Posted by: _____ January 8, 2015
Fedearlism based on Ethnic-identity?
Login in to Rate this Post:     0       ?        
जात जाति को आधार मा संघियेता किन हुदैन? 

नेता हरु र केहि कुरा नबुझे का हरु जति कराए पनि नेपालमा युबा पुस्ता हरु आधुनिकता मा रमाउछन , पुराना संस्कृति खाली रमाइलो गर्न मा मात्र सिमित भै सके.पुरानो संस्कृति समातेर न विकास सम्भब छ न आर्थिक प्रगति. परम्परा त चाड बाड मा मात्र धान्ने हो अरु बेला त बाकी संसार संग मिल्ने हो. अड म्यान आउट हुन्छ परम्परागत संस्कृति पक्ष्ह्याउदा  परम्परागात संस्कृति बाट नै विकास हुन्छ, जातियता बाट राम्रो हुन्छ भन्ने हरु, नगरबधुले आफु अझै पनि कुमारी नै छु भन्ने भ्रम पाले जस्तै हो 

जतियता, परम्परा मान्छु भन्ने हरुले घर मा आफ्ना छोरा छोरी र आफ्नो आफुले  परम्परा मनाउन कति सकिएको छ भनेर सोच्न पर्ने बेला आएको छ. ह्यामबर्गर खाएर योमरी पुन्ही मनाउने पुस्ता तयार भै सकेको छ .तेस्तै स्ट्रिप बार लाई रोधीघर ठान्ने हरु पनि प्रसस्तै छन् 
परम्परा धान्न संघियता चाहिएको होइन, परम्परा लाई सिमित गरेर अगाडी बढ्न नया संस्कृति निर्माण गर्न चाहिएको हो.

तर कुनै धर्म कुनै जात लाई बिशेस अधिकार नदिकन राज्य हरु लाई नामकरण मात्र गर्न भने कुनै आपत्ति गर्न हुदैन जस्तै नाम ताम्सालिंग राखे पनि हुन्छ तर त्यहाँ कुनै धर्म र जातियता को  बिशेष अधिकार हुनु हुदैन 

जसको जहाँ बहुमत छ तेस्लाई त्यहाँ बिशेष अधिकार पाउन पर्छ भन्ने हरु ले के सोच्न पर्छ भने पुरा नेपाल मा एक जाति को बहुमत छ तेसकारण तिनीहरु ले विशेषाधिकार किन नपाउने भन्ने प्रस्न उठ्न सक्छ 
कुनै एउटा जाति ले मात्र बहुमत हुने गरेर राज्य बनाउन पर्छ भन्ने हरु ले यो पनि सोच्न पर्छ कि तपाइको विशेषाधिकार हुने गरेर राज्य बनाउन पर्छ भन्दा अरुले मेरो विशेषाधिकार मात्र हुने गरेर राज्य बनाउन पर्छ भनेर किन नपाउने ?
समानता को लागि समान अवसर पाउने गरि कानुन बनाउने मात्र हो र त्यो अबसर योग्यता पुगेका ले मात्र पाउन पर्छ अयोग्य लाई जबर्जस्ति अवसर दिन पर्छ भन्ने होइन.

राज्य मात्रै होइन धर्म र जात लाई बिशेष अधिकार नदिकन जिल्ला हरुलाई पनि जात जाती का आधार मा नामाकरण गर्न सकिन्छ तेसो गर्दा जुन जाती को जहाँ बहुमत छ उस्ले आफ्नो भुगोल मा आफ्नो पहिचान पाउछ, एसो गर्दा धेरै जात जाती लाई समेट्न सकिन्छ 


संघइयता मा गएपछी अञ्चल को उपदियता सकिन्छ 

संघइयता मा गएपछी  अञ्चल को रुप मा भौगोलिक बिभाजन खरेज हुन पर्छ केन्द्र, राज्य गाउँ बा नगर मात्र प्रसासनिक् निकाय हुन पर्छ जिल्ला भने भौगोलिक इकाइ मात्र रहन सक्छन। एसो गर्दा राजनीति मा खर्छ कम हुन्छ र धेरै राज्य बनाउन सकिन्छ   


भाषा को आधार मा सँघियेता  किन हुदैन ?

भाषा भनेको संचार को माध्यम  मात्र हो. यो माध्यम परिबर्तन भै रहन्छ. मेरो भाषा नभएको  हुनाले मैले अवसर पाइन भन्नु कुनै तर्क होइन. खस भाषा को बिरोध गर्ने हरु आफ्नै भाषा को बिरोध गरि रहेका छन् 
नेपाल मा कुन न कुनै कामकाज को भाषा त chaahinchh नै जो धेरै भन्दा धेरै ले बुझुन , प्रजातन्त्र आएपछि नेपाल मा दुइ भाषा धेरै ले बुझ्थे १.हिन्दि २. नेपाली सरकार ले नेपाली चुन्यॊ बस तेत्ति हो.

हिन्दी सिनेमा र सेरिअल हेरेर हिन्दी बोल्ने, निजी स्कुल मा पढेर अन्ज्रेजी बोल्ने आनी खस भाषा बोल्न गाह्रो भो भन्ने खाली खस भाषा प्रती को रिस मात्र हो। गणतन्त्र आएपछी  कती भाषा को प्रगाती भो ? स्कुल मा पढाएरा मात्र भाषा बलियो हुन्छ प्रयोग नगरे पछी? मारबाडी र धनी छन नेपाल मा , भाषा पनि प्रयोग गर्छन् तर हिन्दी भाषा ले overtake गरेको छ, बन्छ मारबाडि भाषा मा सिनेमा ? टि भि सेरिअल किन भने कस्ले हेर्छ ? नफा नहुने ठाम मा कस्ले लगानी गर्छ ? भाषा को नाम मा मारबाडी हरु ले पैसा गुमाएका छन नेपाल मा ? भाषा लाई कती सम्म माया गर्ने भन्ने बरु मारबाडी बाट सिक्ने कि ?      

कुनै पनि देश मा धेरै भाषा लाई कामकाज को भाषा बनाउन सकिन्छ तर तेस्को लागि धेरै पैसा चाहिन्छ. सरकारी कार्यालय अदालत र अन्य ठाम जहाँ धेरै जनताले काम लिन्छन  ले अधिकारिक दोभासे  अधिकारिक ट्रांस्लेटर राख्न पर्ने हुन्छ, अदालती फैसला हरु पनि धेरै भाषा मा गर्न पर्ने हुन्छ तेस्को लागि धेरै खर्छ हुन्छ जुन नेपाल जस्तो देश मा सम्भब छैन.

अहिलेपनि नेपाल का सबै भाषा लाई सरकार ले सहयोग गर्ने हो भने ३-४ अरब बर्सिक खर्च लाग्छ.सबै भाषा लाई सहयोग गर्ने भन्ने बित्तिकै यहाँ धेरै  भाषाबिद  हरु निक्लन्छन  जसको मुख्य उदेस्य्य भाषा को सेवा गर्नु होइन कि जागिर खानु  हुने छ , सबै भासाको प्रतिस्ठान, भाषा विकास को लागि सहयोग, पत्र पत्रिका प्रकासन को लागि सरकार ले धेरै खर्छ गर्न पर्ने हुन्छ. 

एस्तॊ स्थिति आउछ कि १० हजार ले प्रयोग गर्ने भाषा कोलागि १० करोड खर्च गर्न पर्ने हुन्छ।कती ट्याक्स उठाउन पर्ल तेस्को लागि ?

हो भाषा को सम्रक्ष्य्ण गर्न पर्छ संसार को रित यो होकी जुन उत्पादन को प्रयोग धेरै कम ले गर्छन त्यो उत्पादन धेरै दिन टिकदैन.भाषा नस्ट हुन नदिन को लागि धेरै तरिका छन्.सरकारी काम काज को भाषा बनाएर मात्र हुदैन.कुनै बेला बिकास भएको एउटा माधय्म  को लागि हजारौ बर्ष सम्म झगडा गरेर बस्नु बेकार छ.

फ्रन्स र जर्मन लेआफ्नो भाषा बच्चाउन धेरै कोशीश गरे। तर हिजो आज फ्रन्स र जर्मन मा बिदेसी लाई अकर्सित गर्न युनिभर्सिटी हरु मा अङ्रेजी मा पढाउन थालिएको छ् पहिला पहिला फ्रन्स मा फ्रेन्च र जर्मन मा जर्मन भाषा आनिबार्ये जान्न पर्ने थियो। अमेरिका र ब्रिटेन् मा पैसा तिरेर मान्छे पढ्न जाने तर फ्रान्स्  र जर्मन मा पैसा तिरेर मान्छे एकदम थोरै मात्र औदा उनिहरु को घैत मा बल्ल घाम लाग्यो। नेपाल मा मान्छे हरु आफ्नो भाषा र संस्क्रिति सँग आब्सेक्ता  भन्दा बढी सेन्टिमेन्टल छन। जब मान्छे लजिक छाडेर सेन्टिमेन्टेल बन्छन सम्स्ये आउछ   



धर्म निरीपेक्ष्यएता  किन? 

हुन त नेपाल महिन्दु हरु को बहुमत छ तर पनि नेपाललाई धर्म निरिपेक्ष्य  राज्य घोसणा गरिनु पर्छ .कतिपए हिन्दु हरु ले यो हिन्दु धर्म को बिरुध्हा छ भन्छन  भने अरु धर्म मान्ने ले नेपाल लाई धर्म निरिपेक्ष्य राज्य घोसणा गरेर हिन्दु लाइ लाई खुचिङ्ग भन्न चाहन्छन  वास्तवमा  दुवै को सोचाई ठिक छैन. नेपाल लाई धर्म निरिपेक्ष्य राज्य घोसणा गर्दा राज्य लाई कुनै आर्थिक भार  पर्दैन र अरु धर्म मान्ने हरु लाई पनि मानसिक रुप  मा केहि राहत पुगे जस्तो हुन्छ. तेही कारण ले मात्र नेपाली लाई धर्म निरिपेक्ष्य हुनु पर्छ भनेको. नत्र धर्म भनेको पुरनो  कानुन हो, समाज बेबास्थित बनाउन मान्छे ले बनाएका कानुन तेस्मा धेरै विचारक हरुले आफ्ना विचार हरु थपेका छन्. अहिलेको धर्म भनेको मानब अधिकार , र आफु जुन देश मा बसेको हो तेही देश को कानुन हो तेसकारण आधुनिक युग को कानुन मान्न छोडेर आफु लाई आउट अफ डेट कानुन द्वारा परिचय गराउन  जरुरत छैन 

धर्म परिबर्तन गर्न दिने कि नदिने 

यदि तपाई आफ्नी एक जना साथी लाई सहन (tolerate ) गर्न सक्नु हुन्न भने उसलाई के गर्नु हुन्छ ? कि उ संग सम्बन्ध तोड्नु हुन्छ कि उसलाई परिबर्तन गर्न हुन्छ. 

यदि तपाई आफ्नो साथि लाइ tolerate गर्न हुन्छ भने उ संग सम्बन्ध राखी रहन हुन्छ. अब यहाँ यो प्रस्न आउछ कि तपाइको धर्म अरु धर्म लाई tolerate गर्छ कि गर्दैन ? यदि तपाई को धर्म अरु धर्म लाई tolerate गर्न सक्दैन भने उसलाई अनेक प्रकार ले धर्म परिबर्तन गर्न उक्सौन हुन्छ .

तपाइको धर्म मा tolerance छ कि छैन ? tolerance छ भने अरु को धर्म किन परिबर्तन गर्न पर्यो ?
धर्म बिना संसार मज्जा ले चल्न सक्छ.जुन चिज को खास उपयोग छैन तेही चिज आफ्नो अनुसार पर्बर्तन गर्न चाहनु भनेको गलत हो तेसकारण धर्म परिबर्तन निरुस्तहित गर्न पर्छ.अरु लाई आफ्नो धर्म मा परिबर्तन गर्न चाहने रोग बाट मुक्त हुनुहोस र धर्म लाई tolerate गर्न सिक्न होस्.यदि तपाई को धर्म ले  tolerance सिकाउदैन भने त्यो धर्म तेसै पानि बकबास हो। यो धर्म माने स्वर्ग पुगिन्छ भन्ने कुरा गजडी गफ मात्र हो 


कति वोटा राज्य चाहिन्छ ?
देश धनि छ भने जति वोटा राज्य बनाएपनि फरक पर्दैन.गरिब देश मा धेरै राज्य बनाउदा राजनीति ले राज्य को पैसा सिध्हेउने हुन्छ. प्रतेक राज्य मा मुख्ये  मन्त्रि, मन्त्रि , तिनीहरु को सुरक्च्या, सचिब, सभासद लाई कति खर्च गर्नी? कहाँ बाट आउछ त्यो पैसा ? कसले कर तिर्छ तेस्को लागि ?

तर राजनीति मा एकदम कम खर्च गर्न तयार हुने हो भने पहिलो संबिधान सभा मा छलफल भएको १४ वोटा राज्य बनाए पनि हुन्छ, प्रेतेक राज्य मा २५ सभासद तेस्बाट ५ जान मात्र मन्त्रि तेती गर्दा पनि केन्द्र र राज्यमा गरेर ७०० जति सभासद पुग्छन खर्च धेरै हुन्छ तर तेस्कोलागी जिल्ला सभासद को पद खारिज गर्ने गाउ बा नगर अनी सिधै  राज्य गर्ने हो भने खर्छ घटाउन सकिन्छ 

सभासद को भत्ता पनि कम गर्न सकिन्छ तर कम पैसा मा राजनीति गर्न सभासद तयार छन् ? गरिब देश का सभासद लाई धेरै पैसा किन चाहियो ? जनता को जस्तो जिबन स्तर छ तेही जिबन स्तर मा राजनीति गर्ने बसे हुन्न ? तेसो भए राज्य को खर्छ घट्छ र १४ वोटै  राज्य बनाए पनि केहि फरक पर्दैन . १४ वोटा राज्य बनाए एउटा साखा अधिकृत ले पाउने  मासिक  तलब  जत्ती  मात्र दिने भत्ता सभासद लाई , लोकल भए पछि घर भाडा पनि नदिने, यातायात खर्च पनि नदिने लोकल सभासद लाई तेसो भए खर्च घत्छ 
तर तेस्तो स्थिति मा राजनीति गर्न तयार छ कोहि ? गरिब जनता का जन प्रतिनिधि हरु लाई किन टन्न भत्ता चाहियो ?

एक मधेस एक प्रदेश किन हुँदैन 


मधेस नेपाल को सबै भन्दा रुढिबादी ईलाका हो, त्यहा भिभिन्न संस्क्रिति रहन सहन् भएका मन्छे बस्छन। सिङो मधेस एक प्रदेश ब्नाउने हो भने 
सिङो नेपाल एक प्रदेश बनाये पनि हुन्छ। सन्स्कृतिक strategic आधार मा प्रदेश बनाउने हो भने मधेस मा थारुहट, मिथिला, मधेश, र अर्को एक प्रदेश बनाउदा राम्रो देखिन्छ। एसो गर्दा धेरै भन्दा धेरै जनता को राज्ये सँग सम्बन्ध जोडीन्छ र पहिचान  लाई पनि सम्बोधन गर्न सकिन्छ 

    












Read Full Discussion Thread for this article