Posted by: cybernepali December 22, 2014
सञ्चारमन्त्री डा. रिजाल दिउँसै डान्सबारमा मस्त
Login in to Rate this Post:     0       ?        

मुलुकमा संविधान निर्माणको चटारो परिरहेका बेला सूचना तथा सञ्चारमन्त्री डा। मीनेन्द्र रिजाल भने दिउँसै युवतीहरुसँग रोधी क्लबमा डान्स गरिरहेको भेटियो । बुधबार अपरान्ह ११ बजेदेखि १ बजेसम्म मन्त्री रिजाललाई जुनेली रोधी क्लबमा युवतीसँग डान्समा मस्ती गर्दै गरिएको भेटिएको हो ।




दरबारमार्गको हर्टबे्रटसँगै रहेको जुनेली रोधी क्लबले दोस्रो वर्ष पुगेको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सहभागी हुन मन्त्री रिजाल पुगेका थिए । वार्षिक उत्सवको औपचारिक कार्यक्रम सकिएपछि मन्त्री रिजाल युवतीसँग मस्त डान्स गरेर दिउँसो १ बजे बाहिरिएका थिए । उक्त कार्यक्रममा केही पत्रकारहरु पनि सहभागी थिए । मन्त्री रिजालले युवतीसँग डान्स गरेर दृश्य मोबाइलमा कैद गरेका छन् । उक्त भिडियोको फुटेज युटुयुबमा राखिने बताइएको छ ।

Last edited: 22-Dec-14 10:59 AM
Read Full Discussion Thread for this article