Posted by: Ritto Haat December 30, 2014
"म पनि अब नेता बन्दै छु l"
Login in to Rate this Post:     0       ?        

मेरा साथीहरु, मैले केहि ढाँटे भनें,
लेन -देनमा भाका काटें भनें,
गाली होइन मलाई तालि दिनु,
किनकि म नेता बन्दै छु l

भिड-भाडमा, सडक बस्तिहरुमा,
मेरो आवाज सुन्नु भयो भनें,
४ / ५ जनाको झुण्ड हरुमा,
गाली होइन मलाई खानाको थाली दिनु,
किनकि म नेता बन्दै छु l

न त कसैलाई ज्यु -ज्यु गर्नु पर्ने,
न त कसैलाई हजुर भन्नु पर्ने,
केवल झुठा आश्वाशनका कुरा बोल्दिये हुने,
गुन्डा हरुको दुइ -चार ग्यांग खोल्दिये हुनेl

आहा !! क्या मिठो बिना परिश्रमको शिकार,
नेपाल भित्र फस्टाउँदो छ यो करियर l
त्यसैले साथीहरु दिल खोलेर भन्दै छु,
म पनि अब नेता बन्दै छु !
********************************************
~~~~~~मेरो साथीको फेसबुक बाट l
धन्यबाद !!!!!
Read Full Discussion Thread for this article