Posted by: _____ December 16, 2014
अमेरिकन चन्द्रमाको आदिबासी भएको अमेरिका द्वरा दाबी
Login in to Rate this Post:     0       ?        

रुसी राष्ट्रपतीले अमेरिका द्वारा चन्द्रमा मा आदिबासि हक दाबी गरेर शितयुध्ह निम्त्याको आरोप लगाएका छन।

नेपाली बाट प्रेरणा पाएको रे नि भनेर प्रश्न गर्दा, बुद्ध पनि नेपालमै जन्मेका थिए, नेपाली बुद्ध बाट प्रेरणा लिनु को सट्टा झगडालु नेपाली हरु बाट प्रेरणा लिएकोले अमेरिका पनि केही बर्ष पछी नेपाल जस्तै हुने रुसी राष्ट्रपतीले दाबी गर्न भयो.

येसै बिच रुसी संसद डुमाले अन्तरिक्षमा रसिएन पहिल पुगेको हुनाले रसिएन हरु लाई  अन्तरिक्षको आदिबासी  मान्ने प्रस्ताब पारीत गरेको छ। राष्ट्रपतीले आफुकहा आउने बित्तिकै उक्त प्रस्ताबमा सहि गरेर अन्तरिक्षमा रुसको आदिबासी अधिकार काएम गर्ने बताउन भएको छ.

रुसको यस्तो दाबीले यो बिबादमा नाटकीए मोड थपेको छ। रुसी संसद डुमाले चन्द्रमा अमेरिकाको आदिबासि अधिकार स्थापित भएपनी अन्तरिक्ष भएर अमेरिका लाई चन्द्रमा मा जान नदिने भनेको छ। अमेरिका जुन बाटो प्रयोग गरेर चन्द्रमा जान्छ जावोस तर चन्द्रमा मा जान अन्तरिक्षको प्रयोग गर्न नदिने भनेको छ। रुसी संसदमा पारीत  भएको प्रस्ताब् अनुसार अब देखी अन्तरिक्ष रुस र यस्का मित्र देसको प्रयोग को लागि मात्र खुल्ला रहने छ्.

यसै बिच रुसले क्रिस्मसको बेला शान्ता क्लाउस प्रयोग नगर्न अमेरिका लाई भनेको छ, नर्थ पोल रुसको भएको र शान्ता क्लाउस नर्थ पोलको बसिन्दा भएकोले रसिअन  नागरिक भएको पनि रुसले जनाएको छ। रसिअन  नागरिक नभै क्रिस्मस  मनाउन नसक्ने हरुले चन्द्रमाको आदिबासी भएको दाबि गर्नु हास्यास्पद भएको पनि रुस ले जनाएको छ्  

दुइ ठुला महाशक्ती चन्द्रमा र अन्तरिक्ष को आदिबासि भएको  दाबा गर्दै शितयुध्ह सुरु गरेकोले यस्तो स्थितीमा भारतको भूमिका के हुने भनेर "र" को बैठक डाकेको भन्ने भारतीय मिडिआले जनाएका छन। "र" ले चाँही हिन्दू धर्म सबै भन्दा पुरानो धर्म भएको र "स्वर्ग" र "नर्क " को धारणा हिन्दू धर्म बाट अरु  धर्मले सापट लिएको हुनाले भारतीयहरु लाई  स्वर्ग र नर्कको आदिबासि घोषणा गर्नु पर्ने सुझाब दिएको बताइयेको छ.

भारतीय प्रधानमन्त्रीले पनि "र' को सुझाब मान्दै भारतीय संसद बाट भारतीय हरु स्वर्ग र नर्कको आदिबासि भएको र अब देखी भारतीय बाहेक अन्ये देशकाले स्वर्ग र नर्क जान परे भारत बाट आनिबार्ये भिसा लिन पर्ने निएम पारीत गराउन हुने भएको छ.

तर उक्त प्रस्ताब् बारे भारतीय संसदमा नेपाली मुलका संसद बाट केही प्रस्नं राखिने पनि भारतीय मिडियाले जनाएका छन। नेपाली लाई स्वर्ग र नर्कमा जान भारतीय भिसा लिन पर्ने कि नपर्ने भन्ने प्रश्न ति संसदले उठाउने भएका छन। भारतीय प्रधानमन्त्री नेपाली लाई बिना भिसा स्वर्ग र नर्क जाने दिने पक्षमा भयता पनि "र" भने मौका को फाईदा उठाउने पक्षमा भएको आजको कान्तिपुरमा छापिएको छ।

कान्तिपुरका अनुसार "र" को सुझाब मान्दै भारतीये प्रधानमन्त्रीले एउटा बिशेष दुत नेपाल पठाएका छन। ति बिशेष दुतले भारतले नेपाली लाई बिना भिसा स्वर्ग र नर्क जहाँ जान चाहे पनि बिना भिसा जान दिने तर तेस्को बदलामा नेपालले पनी भारत लाई केही सहयोग गर्न पर्ने भन्ने प्रस्ताब् राख्ने छन। नेपाल स्थित भारतबिदका अनुसार भारतको प्रस्ताब्मा नेपालले भारत लाई सबै नदिनाला बाट बिना झंझट बिजुली निकल्न दिने भन्ने छ.

बिभिन्न दल हरु सँग यस बारे प्रतिकृया माग्न जादा बिना भिसा  स्वर्ग जान पाइने भएपछी नदिनाला  "बाल" मतलब भनेर जबाफ दिएको थाहा भयेको छ.

नेपाल प्रहरी लाई अग्यात श्रोत बाट प्राप्त सुचनामा चाँही भन्न बेला स्वर्ग पनि बिना भिसा जान पाईन्छ भनेर नेपाल लाई फकाउने तर पठाउने  बेला नर्कमा मात्र पठाउने भन्ने "र" को  ग्र्यान्ड ड्जाइन रहेको छ्

भिसा नलिकन स्वर्ग वा नर्क जाने अन्य यान लाई भने भारतले भर्खरै बनाउन थालेको अग्नी मिसाइल हानेर झार्ने  पनि भारतीय बिदेस मन्त्रलयको प्रबक्ताले खुलस्त गरे. 

Read Full Discussion Thread for this article