Posted by: _____ January 18, 2015
बिदेशी ज्वाईंको सन्तानलाई नागरिकता दिने कि नदिने ?
Login in to Rate this Post:     0       ?        
यो मध्ये युगिन नेपाल होइन. बिबाह गरेको भए बिबाह दर्ता हुन पर्छ, बच्चा  को जन्म दर्ता हुन पर्छ, यो कुनै नगर्ने, समएमा आमाले नागरिकता पनि नबनाउने आनी बच्चा  ठुलो भएपछि नागरिकता चाहियो भनेर मागेपछी  केहि त प्रमाण चाहियो ? कुनै प्रमाण नभई अमेरिका मा पनि कसैले पत्त्यौछ ?
माओबादी आन्दोलन पछि २०५० साल देखि राजनीतिक चेतना खुब बढेको छ , अधिकार मागी रहेछन , त्यो राम्रो कुरा हो तर आफ्नो कर्तब्य छै बिर्सने ?

हड्ताल, काटमार झगडा सबै गर्न सक्ने तर कानुनी प्राबधान पुर्यौन चाही किन अल्छी मान्ने ? एफ एम रेडियो हरु मा तेत्रो प्रचार गरि रहेको हुन्छ, खाली कान्छा ले कान्छी भगायो भन्ने गीत मात्र सुनेर बस्ने ?

जसले कानुनी प्रक्रिया पुर्ययेकोछ तेस्ले  दुखः गरेर पनि नागरिकता पाएको छ ,tehi interview मा एक जना भाई ले आफुले नागरिकता बनाउदा पाएको दुखः भनेर यो भने का छन्

मैले माथि भने जस्तै कति ले त कर्मचारी ले घुस खान को लागि दुखः दिएको जस्तो देखिन्छ , र एक दुइ घटना मा कर्मचारी अन्ध रास्त्रबादी भएको देखिन्छ.
बलात्कार बाट बच्चा जन्मे को रहेछ भने पुलिस को रिपोर्ट चाहिन्छ, वोड़ा समितिको सिफारिस चाहिन्छ,
आमा को नभये आमा को दाई को , आमा को बाउ को नागरिकता होला नि, आमा  को बैनी को होला , तेस्लाई आधार मानेर वोड़ा बाट आमाको नागरिकता को लागि सिफारिस लेरौना सकिन्छ, हो आली समय लाग्छ, दुखः पाइन्छ

अब बच्चा जन्माएपछी त्यो संगै आउने जिम्मेबारी सुरु मै पुरा नगरेपछि दुखः त पाइन्छ.
कानुनी बाटो  हरु प्रसस्त छन् नागरिकता पाउन को लागि,तर आफु लै दुखः पर्यो भनेर कानुन नै परिबर्तन गरि पछि देश लाई नराम्रो हुने किन गर्ने. खुल्ला सिमाना भएको कारण ले तेसरी नागरिकता दिदा कसरि देश लाई आर्थिक भार  बढ्न सक्छ भन्ने म उदाहरण दिन्छु.

भारत मा बिबाह गरेका छोरी का छोरा छोरी ले नागरिकता पाए भने तिनले पहि गएर बुदेश काल भत्ता माग्छन , अहिले त्यो १००० रुपिया प्रति महिना छ , भनौ ३० वर्ष पछि गएर त्यो ५००० रुपिया हुन्छ.

जम्मा १०,००० तेस्ता नेपाली भारतीय संग बिबाह गरेर गएका छोरी का बच्चा हरुले नागरिकता लिएका छन् . ति सबै लाई बुदेस्काल भत्ता बाड्दा प्रति महिना पाच करोड हुन जान्छ , वर्ष को साठी करोड , त्यो पैसा नेपाली ले तिरे को कर बाट दिने हो कि होइन, तेस्तै नेपाली नागरिक भएबापत पाउने सुबिधा दिने कि नदिने जस्तै नेपाली पासपोर्ट आदि, पासपोर्ट दिएपछि उसले नेपाली को नाम मा रोजगारी पाउछ , हाम्रो देश मा ४५% बेरोजगार छन् ( world fact बुक का अनुसार )

त्यो अन्तरबार्ता मा जस जसले नागरिकता पाउन भएको छैन प्रक्रिया पुर्याएमा पाउने जस्तो देखिन्छ, कतिपय आमा को लापरबाही ले नपाएको देखिन्छ. आफ्नो लापरबाही ले गर्दा सन्तान ले पाएको दुखः को लागि देश लाई नै घात हुने गरि कानुन बनौन त भएन नि. आफु समयेमै ध्यान नपुर्याउने अनि तेस्को जिम्मा देशले लिन पर्नी? अमेरिका मा पनि डि भी परेपछि पाएका बच्चा जसको फारम भर्ने बेलामा नाम भरेको हुदैन को लागि भिसा पाउन कति प्रक्रिया पुर्यौन पर्छ, अलिकति मिलेन भने बच्चा ले भिसा पाउदैन.

गल्ति भयो, बच्चा हरुले नागरिकता पाउन पर्छ, सकेनन तेस्को लागि छुट्टै प्रक्रिया गर्ने कि सोजै सबै छोरी का सन्तान ले नागरिकता पाउने कानुन बनाउन दबाब दिने. तेस्सै ले तेस्को पछाडी को लागेको छ भनेर भन्न सकिन्च्छ

हो नेपाल मा जनसंख्या कम अथवा जनसक्ति को कम भएको भए त्यो कानुन बनाए पनि केहि फरक पर्दैन.
दिल्ली मा भन्दा काठमान्डू मा जनघनत्वो ( population density) भएको स्थिति मा सबैलाई नागरिकता दिए के हुन्छ /


फेरी उनीहरु लाई नागरिकता नै नदिने भनेको तो होइन नि ? प्रमाण छैन , प्रक्रिया पुगेन भनेको हो / तेस्को को लाग सबै बिदेशी सँग  बिबाह गरेका नेपाली छोरी का सन्तान ले सिधै नागरिकता पाउन पर्छ भन्ने कानुन बनौन सट्टा

बिदेसी संग सम्बन्ध बिच्छेद भएको, तेस्को अद्लाती प्रमाण सहित.
बलात्कार बाट जन्मेका भए , तेस्को पुलिस रिपोर्ट सहित,
नेपाली बाबु ले छोडेर गएका भए, बाबु पट्टिका नातेदार को वोड़ा प्रमाण सहित. तिनले नमाने मा अदालती आदेश बाट डी एन ए परिक्छ्येण को प्रतिबेदन सहित नागरिकता दिने नियम बनाए हुदैन ?

पहिला को जमाना मा जस्तो सुटुक्क बच्चा पाउने जमाना होइन यो अब आफुले जवानी मा मोज मस्ती गरेर हिड्ने , बच्चा पाए पनि कुनै जिम्मेबारी पुरा नगर्ने भएपछि अहिले छोरा छोरी ले अलिकति दुखः पाउछन. आफ्नो गल्ति को समाधान को लागि देश लाई नै आर्थिक भार पर्ने गरेर कानुन बनाउन खोज्ने.

त्यो समस्या को अर्को समाधान पनि छ,
निजि स्कूल , निजि यूनिभर्सिटी मा पढ्न नेपाली नागरिकता नचाहिने बनाए हुदैन ? आखिर पैसा तिरेर पढ्ने न हो
येसो गर्दा नागरिकता सम्बन्धि फाइल पनि अघि बध्है जान्छ , पढाई पनि पुरा हुन्छ , र उ नेपाल को नागरिक रहेछ भने जागीर खान पाई हाल्छ

अरुपनि उपाए हुन सक्छन तर त्यो विचार नगरिकन एकिताल नागरिकता देउ भनेर मात्र हुन्छ ? तेसो गर्दा उदेस्य ठिक भएपनि मान्छे ले संका गर्छन

१९८५ तिर नेपाली हरु लाई जर्मन मा ९ महिना सम्म बस्न भिसा नचाहिने रेछ , तर तेस्को दुरुपयोग भारती हरुले गर्दा पछि त्यो खारिज भो. कुनै एउटा समस्या को समधान धेरै तरिका बाट गर्न सकिन्छ, खाली एउटा समाधान को लागि मात्र जोड दिदा किन तेस्तो गरेको होला भनेर सोच्ने कि नसोच्ने ?

फेरी भारत मा अबैध बंगलादेशी हरु छन् २० लाख जाति तिनीहरु नेपाल आए हामीले बंगदेशी हुन् बा भारतीय हुन् कसरि छुत्त्यौने ? हिन्दि बोल्ने जति सबै भारतीय हुन सक्दैनां, येदि बिदेशी केटि नेपाली केटा ले बिबाह गरे सजिलै नागरिकता पाउने जस्तै नेपाली केटि ले बिबाह गरेको बिदेशी लाई पनि सजिलै नेपाली नागरिकता दिने भए ति बंगलादेशी ले नेपाली केटि बिबाह गरेर सजिलै नेपाली नागरिकता लिंछान , नेपाली पासपोर्ट बनाउछन र विदेश मा नेपाली ले पाउने सेकुरिटी गार्ड को जागिर खान्छन , घाटा कसलाई हुन्छ, 
अहिले नै कती बाङ्लादेसी  ले नक्कली नेपाली पस्पोर्ट बाट बिदेश मा  रोज्गार गएको थाहा छ कि छैन ,सजिलैइ नागरिकता पाउने प्राब्धान  राखे त्यो  बैधानिक हुन्छ 

तेस्तै उर्दु भाषा बोल्ने सरनार्थी हरु भारत मा छन् तिनी हरुलाई न बंगलादेश ले लिन्छ न पाकिस्तान ले,खुल्ला सिमाना ले गर्दा तिनीहरु सजिलै नेपाल आउन सक्छन , हामीले कसरि छुट्याउने तिनीहरु भारतीय होइनन भनेर ? तिनीहरुले नेपाली केटि बिबाह गरेर , नागरिकता लिएर पासपोर्ट बनाएर नेपाली को रोजगारी छिञ्छन कि छिन्दैनन?
फेरी तिनीहरु अल्कैदा, इसिस मा लागे भने , नेपाली भनेर नेपाल को बद्नाम हुन्छ कि हुदैन ? घाटा कसलाई हुन्छ ?
तेसकारण नेपाली केटा ले बिदेशी केटि संग बिबाह गरेर सजिलै संग पाउने नागरिकता जस्तै नेपालि केटि ले बिदेसी केटा बिबाह गरेर नागरिकता पाउने गर्न हुन्न.

हो नागरिकता नपाएर केहि ले दुखः पाएका छन्, आमा ले बेलै मा बुध्ही पुराएका भए पाउने थियेनन. तर तेस्को समाधान धेरै तरिका ले गर्न सकिन्छ तर एउटा समूह खाली एउटा मात्र समाधान मा किन जोड दीन्छ किन ?



Last edited: 18-Jan-15 12:34 PM
Read Full Discussion Thread for this article