Posted by: Rahuldai March 27, 2015
“साझामा १० बर्ष “
Login in to Rate this Post:     1       ?         Liked by

साझामा १० बर्ष “

हालै सान दाइले साझाको १५औं ह्यापी बर्थ डे मनाएको खबर साझाकै भित्तामा  फित्ता कसेर टाँसेको देखेको थिएँ | अनि झल्याँस सम्झे आफु पनि साझाको लैलैमा लागेको नि पुग न पुग १० बर्ष भयो जस्तो लाग्यो र सान दाई लाई मेरो पहिलो पोस्ट कहिले भनेर सुटुक्क सोधें |

संयोगबस  साझामा औपचारिक रुपमा पोस्तेर सहभागी भएको आजले १० बर्ष भयो गाँठे | समय घडी पला मिनेट सेकेन्द भन्दा नि फास्ट रहेछ | १० बर्ष आँखा झिमिक्क नगर्दै बित्यो ( यो चाहि अलि बढी नै जस्तो छ )|


साझा भर्ना हुनुको कारण

सरकारी कर्मचारी थिएँ | कम्प्युटर, इन्टरनेट र इमेल भन्ने दुर्लभ सुबिधा कुनै कुनै सरकारी अफिसमा मात्र हुन्थ्यो सन् २००० ताका | तै पनि Y2K को नाम मा लुट को धन फुफुको श्राद्ध गरि हाले | त्यस्तै सुबिधा सम्पन्न सरकारी अफिसमा पोस्तिंग भाथ्यो | तै पनि इमेल र इन्टरनेट भनेको बिरलै दर्शन पाइन्थ्यो | संयोग मास्टर्स गर्न युरोपीय देश पुगेपछि बल्ल कम्प्युटर, इमेल र इन्टरनेट सुलभ भयो | अपार्टमेन्ट मै इन्टरनेट, कम्प्युटर फ्री| तै पनि साझा बारे भनक मिलेको थिएन |

 

आज्ञाकारी सरकारी मुलाजिम न ठहरियो, पढाइ सक्यो , मास्टर्स डिग्री हातमा बोकी गजधम्म फुलेर स्वदेश फिर्ती भएँ | पुन: अफिस ज्वाइन गर्न ३ महिना लाग्यो | नेपाल फिरेको २-३ दिन मै हाजिर हुन पाउँ भनी दिएको निबेदन माथि टिप्पणीका पाना थपिदै फाइल इधर उधर किधर  भने जस्तै कता कता | आफुलाई बालै हो| निर्णय गर्ने डुकुलंठुक हाकिमहरुले अलमल गर्छ भने मलाइ के को मतलब | निबेदन दिएको दिन देखि हाजिर नगराई सुख छैन , तलब न दिई सुख छैन |

३ महिना जति अलमल गरेर अर्कै शाखामा खटाइए | संयोग बस फेरी कम्प्युटर र इन्टरनेट भएको एक मात्र कोठामा ड्युटी | के खोज्छस् पुन्तर , कम्प्युटर भने जस्तै | युरोपको प्राय जस्तो देश घुमिवरी आएको, त्यताको काम गर्ने प्रबिधी र सीप सिकेर आएको नेपाल आए पछी टाइपिस्ट भैयो | हाकिम साहेबको अमेरिकामा  रहेकी  छोरीलाई इमेल संदेश पठाउने काम गरेर  बसियो | थुक्क ! इन्जिनियरिंगमा त्यो पनि युरोपको अति बिकशित राष्ट्रको प्रतिष्ठित संस्थाबाट डिग्री लिएको त केहि काममा  आएन |


अब भएन, अमेरिका एक फेर घुमघाम गरेर आउनु पर्यो भन्ने दिब्य ज्ञान फुर्यो| अमेरिका त जाने कसरी जाने ? डिभी जिन्दगीमा परेको हैन , भरेको भरेई मात्र | आफन्त कोइ छैन स्पोन्सर गरेर बोलाउला भनेर बसुँ भने |

आफ्नो योग्यता भनेको अलि अलि घोक्न सक्ने र खोक्न सक्ने हो | त्यसैमा भाग्य आजमाउनु पर्यो भन्ने लाग्यो |

अखबारमा “हर्बर्ट हम्फ्री फेलोशिप “ भन्ने युसेफको बिज्ञापनमा आखा गयो | अब भने के खोज्छस डाका  , अमेरिका ......... जस्तो भयो | मध्यम लेभलको सरकारी तथा गैर सरकारी अधिकृत /म्यानेजरको लागी १० महिने अध्ययन भ्रमण | टिकेट देखि लिएर सबै फ्री | खान बस्न महिनाको दुइ हजार डलर |

फाराम सारांम  आराम संग भरि, चाहिने ३ ओटा अंग्रेजी निबन्ध कनिकुथी लेखि बुझाइयो| युरोप बस्दा नै एक पल्ट ट्राइ मारौं भनेर जर्मनीमा गैर टोफल भनाउँदा जांच दिएको थिएँ | त्यसको काम आयो | पहिलो राउण्डको अंग्रेजी टेस्ट ( सबै भन्दा कठिन स्टेज ) जम्प गरी सेकेन्ड राउण्ड पुगियो | १ हजार को हाराहारीको आबेदन १०० मा झारियो | त्यहाँबाट स्टेज २, ३ हुँदै फाइनल १० सम्म पुग्न सफल भैयो | सपनामा पनि अमेरिका घुमेको दृश्य देखन थालेको थिएँ | सेतो दर्बार ( व्हाइट हाउस ) को बारमा फोटो खिचनै लाग्दा आर्को मान्छेले छेक्दा निद्रा खुलेको |


अलिकति अलिछिनी त भएको रहेछ नि , फाइनल २ मा नाम निस्केन | थुक्क, फेरी एकपल्ट नराम्रो संग पछारिएँ |

क्रमश: 

(साझामा पहिलो पोस्ट सानो कबिता थियो - 

http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=20654

Read Full Discussion Thread for this article