Posted by: nepalilaure February 13, 2015
पर्दाफास - प्रचण्डले कसरि अरबौको सम्पत्ति कमाए
Login in to Rate this Post:     0       ?        
"अख्तियारलाई पूर्णता देउ" भनेर आजको कान्तिपुरमा सुधिर शर्माले राम्रो सम्पादकीय लेखेका रैचन |

"पाँच जना आयुक्त रहने अख्तियारमा प्रमुख आयुक्तसहित दुई जना मात्रै छन् । अघिल्लो सरकारको पालामा त अख्तियारले पूर्णता पाएन नै, कोइराला प्रधानमन्त्री भएको एक वर्षसम्म पनि आयोगले पूर्णता नपाउनुचाहिँ आश्चर्यलाग्दो छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले आयुक्तहरू नियुक्ति गर्ने संवैधानिक व्यवस्था भए पनि विगत एक वर्षमा यो विषयमा न प्रधानमन्त्रीले नै चासो दिए, न राष्ट्रपतिले नै स्मरण गराएको पाइयो । यही सेरोफेरोमा अख्तियारको कार्यक्रममा राष्ट्र प्रमुख र सरकार प्रमुख एकैसाथ उपस्थित भएर अख्तियारलाई पूर्वाग्रही नबन्न दिएको सुझाव/सल्लाह भने उदेकलाग्दो छ ।
आयोगलाई पूर्णता दिएको अवस्थामा आयोग बलियो बन्ने कुरामा कुनै शंका छैन । साथै आयोगबाट हुने निर्णयहरूमा स्वेच्छाचारिताको सम्भावना पनि कम रहन्छ । एउटा वा दुइटा आयुक्तले लिने निर्णय र पाँच जना आयुक्तले गर्ने सामूहिक निर्णयमा निश्चय नै फरक हुन्छ । आयोगको पूर्ण पदाधिकारीले लिने निर्णय आफैंमा परिपक्व र उत्तरदायी हुने सम्भावना रहन्छ ।"

हुनपनि तेती सजिलो काम चै नगर्ने (प्रधन्मत्रिले ) अनि खाली भ्रस्टाचार बढ्यो मात्र भन्ने \ आखिर तीन पार्टी ले तिन जना सिफारिस गर्ने त हो नि \ तर यीनि राम्रो संग थाहा छ कि ५ जना संग बच्न भन्दा एक जना संग बच्न सजिलो छ भनेर \


अनि हेर्नु त प्रधानमन्त्रीको बिजोग :
"त्यतिमात्र होइन, मन्त्रिपरिषद्कै केही सदस्यले भ्रष्टाचार गरेको सूचना आफूकहाँ बारम्बार आएको भनी सार्वजनिक कार्यक्रममा बताएर प्रधानमन्त्रीले लाचारी व्यक्त गर्न कुनै हिसाबले पनि सुहाउँदैन । जबकि मन्त्रीले भ्रष्टाचार गरेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो विशेषाधिकार प्रयोग गर्दै कारबाही गर्न सक्छन् ।"

बरु कसलाई भनेको रहेछ ?
Read Full Discussion Thread for this article