Posted by: _____ March 27, 2015
गृहमन्त्री भन्छन्,'हामीले नसक्ने भएर विदेशीलाई दिन लागेका हौं'
Login in to Rate this Post:     0       ?        

गृहमन्त्री भन्छन्,'हामीले नसक्ने भएर विदेशीलाई दिन लागेका हौं'

  • 'सूचना चुहिन्छ भन्नु गलत'



Bamdev_Gautam

काठमाडौ, चैत्र १३ - सभासदहरुले भिसा प्रोसेसिङको सबै काम निजी कम्पनीलाई दिने गृहमन्त्रालयको प्रस्तावबारे संसदकाे राज्य व्यवस्था समितिकाे बैठकमा बाेल्दै गृहमन्त्री बामदेव गाैतमले अध्यागमन सुधारको काम सरकार आफैंले गर्न नसक्ने भएकाले विदेशी कम्पनीलाई दिन प्रस्ताव अघि बढाएको दाबी गरे।

एक दर्जन सभासदले उठाएको प्रश्नको जवाफ दिंदै गृहमन्त्री गौतमले कम्पनीलाई जिम्मा दिँदा सूचना चुहिन्छ भन्ने तर्क गलत भएको उनको दाबी थियो।

'अहिले चाहिँ नेपालका सबै सूचना लिक भएका छैनन्?' गौतमको जवाफ थियो।

My comment: ठीक भन्न भो तपाईंले , तेस्करण गोपनियता सम्बधी कनुन नै खरेज गरी दिम 


 समितिमा झन्डै एक घण्टा प्रस्टीकरण राख्दै उनले भिसा र अध्यागमनसम्बन्धी कामहरू अनलाइनबाट गर्नुको विकल्प नरहेको बताए। र, त्यसो गर्दा सूचना नचुहिने उनको दाबी थियो। 'विदेशी कम्पनीले यहाँ सफ्टवेयरेखि सबै कामको पूर्वाधार बनाइदिने हो।

हामीकहाँ दक्ष जनशक्ति पनि छैन। यी दुवै काम नेपालले गर्ने हो भने कम्तीमा ५ वर्ष लाग्न सक्छ। विदेशी कम्पनीलाई दिने हो भने ३/४ महिनाभित्रै काम थाल्न सकिन्छ,' उनको दाबी थियो।

My comment:

सम्भिधान बनाउन पानी नेपाल म दक्ष्य जनशक्ती छैन जस्तू छ, ५ बर्षा भन्दा बढी लागि सक्यो , बिदेशी लाई दिये ३-४ महिन मै बनै दिन्छन 

भर्ना गर्नुस् न सक्ष्य्म जनसक्ती, पार्टी कार्येकार्ता  सजिलै भर्ना गर्न सकिन्छ, दक्ष्ये जनशक्ती छै छैनन रे ? गफ दिने ?


गौतमले विदेशीले काम गर्ने भए पनि पासवर्ड अध्यागमन विभागअन्तर्गत नै चलाइने बताउँदा सभासदहरूमा हाँसो छाएको थियो।

सि अाइ ए को त लिक हुन्छ, पासवर्ड नेपाली ले चलाऊदै मा लिक नहुने हो र  


प्रकाशित मिति: २०७१ चैत्र १३ ०८:१४ 

Read Full Discussion Thread for this article