Posted by: mahoday December 23, 2014
अमेरिकामा नेपाली बिच महाभारत
Login in to Rate this Post:     0       ?        
बिशेष समाचार

पौष ८ ,वाशिंगटन डिसी
विजय थापा

अमेरिकाको दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए ) को निर्वाचन दुई पक्ष बीच सदस्यताको बिषयमा चरम विवाद भए पछि अन्तिम कार्यकारी समितिले आज बिहान पौष ८ गते म्यारिल्याण्ड अदालतमा पौष ९ गते हुने भनिएको चुनाब बन्द गर्न आकस्मिक प्रारम्भिक निषेधाज्ञा तथा ज्ञापन पत्र दर्ता गरेको छ l

१९८३ मा स्थापना भएको संस्थामा आजीवन सदस्य मात्रले मतदान दिन र उम्मेदवार बन्न पाउने भन्ने एक पक्षीय निर्णयको बिरुद्धको साथै यसका सम्पूर्ण सदस्यहरुको हक र अधिकारको लागि अन्तिम कार्यकारी समिति अन्तिम अवस्था सम्म लड्ने संस्थाका अन्तरिम अध्क्षय छेवांग शेर्पालामाले बताए l

एएनएका वकिल जुलिएन स्पाईररका कानुनी सहायक फ्र्यांक राईले ले भने आज डिसेम्बर २३ तारिख कानुनी रुपमा प्रक्रिया बढाएका छौ l र, हाल अमेरिकामा चाड पर्व भएकोले सुनुवाई हुने समय अदालतले तोक्ने छ भन्दै भोलि डिसेम्बर २४ मा हुने भनिएको निर्वाचनलाई हामी नियन्त्रण गर्न सक्दैनौ l

तर बादीका वकिल र संरक्षक (ट्रस्टी) लाई पत्राचार गरि सकिएको बताउदै मुद्धा दर्ता क्रम संख्या ११-१७७३५ रहेको बताए l

र ,बिदेशी माटोमा नेपाली बीच कुर्सिको लागी भएको विवादमा सहमति र समझदारी नहुदा महाभारतमा परिणत भएको छ l

चुनाब सम्बन्धि म्यारिल्याण्ड अदालतबाट नियुक्त भएका एएनएका संरक्षक (ट्रस्टी) डेनिएल ए लाप्लासाले १ सय ४१ जना आजीवन सदस्यको मात्र मतदाता सूची प्रकाशित गरे पछि विवाद चुलिएको हो l

गत सेप्टेम्बर ७ तारिखमा यिनै संरक्षकले साधारण सदस्य तर्फ ५ सय ६१ तथा आजीवन सदस्य तर्फ १ सय ४१ जनाको नामावली प्रकाशित गरेका थिए l र ,गत डिसेम्बर १७ तारिखमा आजीवन सदस्य तर्फ १ सय ४० र केवल ९ जना साधारण सदस्यको मात्र सुची निकालिएको थियो l

उनले सदस्यता प्रमाणीकरण गर्नु पर्ने ,बहीखातामा अभिलेख हुनु पर्ने तथा सपथ पत्र भरे पछि मात्र मतदान दिन पाउने जानकारी गराए पछि एएनए को इतिहासमा यस्तो प्रणाली कहिले नभएको भन्दै साधारण सदस्यहरुले अन्तरिम कार्यकारी समितिलाई निरन्तर दवाब सिर्जना गरेका थिए l

एएनए सम्मेलन मार्फत बर्षौ देखि बिभिन्न पेसाका हजारौ सहभागीहरुले आफ्नो मतदाता सुचिमा नाम नपाए पछि व्यापक बिरोध गरेका थिए l

अन्तरिम कार्यकारी समितिले २०११ र २०१४ मा निर्वाचन गर्ने मिति र तिथि तोके पनि अर्को पक्षले अदालतमा मुद्धा दायर गरे पछि निर्वाचन स्थगित हुन् पुगेको थियो l

र ,अन्तरिम समितिले यो निर्वाचन अप्रजातान्त्रिक र पक्षपात पूर्ण छ भन्दै एएनएका साधारण सदस्य तथा खेलाडीहरुलाई अन्याय पर्ने हुनाले मुद्धा दायर गर्न बाध्य भएको बुझिएको छ l

२०११ मा पनि आजीवन सदस्य र साधारण सदस्यताको बिषयलाई लिएर झगडा चरम चुलीमा पुगेको थियो भने उक्त चुनाबको लागि ५ हजार सदस्य भएका थिए भने ५० जना उम्मेदवारहरु मैदानमा उत्रेका थिए l

स्थापना काल देखि अधिकांश चुनाव सर्बसम्मतीबाट हुने गरेको तर सदस्यता वृद्धि संगै सर्बसम्मत हुन् नसक्ने वातावरण भए पछि केवल सदस्यको मुद्धाको सेरोफेरोमा दुई पक्ष चार बर्ष देखि बिबादको भुमरीमा अल्झी रहेका छन् l

अन्तरिम समितिका उपाधक्ष्य पासांग लामाले भने अमेरिकामा अदालती काम सुस्त हुने र अमेरिका जस्तो व्यस्त जीवन भएको देशमा यो मुद्धा दश बर्षे जनयुद्ध जस्तै चल्ने हो कि भनि आफु चिन्तित रहेको बताए l ३२ बर्ष बिताई सकेको संस्थामा केवल आजीवन सदस्य मात्र आधिकारिक सदस्य हुन् भनि दिएको तर्क प्रजातन्त्रको उपहास गरेको बताउदै यो ठुलो षडयन्त्र हो भने l

यसै गरि ,अन्तरिम अध्क्षय छेवांग शेर्पालामाले भने आजीवन सदस्य मात्र संस्थाका सदस्य हुन् भनि अलोकतांत्रिक परिपाटी जबर्जस्त लादिने कोसिस गरिन्छ भने म्यारिल्याण्ड अदालतमा मात्र नभई सर्बोच्च अदालत सम्म पुग्ने चेतावनी दिएका छन् l र ,आजीवन सदस्यको पैसा र उनीहरुको अभिलेख कहाँ छ भन्दै सवाल गरेका छन् l र ,आफु आजीवन सदस्य नभएको तर मेरो नाम आजीवन सदस्यमा राखिएकोले त्यो पनि ठुलो षड्यन्त्र भएको बताए l

आजीवन र साधारण सदस्यमा किन विभेद ? यदि यसो हो भने अमेरिकामा जन्मेको मानिसलाई नागरिकता हेर्नु नपर्ने तर २-४ बर्ष देखि नागरिक भएको मानिसलाई नागरिक हेर्नु पर्ने भन्दै यो कहाँ को न्याय हो भन्दै अध्क्षय शेर्पालामाले रोष प्रकट गरे l

अन्तरिम अध्क्षय छेवांग शेर्पालामाले एएनए सबैको साझा फुलबारी हो भन्दै अन्तरिम समिति निकासको लागि ढोका जहिले पनि खुला राख्ने बताए l

नेपाल बाहिर नेपालीहरुको विवाद मिलाउन अमेरिकी अदालतको पहलमा निर्वाचन गराउन लागेको नेपाली समुदायको ईतिहासमा यो पहिलो घटना हुन् पुगेको छ l
Read Full Discussion Thread for this article