Posted by: shahi baba February 4, 2015
गगन थापाको उपदेश - छालासँगै मासु खानु जुत्ता खाए बराबर
Login in to Rate this Post:     0       ?        

काठमाडौं, माघ २१ – सभासद गगन थापाले छालासँगै मासु खानु जुत्ता खानु बराबर भएको बताउनुभएको छ । नेपाली जुत्ता घरले आयोजना गरेको चौथो फुटवेयर बिग मेलाको उदघाटन गर्दै सभासद थापाले भन्नुभयो ‘छाला नभएको मासु खाँदा रोग लाग्ने र भगवान रिसाउछ भन्ने परम्परावादी धारणाले नेपाली छाला बिनाको मासु खाँदै खाँदैनन्, यो जुत्ता खानु बराबर हो ।’

मासु र जुत्ता सँगसँगै खाने उपभोक्ताको संस्कृतिले जत्ति मासुको बजार बिस्तार भए पनि छाला बचाउन नसकेको थापाको भनाई थियो ।  ‘संसारमा नेपाल विचित्रै देश छ कि छाला नभएको मासु यहाँ कसैले खानै मान्दैन’ सभासद थापाले भन्नुभयो । मानिसको स्वास्थ्य र आन्तरिक उपभोगको हिसाबले नेपाल सरकारले छाला सँगै मासु बेच्न नपाइने नियम बनाएपनि उपभोक्ताले छालासँगै मासु खाँदा छाला जुत्ताका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशी आयातमा भर पर्नुपरेको छ ।जुनसुकै पशुको मासु छालासँगै बेच्न नदिने बित्तिकै छाला बाँकी रहने र यो जुत्ता उद्योगका लागि प्रयोगमा आउने थापाले औल्याउनुभयो ।  

केही वर्षअघिसम्म विदेशी जुत्ताले ओगटेको जुत्ताको नेपाली बजारमा अहिले ६५ प्रतिशत हिस्सा स्वदेशी उद्योगले ढाकेको उद्योगीको दाबी छ । स्वदेशी उत्पादनका जुत्ता–चप्पलको बजार वार्षिक १० प्रतिशतले बढिरहेको एक अध्ययनले देखाएको छ ।

नेपाली जुत्ताको बजार बढाउन र जुत्ता उत्पादक कम्पनीले निकालेको नयाँ नयाँ जुत्ता उपभोक्ता सम्म पु¥याउने उद्देश्यले सुरु भएको चौथो फुटवेयर विग सेल मेला दुई हप्ता सम्म चल्ने आयोजक नेपाली जुत्ता घरले जनाएको छ । मेलामा सय देखि ४ हजार रुपैयाँ सम्मका जुत्ताहरु राखिएका छन् ।

http://ujyaaloonline.com/news/40586/gagan/

Read Full Discussion Thread for this article