Posted by: shiva_linga January 17, 2015
Fedearlism based on Ethnic-identity?
Login in to Rate this Post:     0       ?        

पश्चिमाहरुले नेपालमा जातीय युद्धको विजारोपण गर्दैछन्: विप्लव
सेतोपाटी संवाददाता काठमाडौं पुस २८ print

395

47

0
Google +
442

Get News Alerts

आईएनजीओले डलरमा खरिद गरी जातीय मुद्दा उचालेको निष्कर्ष
माओवादी नेता नेत्रबिक्रम चन्दले वर्तमान सन्दर्भमा उठेको जातीय संघीयताको मागले देशमा सामाजिक सद्भावमा खलल पुग्ने दावी गर्दै पार्टी कार्यकर्ताहरुलाई उक्त मागको पछि नलाग्न आग्रह गरेका छन्l
दाङ्गको तुलसीपुरमा भएको नेकपा माओवादीको पहिलो राष्ट्रियभेलाको समापन गर्दै चन्दले पश्चिमी देशहरुले पैसा खन्याएर जातीयताको मागलाई उचालेको आरोप पनि लगाएl

वर्गीय मुक्ति भएमात्र जातीय मुक्ति हुने उल्लेख गर्दै चन्दले अहिले संविधानसभाभित्र र बाहिर उठेको संघीयताको मागले जातीय द्वेष फैलिने र देश टुक्रने तर्क गरेl

सेतोपाटीसँग कुरा गर्दै पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले भने 'जनावदविना संघीयताको कुनै अर्थ रहन्न भन्ने पार्टीको आधिकारिक धारणा होl वर्गीय मुक्ति अन्तर्गतमात्र जातीय मुक्ति सम्भव हुन्छl जनवादी व्यवस्थाबिना संघीयताको अर्थ छैन।'

पार्टीका कार्यकर्ताहरुको प्रश्नको जवाफ दिने क्रममा चन्दले पश्चिमाहरुले 'डलर बाँडेर' देशमा जातीय सद्भाव खल्बल्याएको आरोप लगाएका थिएl 'एनजिओ, आइएनजिओमार्फत हरिया नोट बाँडेर जातीय नारा उचालिँदैछl यसको पछाडि तपाईंहरु नदौडिनुस्,' उनले कार्यकर्ताहरुलाई भनेका वाक्य उद्धर्त गर्दै एक कार्यकर्ताले भने 'पश्चिमाहरुले नेपालमा जातीय युद्धको विजारोपण गर्दैछन्l'
नेता चन्दले वर्गीय मुक्तिका लागि लड्ने कम्युनिष्टहरुले जातीय नारा उचाल्नु दुखद् भएको बताएl 'अशोक राइजस्ता जीवनभर कम्युनिष्ट रहेका व्यक्तिहरु समेत डलरवादीहरुको पछि लाग्नुभएको छl यो दुर्भाग्यपूर्ण कुरा हो,' चन्दको भनाई उद्धृत गर्दै उनले भने l

चन्दका अनुसार उनको पार्टीले पहिचानको मुद्दा सम्बोधन गर्ने तर, अहिलेको संघीयताको माग राज्य सत्तामा हालिमुहाली भएको वर्गकै वर्चस्व हुने हुँदा आफू यस्तो संघीयताको बिपक्षमा उभिएको बताएका थिए l उनले अहिलेको संघीयताको 'गुदी नभएको केराको बोक्रा' माथिको लडाईं भएको भन्दै यस्तो संघीयताले जनतालाई मुक्ति दिनुको साटो जातीय द्वेष फैलाउने तर्क गरेl 'पहिले जनवादी सत्ताको लागि पार्टी लड्नुपर्छ, अनि मात्र हुन्छ जातीय मुक्ति,' चन्दले भने l

जातीय संघीयताको माग राख्दै पुष्पकमल दाहाल नेतृत्वको एनेकपा माओवादीले संवैधानिक प्रक्रियाबाट संविधान जारी गर्न नदिने निर्णय लिएको छl क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व आफ्नो हातमा आएको दावी गर्दै चन्द नेतृत्वको माओवादी पार्टीले 'सत्तामा खाईपाई गर्दै आएको बर्गकै हालिमुहाली हुने जातीय संघीयता' देशलाई नचाहिने भन्दै यसको विपक्षमा उभिएको होl जातीय पहिचानभन्दा वर्गीय पहिचान मुख्य हुने बताउँदै चन्दले 'पश्चिमाहरुको षडयन्त्रको पछि नलाग्न' आग्रह गरेl

एनेकपा एमाओवादीबाट फुटे लगत्तै मोहन बैद्य नेतृत्वको नेकपा माओवादी पार्टीले पनि पश्चिमाहरुले नेपालमा जातीय नारा उचालेको र एमाओवादी पार्टी त्यसको शिकार भएको आरोप लगाएको थियोl

Read Full Discussion Thread for this article