Posted by: cybernepali December 23, 2014
अमेरिकाबाट दुईमहिनामा २४ नेपालीलाई अमेरिकाबाट देश निकाला
Login in to Rate this Post:     0       ?        

खसोखास / न्युयोर्क

           अमेरिकाको इमिग्रेशन अदालतले यो दुईमहिनामा २४ नेपालीहरुलाई अमेरिकाबाट देश निकाला गर्ने फैसला गरेको छ । एक्जुक्युटिफ अफिस अफ इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार अमेरिकाका ७ वटा राज्यमा रहेका ८ वटा इमिग्रेशन अदालतले अक्टोबर र नोभेम्बर महिनामा २४ जना नेपालीहरुलाई अमेरिकाबाट देश निकाला गर्ने फैसला गरेका हुन् । देश निकालामा परेकामध्ये एकजनालाई जघन्य अपराधमा संलग्न भएर सजाय भोगेपछि देश निकालाको फैसला गरिएको हो भने अरु २३ जनालाई इमिग्रेशन सम्बन्धि मुद्दामा देश निकालाको फैसला गरिएको हो । 
         न्युयोर्कको न्युयोर्क सिटीमा रहेको इमिगे्रशन अदालतले १० जना , क्यालिफोर्निको लस एन्जलसमा रहेको इमिग्रेशन अदालतले ५ जना , क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा रहेको अदालतले २ जना , मेरिल्याण्डको इमिग्रेशन अदालतले ३ जना र मासाचुसेट्स, कोलोराडो, टेक्सास , भर्जिनियामा रहेका अदालतले एकएकजना नेपालीलाई अमेरिकाबाट देश निकाला गर्ने फैसला गरेको हो । 
         अमेरिकी राष्ट्रपति बराक ओबामाले विशेषाधिकार प्रयोग गर्दै देश निकाला कम गर्ने आदेश जारी गरिरहकै बखत गत आर्थिक वर्षको तुलनामा यो दुईमहिनामा ४ प्रतिशत भन्दा धेरैलाई देश निकालाको फैसला गरिएको छ । देश निकालाको आदेशका पक्षमा फैसला गर्नेमा सबैभन्दा अगाडि नर्थ क्यारोलिनाको अदालत छ भने त्यसपछि टेक्सासको अदालत रहेको छ । त्यस्तै फ्लोरिडा, एरिजोना, क्यालिफोर्निया र ओरेगनका अदालत पनि देश निकालाको फैसला गर्नेमा अग्रपंक्तिमा छन् । 

        यसअगाडि खसोखास साप्ताहिकले अमेरिकाको इमिग्रेशन अदालतमा नेपालीहरुलाई देश निकालाका लागि अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले दायर गरेका मुद्दाको तथ्यांक प्रस्तुत गरेको थियो । होमल्याण्ड सेक्युरिटीले देश निकालाका मुद्दा दायर गरेपनि सबै केसमा अदालतले देश निकालाको फैसला भने गर्दैन । 


http://khasokhas.com/news/641

Read Full Discussion Thread for this article