Posted by: hakim_saab April 9, 2015
ROAD MAP TO DIVORCE
Login in to Rate this Post:     0       ?        

महल १२ मा लोग्न स्वास्नीको ः
४ नं. सासू ससूरा समेत भै वा लोग्नेले मात्रखान लाउन नदिई घरबाट निकाला गरेको वा बरावर कुट्पिट गरी दुःख दिने गरेको वालोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्ती स्वास्नीले लोग्नेको अंशकाट आफ्नो अंश छुट्याई लिन पाउँछे । त्यस्ती स्वास्नीमानिस मरेमा वा निजले अर्को विवाह गरेमा उसले खाई लाई बाँकी रहे जति हकवालाको हुन्छ । सासु  ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ ।

४ क नं. (एघारौं संशोधन) यस महलको १ नम्बर बमोजिम लोग्ने र स्वास्नीको सम्वन्ध विच्छेद हुने भएमा अदालतले निजहरु बीच अंशवण्डा गर्न लगाएर मात्र सम्वन्ध विच्छेद हुने निर्णय गर्नुपर्छ । सम्बन्ध विच्छेद हुने लोग्न मानिसले नै अंश लिई नसकेको अवस्थामा अदालतले तायदाती माग गरी अंशियारहरु बीच अंशवण्डा गर्न आदेश दिई त्यस्तो लोग्ने मानिसको भागमा पर्ने अंश र सो अंशबाट सम्वन्ध विच्छेद गर्ने स्वास्नी मानिसले पाउने अंशको अन्जाम गरी अंशबण्डा नभएसम्मको लागि त्यस्ती स्वास्नी मानिसको जीवविकाको निमित्त मासिक रुपले खर्च भराई दिनुपर्छ । अंशबण्डा भइसकेपछि सम्बन्ध विच्छेद भएकी स्वास्नी मानिसको अंशमा परेको सम्पत्तिमा निजको हक हुनेछ । त्यस्ती स्वास्नीमानिसले अर्को विवाह नगरेमा वा अर्को विवाह गरेको भए पनि कुनै सन्तान नभएमा निजको शेषपछि निजले पाएको त्यस्तो सम्पत्ति अघिल्लो लोग्ने पट्टिका सन्तान भए त्यस्ता सन्तानले र त्यस्ता सन्तान नभए अभिल्लो लोग्नेले पाउनेछ ।

५ नं. स्वास्नीको दाइजो पेवा मास्ता अंश नभई एकाघरसंग बसेका अरु अंशियारहरु समेत रहेछन् भने अंशको हकदार सोह्र बर्ष नाघेका सबैका मन्जुरीको लिखत भएमा मात्र सो सासेको दाइजो पेवा लेनदेन ब्यवहारको महल बमोजिम सबै अंशियाहरुको गाश्वारा धनबाट भर्ना हुन सक्छ । लेखिए बमोेजिमको रीत नपु्ययाई मासे दिएकोमा अरु अंशियारहरुको मन्जुरी नभएमा अंशियारहरुले बेहोर्न र गोश्वाराका धनबाट भर्ना हुन सक्तैन ।

 

 

Source : http://gharjam.com/?p=967

Last edited: 09-Apr-15 03:50 PM
Read Full Discussion Thread for this article