Posted by: _____ March 28, 2015
भारतीय नागरिकता नस्वीकार्ने फूदोर्जी
Login in to Rate this Post:     0       ?        

भारतीय नागरिकता नस्वीकार्ने फूदोर्जी

-बुद्धबीर बाहिङ राई

तत्कालीन राजा महेन्द्रबाट ‘नेपालश्री’ पदक लिदै ।

तत्कालीन राजा महेन्द्रबाट ‘नेपालश्री’ पदक लिदै ।


‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’

लोकगायक धर्मराज थापाले गाएको यो गीत कुनै बेला खुबै चलेको थियो । सर एडमण्ड हिलारीसँगै तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथा पहिलो पटक आरोहण गरेपछि यो गीत रचना भयो ।

भारतको तत्कालीन राष्ट्रपति सर्वपल्ली राधाकृष्णबाट भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै ।

भारतको तत्कालीन राष्ट्रपति सर्वपल्ली राधाकृष्ण भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै ।


पहिलो नेपालीका रुपमा सगरमाथा टेकेका तेञ्जिङ शेर्पाले पछि भारतको नागरिकता लिए । तेञ्जिङपछि दोस्रो र तेस्रो नेपाली आरोही नवाङगोम्बु र आङकामी शेर्पाले पनि उनकै बाटो समाते ।


तर, चौथो आरोही फूदोर्जी शेर्पा भने नेपाली भएरै मरे । सन् १९६५ मा भारतीय सेनाको आरोहण टोलीसँगै सगरमाथा आरोहण गरेका खुम्जुङ–१, सोलुखुम्बुका फूदोर्जीले भारतले दिएको नागरिकता लिन अस्वीकार गरेको उनकी छोरी फूटी शेर्मा बताउँछिन् ।


उनी भन्छिन्, ‘‘भारतले दिएको सम्मान लिएपनि बुवाले नागरिकता लिन भने चाहनुभएन ।’’ फूदोर्जीलाई भारत सरकारले त्यहाँको ठूलो खेल पुरस्कार ‘अर्जुन’ले पुरस्कृत गर्‍यो ।


भारतीय सेनाको एमएस कोहली नेतृत्व टोलीको २१ जना मध्येका फूदोर्जीलाई भारतका तत्कालीन राष्ट्रपति सर्वपल्ली र प्रधानमन्त्री लालबहादुर शास्त्रीले उनलाई सम्मानपत्र प्रदान गरेका थिए । (हे. तस्वीर)


सोलुखम्बुको लुक्ला बजारमा होटल व्यवसाय सञ्चालन गरिरहेकी उनकी छोरी फूटी भन्छिन्, ‘‘भारतले पछिसम्मै नागरिकता लिन आग्रह गरेका थिए । तर, बुवाले म नेपाली भएरै मर्छु भनेर उक्त प्रस्ताव अस्वीकार गर्नुभयो ।’’

भारतको तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै ।

भारतको तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै ।

नेपाल सरकारले पनि फूदोर्जीलाई पहिलो नेपाली आरोहीका रुपमा सम्मान गरेको पाइन्छ । राजा महेन्द्रले फूदोर्जीलाई ‘नेपालश्री’ पदकले सम्मान गरेका थिए । (हे. तस्वीर)

महेन्द्रकै हुकुम अनुसार वि.सं. ४ साउन २०२२ मा बसेको मन्त्री परिषद बैठकले ‘सगरमाथामा पुग्ने सर्वप्रथम नेपाली फूदोर्जी शेर्पालाई सम्मानार्थ मासिक रु. ४ सय रुपैयाँ दिनु’ भनेर हुकुम दिए । (हे. तस्वीर)

सगरमाथा आरोहणकै क्रममा सन् १९९६ मा उनको मृत्यु भयो । जापानी आरोहण दलसँग सगरमाथा आरोहण गर्ने क्रममा हिउँमा चिप्लिएर निधन भएका फूदोर्जीका छोरा दावाले भारत सरकारकै छात्रवृत्तिमा पढे ।


फूदोर्जीकी छाेरी फूटी भन्छिन्, ‘‘बुवाको सम्झनामा भारत सरकारले अहिले पनि विभिन्न कार्यक्रममा हामीलाई सम्मान गर्दै आएको छ । तर, नेपाली नै भएर मर्न चाहने बुवालाई नेपाल सरकारले सम्झेको याद छैन ।’

5

सगरमाथा शिखरमा पुग्ने प्रथम नेपाली फूदोर्जी शेर्पालाई सम्मानार्थ मासिक ४ सय रुपैयाँ दिने मन्त्रिपरिषदले गरेको निर्णय ।

भारतसरकार शिक्षा मन्त्रालयबाट ‘अर्जुन’ पुरस्कारको प्रमाण पत्र ।

भारतसरकार शिक्षा मन्त्रालयबाट ‘अर्जुन’ पुरस्कारको प्रमाण पत्र ।

- See more at: http://www.himalkhabar.com/?p=98302#sthash.yf2B8rqY.dpuf
Read Full Discussion Thread for this article