Posted by: _____ December 17, 2014
अमेरिकन चन्द्रमाको आदिबासी भएको अमेरिका द्वरा दाबी
Login in to Rate this Post:     0       ?        

येसै बिच यस्तो असजिलो परिस्थितीमा चाइनाको भूमिका के हुने र कस्तो निती अपनाउने भन्ने बारे चाइनाको कमुनिस्ट्  पार्टीको आपत्कालिन  बैठक बसिरहेको छ।

उक्त बैठकमा चाइनिज राष्ट्रपतीले चन्द्रमा, अन्तरिछ्य, स्वर्ग, नर्कको आदिबासी को भन्ने अनाबस्यक प्रश्नमा अल्मलिनु  सट्टा निर्वाणको बाटो लीन पर्ने बतायेका छन। नेपालमा जन्मेको बुद्धको उपदेशको पालन गर्दै चाइनाले मानब जातिको निर्वाणको बाटो रोज्न पर्ने भनेका छन। नेपालले हाल सम्म बुद्धका उपदेशहरु को पेटेन्ट गरी नसकेको हुँदा चाइनाले नेपाल लाई बुद्धका  उपदेश पेटेन्ट गर्न अर्थिक र प्राबिधिक सहयोग गर्ने गरी एक बिशेष दुत नेपालमा तुरुन्तै पठाउने भएको छ.

पत्रपत्रीकामा एस्तो छपिये पछी नेपालमा राजनीतिक दल हरुमा तिब्र धुर्बिकरण भएको छ। बाइस दलको  गठबन्धनका  प्रबक्ता "बाइसे" ले भारत  सँग नेपालको परम्परागत  सम्बन्ध रहेको हुनाले भारतको फ्री मा स्वर्ग जान पाउने प्रस्ताब स्विकार्न पर्ने भनेका छन भने चैबिस दलको गठबन्धनका  प्रबक्ता "चौबिसे" ले भने बिदेसी भुमीमा आधारित स्वर्ग नर्क भन्दा नेपाली बुद्धले प्रतिपदित गरेको निर्बाणनै बढी  राष्ट्रबादी  हुने भएकोले चाइनाको प्रस्ताब  मान्न पर्ने भनेका छन।

कुन प्रस्ताब मान्ने भन्ने सहमतिको लागि धेरै मिटिङ बसेता पनि बाइसे र चौबिसे बिच कुनै सहमति  हुन नसकेको बरु बाइसे र चौबिसेले एक अर्का लाई समाप्त पार्न सशस्त्र आन्दोलन सुरु गर्ने घोषणा गरेका  छन.

जापानले भने बाइसे र चौबिसे हरु एक अर्काको बिरुध्ह को ससश्त्र आन्दोलनमा समाप्त हुने सम्भाबना रहेको भन्दै संयुक्त राष्ट्र संघमा नेपाली लाई एक सम्रक्षित जाती घोषणा गर्न प्रस्ताब् पेस गरेको छ         


The end

             

Read Full Discussion Thread for this article