Posted by: cybernepali December 1, 2014
नेपाली नेताको छोराको बिहेमा भारतीय पैसाको माला ????
Login in to Rate this Post:     0       ?        

छोराको बिहेमा भारतीय रुपियाको माला लाउन लगाएर सर्वहारा नेताले आफ्नो भारतीय नेताहरुको देनलाई खुलस्त पारेको छ

 


सर्बहारा नेताको छोरालाई बिहेमा भारतीय पैसाको माला, बुहारी सुनले छपक्कै




काठमाडौं, मंसिर १४ । सारा सम्पत्ती पार्टीलाई बुझाएका सर्बहाराको नेता भनेर जनाताको अगाडी ठिक्क पर्ने एमाओवादीका सचिव टोप बहादुर रायमाझीले आफ्नो छोरोको विवाह धुमधमासँग गरेका छन् । रायमाझीले आफ्ना छोरो संदिप रायमाझीको मंसिर ११ गते विवाह गराईदिएका हुन् । स्थानिय विकास मन्त्री समेत भईसकेका मन्त्री टोप बहादुर रायमाझीको छोराको विवाहमा इन्डियन पैसाको मालाले गला भरिएको देखिन्छ भने बुहारीको गलामा भने सुनले ढाकेको प्रष्ट देखिन्छ । नेपाली सर्बहारा बर्ग र शोषित पिंडित जनताको मुक्तीको लागि भनेर नेपालमा शुरु भएको जनयुद्धमा भावना विपरित हिडिरहेको नेताहरुले पछिल्लो समयमा जनताको अगाडि दिएका आश्वासन र सम्पूर्ण क्रान्तिकारी योद्धाहरुलाई देखायको सपना सबै भुलेर आज उनिहरु आफुले बिलासिताको जिबन बिताई रहेका छन । जनतासामू गएर पाँच रुपयाँमा विवाह गर्ने कुरा गर्दै हिड्ने नेताहरुको छोराछारीको विवाह भने यस्तो हुँदो रहेछ । 



‘सर्वहारा बर्गको नेतृत्व गर्ने’ पनि उनी नै हुन् ? जब सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने मान्छेले गैर सर्वहारा चरित्र देखाउन मिल्छ कि मिल्दैन ? गैर सर्वहारा चरित्र देखाउनेले सर्बहारालाई मुक्ति मिलाउन सक्छ कि सक्दैन ? रायमाझीको छोराको विवाहले त्यो प्रश्न भने उठाएको छ । स्वभाविक रुपमा हिन्दु संस्कारमा हुर्केको नारीले सुनका गहना प्रति चासो प्रकट गर्छन, सुनलाई महत्व दिन्छन नै । त्यही संस्कृति र संस्कारको प्रभाव हो, रायमाझीको बुहारीको गलामा देखिएको सुन । जसलाई कुनै पनि सिद्धान्त र आदर्शले रोक्न सक्दैन, आखिर रोकेन पनि । top bdr तर यो एउटा यस्तो प्रतिनिधि घटना हो, जसलाई सिंगो कम्युनिष्ट आन्दोलनसँग जोडेर हेर्नु अनिवार्य बनेको छ । जनतालाई मुक्ति दिलाउने भनेको कम्युनिष्टहरुले नै हो, यसमा कुनै शंका छैन तर विश्वमा कम्युनिष्टहरु असफल हुनुका मुल कारणहरु मध्ये यस्ता घटना प्रधान बनेर आइरहेका छन् । कम्युनिष्ट नेताका ‘बोलिएका भनाई र देखिएका गराईमा हुन्ने आकाश पातालको भिन्नता’ पनि कम्युनिष्ट असफल हुनुका कारण हुन् । जब ‘भनाई र गराईमा भिन्नता’ आउँछ तव त्यसको आलोचना स्वभाविक हुन्छ नै । गरीब र सर्बहार बर्गहरुका लागि युद्ध लडेको बताउने माओबादी हरु के माओबादीले गरिब र सर्बहारा बर्गको लागि जो काम गरिरएको छ ? सत्य कुरा बन्नु पर्दा गरिब र सर्बहारा बर्गको साथ लिएर जो माओबादी ले युद्ध लडेको थियो। हरेक ठाउमा गरीब र सर्बहारा बर्गहरु लाइ जो प्रयोग गरेको माओबादी आज आएर तिनै गरीब र सर्बहारा लाइ जो पाखा लाएको प्ररस्त देखिंछ। गरीबहरुले आधा पेट खाएर पालेको माओबादी आज आएर गरीबको भावना माथि खेलवाड गरेको छ।

Read more at: http://www.xpresskhabar.com/%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%9B%E0%A5%8B%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88/ | XpressKhabar.com

 
Read Full Discussion Thread for this article