Posted by: haribansha March 9, 2015
फिफ्टी शेड्स अफ गे : एक वाई. सी. यल. कार्यकर्ता को कथा
Login in to Rate this Post:     1       ?         Liked by
यस घटना का पात्र हरु सबै काल्पनिक हुन्, कसैको वास्तविक जीवन संग मेल खान गएमा संयोग मात्र हो भनि बुझ्नु होला.

मेरो सानो परिचय: मेरो नाम आशिष नेपाली, घर कालिकोट, काठमाडौँ मा नया मान्छे.

जीवन को १७ बर्ष कालिकोटमा बिताए पछि + २ गर्न म काठमाडौँ छिरें. काठमाडौँ मेरो लागि स्वर्ग सरि थियो, नया कलेज, आफ्नै डेरा, अनि पूर्ण स्वतन्त्रता. कालिमाटीको तरकारी बजार छेउमै नया डेरा लिएर बसें. जीवन साधारण रुपमा चलिरहेको थियो, कलेज गैन्थ्यो, साथि भाइ संग रमाइलो गरिन्थ्यो र वाई. सी. यल मा सक्रिय थिएँ. केहि महिना पछि मलाई वाई. सी. यल र कलेजको व्यस्तताका कारण घर ब्यबहार सम्हाल्न गाह्रो हुन थाल्यो. बिहे गर्ने सोच मनमा आयो, तर पहिलो कुरो उमेर पुगेको थिएन, दोश्रो कुरो, मेरो जिउ डाल र अनुहार को भरमा कोइ केटि पट्टिने सम्भावना पनि थिएन. चिने जानेका मान्छे लाइ भनि घरयासी काममा सहयोग गर्ने मानिस खोज्न भनें. १ महिना पछि एउटा मान्छे फेला पर्यो - पवन. पवन गरिब परिवारको केटा रहेछ. मेरो वाई. सी. यल बाट मासिक भत्ता आउने भएकोले मलाइ पैसा सैसाको टेन्सन थिएन. आफ्नै डेराको एक कुनामा बिस्तारा लगाएर पवन म संगै बस्न थाल्यो.

दिनचर्या राम्रै चलिरहेको थियो. वाई. सी.यल. को काममा म नेपाल बन्द, शैछिक संस्था बन्द र तोडफोड, लुटपाट आदि काममा सक्रिय थिएँ. पवन ले घर को काम राम्ररी सम्हालिरहेको थियो. हरेक सनिबार म वाई. सी. यल का अरु कार्यकर्ता संग गोंगबु बस पार्क नजिकको दोहोरि रेस्टुरेन्टमा ४-५ पेग चढाउन जान्थें. पछिल्लो हप्ता भने नेपाल बन्दको बिरोध गर्ने नागरिक हरु संग मुठ भेड भएकोले जिउ अलि दुखिरहेको थियो, मैले घरमै पिउने निर्णय गरें. घर पुगेर नुहाई ओरि मैले पवन लाइ १ पेग तयार गर्न भनें. पवनले मेरो फेवोरेट भर्जिन रक्सि र सोडा र बरफ लिएर आयो. बिचरो पुलु पुलु हेरिरहेको थियो, लौ न आज तँ पनि मै संग रमाइलो गर भनेर उसलाई जोइन गर्न भनें. मलाई तेती बेला थाहा थिएन कि पवनलाइ एक ग्लास शेयर गर्ने निमन्त्रन ले गर्दा मेरो जीवनले अर्कै मोड लिनेछ. ग्लास त सुरुवात थियो, त्यस रात अरु थुप्रै कुरा शेयर भयो.

म कुर्सिमा बसिरहेको थिए, पवन गुन्द्री समातेर भुइँमै बस्यो. हामि उसको गाउँ र मेरो जन्मथलोको बारेमा गफ गर्न थाल्यौं. कुरा गर्दै जाँदा रात बितेको पत्तै भएन, भर्जिन पनि एक बोत्तल सकी सकेछ. तर त्यस रात रमाइलो भई रहेको थियो, पवन संगको कुराकानी रोमाञ्चक हुदै थियो.

"पवन, जीवनमा तँलाई आफु कहाँ देख्न मन छ?" मैले सोधें

रक्सिको मातमा उसले छिट्टै उत्तर दियो

“दाइ तपाई अहिले जहाँ हुनुहुन्छ, मलाई तेहीं हुन मन छ”

"यहाँ हुन के गार्हो छ त लाटा" कुर्सिबाट उठ्दै पेग हातमा लिएर मैले भनें

"हैन दाइ जीवनमा भनेको" मुसुक्क मुस्काउदै उसले भन्यो

“ठिकै छ. अहिलेको लागि कुर्सिमा भएनी बस”

पवनले आना कानी गर्यो, तर म पेग लिएर गुन्द्री मा उसको छेउमा बसें. फाल्गुन को चिसोमा ढाड भित्ता मा अढेस लगाउदा शरीर ठिरिंग भयो. पवनले भात पस्किने प्रस्ताब राख्यो तर भोक लाग्या छैन भनेर मैले टारें. जिन्दगि मा कहिले पनि रक्सि नखाएको पवन सार्है झ्याप भएछ. मेरो कुरो उ नमानी जुरुक्क उठ्यो. सिधा उभिन नसकी उ जिउको तालमेल मिलाउन खोज्दा मेरो अघि भित्ताको सहारा लिएर उभियो.

मेरो जिउमा अनेकौ तरङ्ग आउन थाले. पवनको प्रौढता मेरो शरीर संग नजिकिदै थियो. उसले आफ्नो मजबूत हातले मेरो मुलायाम केश खेलाउन थाल्यो. उसको चाल मैले माइन्ड गरिन, मलाई जीवन मै कहिल्यै नभएको अनुभूति भईरहेको थियो.



Read Full Discussion Thread for this article