Posted by: Rudramati March 31, 2015
कथा : सुबोध, अप्सरा र अमेरिकी घर
Login in to Rate this Post:     0       ?        
हुन पनि अप्सरा लक्की अनि स्मार्ट दुबै रैछ। आएको १ महिनामै राम्रो होटेलमा ब्रान्च असिस्टेन्ट मेनेजरको जागिर पाई। पाँचदिन काम, अनि सुबोधको भन्दा धेरै कमाइ। सुबोध दु:ख बुझेको अनि मनको साह्रै असल मान्छे थियो भलै शारिरिकरुपले त्यति धेरै आकर्षक नभएको होस। समय सामान्यरुपमा अबिच्छिन्न चलिरहेको थियो। समय सगसगै अप्सरामा बिस्तारै आफ्नो क्षमतामा र कमाइमा घमण्ड पलाउन थाल्यो । नपलाओस पनि कसरी, सुबोध ५ बर्ष देखि त्यहि ईण्डियनको रेस्टुराँ र पेट्रोल पम्पभन्दा माथी उठ्न सकेको थिएन, उता अप्सरा १ महिनामै अफिसियल काम गर्ने र राम्रो कमाई गर्ने भैसकेकी थियी । अब बिस्तारै सुबोधको महत्वो काम हुँदै गैरहेको थियो अप्सराको मनमा। सुबोधपनि घरी-घरी आफ्नो अप्सराप्रतीको निष्छल मायामा कतै पैसा तगरो बन्ने त हैन भन्ने अज्ञात भयलाई यत्तिकै तिलान्जली दिन सक्दैनथ्यो। “ह्या, मेरो सोचाइ पनि कति संक्रिण हो, बिचरी कति काम गरेर जेनतेन दुइजनाको राम्रै गुजरा चलिरहेको छ, पैसा बुढा-बुढी जसले कमाए पनि एउटै त हो नी! आखिर परिवारको न हो” यस्तै-यस्तै सोच्दै आँफैलाई ढाडस दिन्थ्यो र दैनिकीमा लाग्थ्यो।

सुबोधले बिस्तारै अप्सरामा साच्चिकै गम्भीर परिवर्तन आएको महसुस गर्न थल्यो। अप्सरा यी दिनहरुमा सुबोधलाई कम अनि अफिसको काममा बढी समय दिन थाली। सुबोधको सानो कुरामा पनि बिबाद सुरु गरिहाल्थी अप्सरा। सुबोधका राम्रै आग्रहहरुलाई पनि अप्सरा लाजवाफ ब्यवास्था गर्थी बरु आफ्नै जिद्दीले सुबोधलाई चुप गराउथी। अप्सरा बिगत केही हप्ताहरुदेखी अली धेरैनै परिवर्तन भएको भान हुन्थ्यो सुबोधलाइ। अप्सरा घर पनि धेरै ढिलो आउने अनि अरु बहाना बनाएर घरका कामहरु सबै सुबोधलाई अराउन थालेकी थीई,। सुबोध घरीघरी त मुर्मुरिन्थ्यो बिचरा तर परदेशमा आफ्नो नियती र भाग्यलाई धिक्कर्दै चुपचाप सहन्थ्यो। पछिल्लो रात धेरै ढिलो गरि अप्सरा घर आई, राता आँखा अनि मादक मुहार लिएर। सुबोध मनमनै चिढियो तर केही बोलेन।

आज पनि ढिलो आउने सूचना पाइसकेको थियो टेक्स्ट मार्फत। “आज केही सम्झाउनु पर्‍यो, आखिर मेरै बुढी त हो नी” मनमनै गुनगुनाउदै भान्सामा खाना बनाइ रहेको थियो सुबोध। धेरैबेरपछिको कुराईपछी अबेर रातमा अप्सरा आफ्नो बोसको गाडीमा लड्बडाउदै घर आइपुगी। मध्य रात्मा आफ्नी श्रीमती रक्सीको नसासगै बोसले छोड्न ल्याइदिएको देखेर सुबोधको मनमा असुरक्षित चिसो पस्यो र सोध्ने आँट गर्यो। “हैन तिमी आजकाल धेरै परिवर्तन भएको छौ, राती पनि धेरै ढिलो आउछौ त्यो पनि रक्सीको नसामा, यो त अती भयो हेर, अब म सहन्न, तिमीलाई लाज लाग्दैन आफ्नो मति बिगारेर यसरी हिड्न?” महिनौदेखी सँगालेको रिस छताछुल्ल पोख्यो सुबोधले। “तिमी बढी नकराउ, लोग्ने मान्छे भएर त्यहि धोतीकोमा ट्वाइलेट सफागर्न बाहेक तिमीले अरु के प्रगती गरेका छौ र मैले मस्ती गरेकोमा डाहा गर्छौ? जमना बदलियो बाबु, यस्तो सोझो भएर अब काम चल्दैन, हेर मेरो बोस कस्तो ह्यान्ड्शम अनि स्मार्ट छ। तिमी त नमर्द हौ, यो देश् तिमीजस्तालाई हैन, म जस्तालाई हो बुझ्येउ। घण्टाको ७ डलरबाट सुरु गरेको अझै ७ मै छौ। तिमी मेरो लागि एक कायर र नालयक पुरुष हौ”।
Read Full Discussion Thread for this article