Posted by: ashishme March 15, 2015
कांग्रेसी सरकार नै ग्यास कालोबजारीमा संलग्न
Login in to Rate this Post:     0       ?        
यस्तो रहेछ काला व्यापारी र सरकारको कनेक्सन !


काठमाण्डु, २ चैत – काठमाण्डुको बजारमा ग्यासआपूर्ति गर्ने ६ ग्यास उद्योगीलाई सरकारले संरक्षण दिइरहेको छ । सरकारी संरक्षणका कारण उपभोक्ताले नियमित ग्यास उपभोग गर्न सकेका छैनन् ।

उपभोक्तालाई नियमित ग्यास आपूर्ति नगरी दुःख दिने उद्योगलाई वाणिज्य तथा आपूर्ति नगरी दुःख दिने उद्योगलाई वाणिज्य तथा आपूर्ति व्यस्थापन विभागले कारबाही गर्नुको सट्टा उद्योगीले सिलिन्डर फिर्ता लैजाने भन्दै चुपचाप बसिरहेको छ । विभागका महानिर्देशक शम्भु कोइरालाले बाहिर हल्ला हुने बताउँदै त्यस्ता ग्यास कम्पनीको नाम उल्लेख गर्न चाहेनन् । काठमाण्डुमा ग्यास आपूर्ति गर्न छाडेर स्थानीस्तरमै बजारीकरण थालेका तराईका उद्योगले काठमाण्डुमा रहेका सिलिन्डर फिर्ता लैजान्छौँ भनेका छन््,’ उनले भने, ‘उद्योगीले सिलिन्डर फिर्ता लगिहाल्छन् धेरै हल्ला नगरौँ ।’

स्रोतका अनुसार ६ ग्यास उद्योगका ६० हजार भन्दा बढी सिलिन्डर हाल काठमाण्डुका उपभोक्ताको भान्सामा प्रयोगविहीन अवस्थामा छन् ।
गृहलक्ष्मी, सुविधा, नोबेल, एनएल, मनोज र साहार ग्यासले काठमाण्डुमा आपुर्ति घटाइसकेका छन् । काठमाण्डु बजार छाड्न लागेका ६ उद्योगले ६० हजार सिलिन्डर नउठाउँदा उपभोक्ताको धरौटी रकम गुम्ने खतरा बढेको छ ।
नयाँ पत्रिका दैनिकबाट
- See more at: http://kathmandutoday.com/2015/03/86417.html#sthash.eby9Bfzw.dpuf
Read Full Discussion Thread for this article