Posted by: cybernepali March 7, 2015
धावन मार्गबाट टर्किस विमान हट्यो - विमानस्थल चौविसै घण्टा सञ्चालन हुने
Login in to Rate this Post:     0       ?        

धावन मार्गबाट टर्किस विमान हट्यो

विमानस्थल चौविसै घण्टा सञ्चालन हुने

२०७१ फागुन २३ गते १३:४० मा प्रकाशित

turkish Air (2)

सुरेश भुसाल/नविन अर्याल

२३ फागुन, काठमाडौं । टर्किस एयरलाइन्सको विमानलाई धावन मार्गबाट पन्छाइएको छ । धावन मार्ग खाली भएपछि विमान सेवा सुचारु गर्ने तयारीमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय जुटेको छ ।

यसअघि विमानस्थल राति १२ बजेसम्मका लागि बन्द गरेको घोषणा गरिएको थियो । तर, प्राविधिकहरुले सहज रूपमै विमानलाई धावनमार्गबाट पार्किङ स्थलतर्फ लैजान सफल भएपछि त्यस अगाडि नै विमानस्थल सुचारु हुने भएको छ ।

विमानस्थल साढे ७ बजेबाट खुला गरिने र राति ९ बजेदेखि उडान अवतरण सुरू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमनले जानकारी दिए ।

धावन मार्गबाट विमान हटाउन दिउँसाे साढे दुर्इ बजे विमानस्थलमा आइपुगेको टर्कीको टेक्निकल टिम समेत खटिएको थियो । टर्कीबाट ६ जनाको टेक्निकल टिम भारतबाट बम्बार्डियर जहाज चार्टर्ड गरेर विमानस्थलमा आएको थियो । बम्बार्डियर जहाज छोटो धावनमार्गमा पनि सजिलै अवतरण गर्न सक्छ ।

विमानस्थल चौविसै घण्टा खुल्ला

चार दिनदेखि अवरुद्ध विमानस्थल खुलेपछि चौबिसै घण्टा सञ्चालन गर्ने तयारीमा विमानस्थल कार्यालय जुटेको छ । विमानस्थल अबरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित गर्न चौबिसै घण्टा उडान-अवतरणको व्यवस्था मिलाउन लागिएको हो ।

शनिबार विहान विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिश चन्द्रलाल सुमनले सहज नभएसम्म विमानस्थल चौबिसै घण्टा खुल्ला गरिने बताए ।

टर्किस एयरलाइन्सको एयरबस गत बुधबार धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि विदेश उड्ने र विदेशबाट नेपाल आउने हजारौं यात्रुहरु विभिन्न विमानस्थलमा अलपत्र परेका छन् ।

दिनभरीको प्रयासपछि बेलुकामात्र प्राविधीक टोली जहाजलार्इ धावनमार्गबाट हटाउन सफल भएको छ । जहाज हटाउन नेपालले नसकेपछि भारतबाट एयरक्राफ्ट रिमुभल किट सहित १२ जना प्राविधिक टोली झिकाइएको थियो ।

नेपाली र विदेशी प्राविधक टोली, नेपाल अार्मी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी, विमानस्थल विस्तार गर्ने ठेकेदार कम्पनीका कर्मचारी लगायत सयौंजना खटिएका थिए ।

 

turkish Air (3)

turkish Air (1)

 turkish Air (6)turkish-Air-(8)turkish Air (5) turkish Air (4)    Turkis-plane-at-run-way

- See more at: http://www.onlinekhabar.com/2015/03/249284/#sthash.aCHux1KM.dpuf
Read Full Discussion Thread for this article