Posted by: cybernepali March 2, 2015
पच्चीस बर्ष अमेरिका बसेर धेरै डलर कमाएका देबी आचार्य अहिले अरुको सेवा गर्दै
Login in to Rate this Post:     0       ?        

अमेरिकामा धेरै डलर कमाएर नेपालमा बाँड्न आएको होइन्

देवी आचार्य, अध्यक्ष, एचडीएनपी इन्टरनेशनल, टेक्सास, अमेरिका

दैनिक नेपाल२०७१ फागुन १८ गते ०:३९
 472  3 Google +1

Devi-Acharya01

संसारमा अति सम्पन्न र अति शक्तिशाली राष्ट्र अमेरिका हो । र, संसारमा सबैभन्दा बढी घरबारविहीन बस्ने देश पनि अमेरिका नै रहेछ ।

पाँचथर यासोकमा जन्मिएका देवी आचार्य २५ बर्ष भयो अमेरिका पुगेको । अमेरिकी नागरिकहरुले भने उनलाई बोलाउने नाम हो– डेभिड । उच्चारण गर्न सजिलो होस् भनेर अमेरिकी साथीहरुले नै राखिदिएका ।

नयाँ भविष्यको खोजीमा साँढे दुई दशक अघि अमेरिका उनको अहिले अमेरिकाको टेक्सास राज्यमा आफ्नै व्यवसाय छ । व्यवसायसँगसँगै सामाजिक क्षेत्रमा पनि हात हालेका छन् । खासगरि, अमेरिकाका घरबारविहीनका लागि उनको संस्थाले प्रत्येक महिना निःशुल्क भोजन गराउँछ । असहाय तथा बृद्धबृद्धाका लागि सहयोग गर्न संस्थाका प्रमुख संचालन अधिकृत ८० बर्षीय बृद्ध अमेरिकी नागरिकलाई लिएर नेपाल आइपुगेका आचार्यसँग दैनिक नेपाल डटकमले गरेको कुराकानी:

कति बर्ष भयो अमेरिका जानुभएको ?

२५ बर्ष । पढ्नका लागि गएको थिएँ । अहिले अमेरिकाको टेक्सास राज्यमा व्यापार गर्छु ।

समाजसेवा चाँहि कसरी सुरु भयो ?

मेरो गैरसरकारी संस्था छ, हेल्प फर डेस्प्रेटली निडी पीपल (एचडीएनपी) इन्टरनेशनल । अति अहासय घरबारबिहीनलाई हामी सहयोग गर्छौँ । २९ दिन कोही मानिस भोको छ भने पनि एक दिन मेरो संस्थाले खाना खुवाएर २९ दिन बाँचोस भन्ने मेरो मनसाय हो । त्यही उद्देश्यले सन् २०११ यो संस्था खोलेका हौँ ।

Devi-Acharya4

महिनामा एक दिन खुवाएर मानिस २९ दिन बाँच्छ त ?

त्यसो होइन् । म जस्तै अरु मानिस पनि निस्किउन भन्ने हो । हामीले त एउटा उदाहरण मात्र पेश गर्न खोजेका हौँ । तपाईं आँखा चिम्लिएर बस्नुस्, केही हुँदैन । एक दिन उसले पेटले मागे जति खायो भने त्यस दिनको खुसीले बाँकी २९ दिन बाँच्छ भन्ने हाम्रो विश्वास हो ।

तपाईंको कार्यालय कहाँ छ ?

हामीसँग टेक्सासमा अफिस छ । घरवारविहीन मानिसहरु हाम्रो अफिसमा आउँछन्, फोनहरु आउँछ । हरेक तीन महिनामा हामी रक्तदान कार्यक्रम पनि आयोजना गर्छौँ ।

नेपालीका लागि अमेरिका सपनाको देश हो, त्यहाँ पनि यस्ता घरबारविहीनहरु छन् ?

संसारमा अति सम्पन्न र अति शक्तिशाली राष्ट्र अमेरिका हो । र, संसारमा सबैभन्दा बढी घरबारविहीन बस्ने देश पनि अमेरिका नै रहेछ ।

घरबारविहीनहरुलाई चाँहि कसरी भेट्नुहुन्छ ?

कोही आकाशे पुल मुनि सुतेका हुन्छन्, कोही सडकमै सुतेका हुन्छन् । उनीहरुलाई राज्यले एउटा सेल्टरको व्यवस्था त गरेको हुन्छ । ओत लाग्ने व्यवस्था गरिदिए पनि कति गरोस् राज्यले ? सरकारले भत्ता पनि दिन्छ तर एक–दुई दिनमै सक्छन् । हामी जस्तै धेरै गैरसरकारी संस्था छन्, जसले उनीहरुलाई खाना खुवाउँछन्, हाँस्छन्, हसाउँछन्, रमाइलो गर्छन । अमेरिकाको न्युयोर्क, फ्लोरिडा, एटलान्ट, क्लोराडोमा पनि हाम्रा कार्यक्रमहरु हुन्छन्, हाम्रो व्यस्तताका कारण अहिले तीन महिनामात्र यस्ता कार्यक्रम गर्न सकेका छौँ ।

Devi-Acharya2

नेपालमा पनि काम गर्छ यहाँको संस्थाले ?

नेपालमा पनि हामीले घरबारविहीन भएका आमा बालाई सहयोग गरेका छौँ । पशुपतिनाथको बाहिर बस्ने घरबारविहीन तथा बृद्धबृद्धालाई नौपटक सहयोग गरिसकेका छौँ । धरानको तमोर नदीको किनारमा बृद्धाश्रम र बुढासुब्बा मन्दिरमा रहेका बृद्धबृद्धा बुवाआमालाई सहयोग कार्यक्रम गरिरहेका छौँ । झापाको कन्काईमाईमा कोटीमाई भन्ने ठाउँ छ, त्यहाँ पनि चारपटक भन्दा बढी सहयोग गरिसकेका छौँ । त्यसका लागि मेरा साथी जिम टायलरले सहयोग गर्छन् । उनी सेनाका पूर्व पाइलट हुन् । ८० बर्ष उमेर भइसक्दा पनि उनले अमेरिकी घरबारबिहीन र नेपालका दिनदुःखीहरुको सहयोगमा जुटेका छन् । अहिले उनी मसँगै नेपालमै छन् । नेपाल बाहेक युगाण्डामा पनि हामीले यस्तै सहयोग गर्ने तयारी गरेका छौँ ।

Devi-Acharya1

पैसा कसरी जुट्छ ?

टेक्सासमा मेरो खाद्य स्टोर छ, त्यहाँ एउटा दान बाकस राखिएको छ । म आफैले पनि दिनको २० डलर खुत्रुकेमा राख्छु, त्यसो गर्दा महिनामा छ सय डलर जम्मा हुन्छ । जिमले हाल्छन्, खुत्रुकेमा दिनको २ डलर, जुन ६० डलर हुन्छ । मेरो परिवार र संस्थाका पदाधिकारीबाट मात्रै महिनामा २५ सय डलर अर्थात करिब साँढे २ लाख रुपैंया संकलन हुन्छ । जसबाट हामी यस्ता सहयोग कार्यक्रम संचालन गर्छौँ ।

अमेरिकामा मानिसहरुको कामका लागि भागदौड हुन्छ, फुर्सद छैन भन्छन्, तपाईँ चाँहि कसरी फुर्सद निकाल्नुहुन्छ ?
मैले यस्तो सोँचे– मानिसलाई कहिल्यै पनि पैसाले पुग्दैन । टेक्सासमा विश्वका नवौं धनीको सूचीमा परेका अर्बपति थिए, उनी कोलोराडोमा गाडी दुर्घटनामा परेर मरे । त्यसपछि उनको सम्पत्ति कस्ले खायो होला ? उनले त लिएर गएनन् । आखिर मानिस त मर्नै पर्छ नि । मर्ने बेला लिएर हामी केही जाँदैनौँ । बाँचुञ्जेल आफूसँग भएको क्षमता, बुद्धि, विवेकले केही गर्न सक्छौँ कि भन्ने मनशायले यस्ता कार्यक्रम सुरु गरेका हौँ । मसँग धन भएर बाँडेको होइन् ।

अमेरिकामा बसेर पनि देशका लागि केही गर्न सक्छौँ भन्ने लागेर यो क्षेत्रमा हात हालेको हो । अमेरिका हाम्रो कर्मभूमि हो, हामी नेपाली हौँ, नेपालमै जन्मेका हौँ । त्यसैले आफ्नो देशमा केही गर्न जरुरत छ । हाम्रो अभियानमा न्युयोर्कका प्रतिष्ठित अधिवक्ता बिनोद रोका, एटलान्ट जर्जियाका गोबिन्द श्रेष्ठ, अमेरिकी पूर्व अमेरिकी सैनिक जिम टायलर, डेरा मायोर डिगर लगायतको सहयोग छ ।

Devi-Acharya3

अमेरिकी समुदायको कस्तो प्रतिक्रिया छ ?

धेरै राम्रो । त्यहाँका मेयर, सरकारी अधिकारी हाम्रो कार्यक्रममा उपस्थित हुन्छन् । सहयोग पनि गर्छन् । अमेरिकीले पनि प्रशंसा गरेका छन् । जसले अमेरिकीहरुसँग भिज्नका लागि मलाई सहज पनि भएको छ । एउटा नेपालीले परदेशमा पुगेर यस्ता कार्यक्रम गर्न पाउँदा मलाई गर्व पनि लागेको छ ।

अमेरिकामा नेपालीको अवस्था कस्तो छ ?

नेपालीको अवस्था पहिले भन्दा सुधार हुँदैछ । नेपालमा जस्तै अमेरिकामा पनि नेपालीले धेरै सामाजिक संस्था संचालन गरेका छन् । व्यापारिक रुपमा पनि अगाडि बढेका छन् । नेपाली समुदायको लागि मात्र होइन्, त्यहाँको स्थानीय समुदायसँग कसरी मिलेर जाने भन्ने विषयमा पनि नेपालीहरु अग्रसर भएका छन् ।

- See more at: http://dainiknepal.com/2015/03/42477.html#sthash.rWE6FKqS.Q93yHZ3q.dpuf
Read Full Discussion Thread for this article