Posted by: _____ December 15, 2014
अमेरिकन चन्द्रमाको आदिबासी भएको अमेरिका द्वरा दाबी
Login in to Rate this Post:     1       ?         Liked by

अमेरिकन चन्द्रमाको आदिबासी भएको अमेरिका द्वरा दाबी 

अमेरिकि संसद ले बहुमत द्वारा एक प्रस्ताब् पारीत गरी आफु हरु चन्द्रमा को आदिबासि भएको दाबी गरेको छ। उक्त प्रस्ताब् मा के पनि भनिएको छ भने अब जुन देश को मान्छे चन्द्रमा मा गएपनी इमिग्रेन्ट मात्र हुने र तिनिहरुले अमेरिकि भिसा  लिन पर्ने भनिएको छ। अमेरिकि  सरकारले सयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा एक पत्र  पठाइ सुरक्षा परिषदमा तेसै प्रकार को प्रस्ताब् पारीत गर्न पनि भनेको छ्। अमेरिकि सरकारले पठएको पत्र मा के पनि भनिएको छ यदि सुरक्षा परिषदले त्यस्तो प्रस्ताब् पारीत गरेन भने संयुक्त राष्ट्र संघको आगामी वार्षिक  बजेट मा अमेरिकाले दिने अनुदान मा ५०% कटौती गरिने छ्

अमेरिकन  लाई चन्द्रमा को आदिबासी  मान्ने पर्ने दुइटा प्रमुख कारण दिएको छ

आदिवासी जनजातिको सम्बन्धमा सन् १९८९ मा भएको पहिलो अन्तर्राष्टिय सन्धी आइ एल ओ १६९ को धारा १ को उपधारा १ र २ का अनुसार आदिवासी जनजातिको परिभाषा यस्तो छ .

अरु समुहहरुले त्यस ठाउँमा अतिक्रमण गर्नुभन्दा वा वर्तमान राज्यको सिमा बन्नुभन्दा पहिलेदेखि बसोवास गरिरहेका समुदाय आदिवासी हुन् । जो, आफ्नै सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक संस्थाहरुद्धारा परिचालित छ्न् ।

सयुक्त राष्ट्रसंघको निम्न प्रतिबेदन अनुसार पनि आफु हरु चन्द्रमाको आदिबासी भएको दाबी गरिएको छ्

सारमा आदिवासी ती हुन्, जसको ऐतिहासिक निरन्तरताको कडी छ जो अतिक्रमण पूर्व वा उपनिवेश हुनु पूर्व त्यो क्षेत्र वा भूमिको विकास भएको थियो र आज जसले आफूलाई भिन्न समुदायको रुपमा दावा गर्छ र जो आफ्नै साँस्कृतिक, सामाजिक एवं कानूनी प्रक्रियाद्धारा चलेका छन् ।

अमेरिकिहरु साठिको दसक मै चन्द्रमा मा पुगे पनि हाल मात्र किन यस्तो दाबी गरिएको? भन्ने सि एन एन को प्रश्न मा अमेरिकि राष्ट्रपतीले भने

साठिको दसक र हाल को अवस्थामा निकै परिवर्तन अाइसकेको, साठिको दसक तिर को आदीबासी भन्ने नछुत्टियेको, अमेरिका बाहेक अरु देश चन्द्रमा मा पुग्ने नसकेको तर अहिले  संयुक्त राष्ट्रसंघ र आइ एल ओ ले आदीबासी  कस्लाई भन्ने भनेर छुट्याइ सकेको र संसार भर आदिबासिको अधिकार सुनिस्चित गर्न आन्दोलन चलिरहेको, चाइना पनि केही बर्षमा चन्द्रमा मा पुग्ने हुनाले चन्द्रमा मा अमेरिकि अधिकार स्थापित गर्न यसो गर्न परेको  र चन्द्रमाको आदिबासि भएको नाताले एस्तो गर्न परेको भने. 

चाइना चन्द्रमा मा गये अमेरिकाले के गर्छ?  सि एन एन कै अर्को प्रस्नं मा अमेरिकि राष्ट्रपतीले भने चाइना लाई अमेरिकाको अनुमती नलीइ चन्द्रमा मा  जाने अधिकार छैन। अमेरिकाको अनुमति बिना चाइनिज त्यहा गयेमा तेस्लाई अमेरिकि सुरक्षामा आक्रमण भएको ठान्ने पनि उन्ले बताय। साथै हाल अमेरिका सँग अंतरिक्छ्यमा पुग्न सक्ने मिसाइल भ्एको र अनुमती बिना चाइनिजहरु चन्द्रमा जान खोजे मिसाइल प्रयोग गरि चाइनिज यान नस्ट गरिने पनि राष्ट्रपतीले भने .  

यस्तो कार्येको प्रेरणा चाँही कहाँ बाट प्राप्त भयो? भन्ने प्रस्नंको जबाफमा अमेरिकि राष्ट्रपतीले भन्न भयो.

नेपाली इमिग्रेन्ट बाट अमेरिकि प्रशासनले यस्तो प्रेरणा पाएको भनी नेपाली इमिग्रेन्ट हरुको मुक्तकन्ठले प्रसन्सा  गर्न भयो। आफु इमिग्रेन्ट भये पनी इमिग्रेन्ट दिबस मनाउनु को सट्टा आदिबासी दिबस मनाएर चन्द्रमा मा अमेरिकाको आदिबासि अधिकार स्थापित गर्न घक्घचएको भनेर नेपाली इमिग्रेन्ट हरुको तरिफ गर्नभयो  अमेरिकामा रहेका सयोउँ नेपाली इमिग्रेन्ट संगठन हरुले आदिबासि दिबस मनाएको देखेर अमेरिकि आदिबासि रेड ईण्डियन हरु पनि नेपाली इमिग्रेन्ट हरु प्रती निकै भाबुक भएको पनि अमेरिकि राष्ट्रपतीले भने.

अमेरिकन आदिबासी हरुले एक बिग्याप्ति निकाल्दै भनेका छन यूरोप बाट आएका हरुले  आफ्नै दिवस मनाउने गरेको, भारत बाट आयेका हरुले आफ्नो दिवस मनाउने गरेको तर नेपाल बाट आयेका धेरैले  आदिबासी दिवस मनाएको  हुनाले उनिहरु लाई ह्रिदये देखी नै धन्यवाद  दिएको भनेका छन            

येसै बिच अमेरिकाको रेड ईण्डियन हरुको सबै भन्दा ठुलो ट्राइब चिरोकीले आफु इमिग्रेन्ट भये पनि आदिबासि दिबस मनाएर नेपाली संगठन हरुले अमेरिकि आदिबासी हरुको सम्मान गरेकोमा धन्यवाद ब्यक्त गरेक छन। उन्ले बढी भन्दा बढी नेपाली अमेरिकामा इमिग्रेसन दिन पनि एक बक्तब्य मार्फत अमेरिकि सरकार लाई अनुरोध गरेका छन.

तर अमेरिकि आदिबसी हरु को अर्को ट्राइब  अपाचेले भने नेपाली संगठन हरुले  आदिबासी दिबस मनाएको घटना लाई भने सन्कास्पद भनेको छ। आदिबासि  अपाचे का चिफले भने अहिले आदिबासि दिबस मनाएर कालन्तरमा आफु लाई अमेरिका को आदिबासी भनेर दाबा गर्ने शड्एन्त्र हुने सक्ने बताये उन्का अनुसार इमिग्रेन्ट हरुको येस्तो गतिबिधी बाट अमेरिकि आदिबासी हरु टादै रहनु पर्ने बिचार  ब्यक्त  गरे.

त्यस्तो संका गर्ने आधार के छ भनेर प्रस्नं गर्दा उन्ले भने कतिपय नेपाली आदिबासि भनिने हरुको अमेरिकि आदिबासी हरु सँग अनुहार मिल्ने तर्क अघी सारे

क्र म श

Read Full Discussion Thread for this article