदिने भन्दै अहिलेसम्म खाएको र लुगा किनेर दिएको पैसा समेत जोडेर तीन महिना निःशुल्क काम गर्नुपर्ने भन्दै उनलाई अघोषित बन्दी बनाइन् ।

घरभाडा समेत नभएपछि पुन: त्यहिँ काम गर्न बाध्य भएकी सबितालाई साथीसँग कुरा गरेको निहुमा कुटपिट समेत भएपछि उनले साथीको मोबाइलबाट आफू जोखिममा रहेको भन्दै गाउँमा उद्दारका लागि खबर गरिन् ।

उनकी साथि शक्ति समुहद्वारा सञ्चालित किशोरी समुहमा आवद्ध भएकाले समुहमा छलफल पश्चात शक्ति समुहको अगुवाईमा प्रहरीले उनलाई कार्यथलोबाटै उद्दार गरेको शक्ति समूहले जनाएको छ ।

प्रहरीले उनको ज्याला बापतको १३ हजार रकम समेत उनलाई दिलाएको छ भने पारिवारिक पुनर्मिलनको लागि सवितालाई शक्ति समूहको जिम्मा लगाईएको छ ।

पीडक बिरुद्ध हालसम्म कुनै कानुनी कारवाहीको प्रकृया भने चालिएको छैन । आपसी सल्लाहपछि यसबारे पहल गर्ने शक्ति समूहले जनाएको छ ।

हाल शक्ति समूहको संरक्षणमा रहेकी उनलाई तत्कालै परिवारमा पुनर्मिलन गराइनेछ । लामो समयपछि परिवारको सम्पर्कमा जान पाउँदा उत्साहित भएकी सबिता अब पढाइ निरन्तर गर्न चाहिन्छन् ।

घरमा चार दिदी बहिनीमध्येकी जेठी सबितालाई पढाउन उनका बुबा उत्साही छैनन् । ‘पढेर पोइल गइहाल्छे भन्नुहुन्छ बुबा’ सबिता भन्छिन् ‘तर पोइल जान चाहान्न, पढेर डाक्टर बन्छु र बहिनीहरुलाई पनि पढाउछु ।’

सबिताको पढ्ने चाहनामा उनको घरको गरिबीनै बाधक बनेको छ । तर पनि उनी अब जसरी पनि पढ्ने सपना पूरा गर्ने अठोटमा छिन् ।

- See more at: http://www.onlinekhabar.com/2015/04/264717/#sthash.5NChwIlP.dpuf
Read Full Discussion Thread for this article