Posted by: cybernepali April 2, 2015
कनकमणि दीक्षित र बाबुराम भट्टराईबीच ट्विटरमा घम्साघम्सी
Login in to Rate this Post:     0       ?        
कनकमणि दीक्षित र बाबुराम भट्टराईबीच ट्विटरमा घम्साघम्सी - See more at: http://www.pahilopost.com/content/-3158.html#sthash.f4rC6vUv.dpuf


  • पहिलोपोस्ट -
काठमाडौं : पत्रकार कनकमणि दीक्षित र एनेकपा माओवादीका नेताबीच जुहारी चल्नु सामान्य नै हो। तर, कहिलेकाही सामाजिक सञ्जालमा हुने जुहारी दुई जनाबीचमात्र सीमित रहन्न। त्यसमा पक्ष र विपक्षमा बहस गर्नेहरु पनि उत्तिकै भेटिन्छन्। समाचारको माध्यम नै नभए पनि सामाजिक सञ्जाल अहिले कुनै बलियो मिडियाभन्दा कमजोर छैन। निजी विचार नै भए पनि सामाजिक सञ्जालमा छिरेपछि त्यसले निजी विचारको हैसियत राख्दैन र बन्छ – सार्वजनिक बहसको विषय।

मानव अधिकारका विषयमा सामाजिक अभियान्ताकै रुपमा सक्रिय वरिष्ठ पत्रकार कनकमणि दीक्षितले आइतबार बिहान एउटा ट्विट गरे। बाबुराम भट्टराईलाई लक्षित गरेर गरिएको ट्विटमा भनिएको छ : @brb_laaldhwoj कसरी 'टीचिंग' जान सकेका, जब आफुले गोर्खा फुजेलको कृष्णप्रसादको हत्या अभियोगको खुलेआम अडचन लगाउँदै आए?

उनको ट्विटमा फुजेल प्रकरणको उल्लेखसँगै अनशनकै क्रममा मरेका नन्दप्रसाद अधिकारीको शव राखिएको त्रिवि शिक्षण अस्पतालको फ्रिजको तस्बिर अट्याच गरिएको थियो।

बाबुराम प्रधानमन्त्री भएकै समयमा नन्दप्रसाद अधिकारीले अनशन थालेका थिए। तर, बालुवाटारमा अधिकारी र उनकी पत्नीले थालेको अनसनलाई भट्टराई वास्ता गरेनन्। त्यतिमात्र होइन पागलखाना सम्म पुर्‍याउने काम बाबुराम भट्टराईको सरकारले गरेको थियो।

यद्यपि अधिकारी दम्पतीको 'दोषीलाई कारबाही गर' भन्ने माग त्यसपछिका सरकार प्रमुखले पनि गरेनन्। अनशनको क्रम रोकिँदै सुरु हुँदै रोकिँदै बढिरह्यो। सत्ता फेरिए, सत्तामा पुग्ने दल फेरिए। वैचारिक आधारमा फरक फरक दल सत्ताको शिखरमा पुग्दा पनि अधिकारी दम्पतीको माग सुनुवाई भएन। अनि नन्दप्रसाद अधिकारीको मृत्यु भयो सुशील कोइरालाको प्रधानमन्त्रित्वको कालमा।

त्यही पृष्ठभूमिमा ट्विट गरेका थिए दीक्षितले।

प्रधानमन्त्री भइसकेका तथा एमाओवादीका वरिष्ठ नेतालाई मेन्सन गरिएको ट्विट दीक्षितबाट आएपछि भट्टराईले त्यसलाई सहज रुपमा लिएनन्। बाबुराम भट्टराई शिक्षण अस्पतालमा अनशनमा रहेका डा गोविन्द केसीको मागमा समर्थन गर्न पुगेका थिए। त्यहाँ उनले आफूले सरकारको नेतृत्व गरेको समयमा उनको माग पूरा गर्न नसकेकोमा आत्मालोचना पनि गरिसकेका थिए

भट्टराईको डाक्टर केसीको समर्थनमा ट्विट र समाचार आएपछि दीक्षितले उनलाई झस्काउने गरी ट्विट गरे। आफूविरुद्धको प्रतिक्रियालाई सहजरुपमा लिन नसक्ने बाबुरामले पनि प्रतिक्रिया दिन समय लगाएनन्। लगत्तै  उनले लेखे :  @KanakManiDixit दरबारको अपुताली र लोकतन्त्रको टोपी एकैसाथ स्याहार्नेहरुलाई गुड र गोबरको भेद छुट्याउन कति गाह्रो पर्दोरहेछ बरा!

बाबुराम भट्टराईको यसरी प्रतिकृया आएको भने यो पहिलो होइन। उनले नागरिक दैनिकका प्रधान सम्पादकसँग पनि डेढ वर्ष अघि यसैगरी सामाजिक सञ्जालमा बाझाबाझ गरेका थिए।

दीक्षित र भट्टराईबीच माइक्रो ब्लगिङमा परेको घम्साघम्सीपछि दुवैका समर्थकहरु एक अर्कालाई खुत्ल्याउन उत्रिहाले। टाइमलाइनमा यी दुईको भिडन्तपछि प्रतिक्रिया आउनेक्रम भने जारी रह्यो। - See more at: http://www.pahilopost.com/content/-3158.html#sthash.f4rC6vUv.dpuf
Read Full Discussion Thread for this article