Posted by: magorkhe1 November 18, 2014
गढीमाई -हाम्रो गौरव कि लज्जा ?
Login in to Rate this Post:     0       ?        
भाकल गर्ने प्रथा को निर्मुलिकरण गर्नु पर्यो !
सिक्षा सामग्रीमा भाकल को बारेमा ग्यान बढाउने काम गर्नु पर्यो |
हलाली : बन्द गर्नु पर्यो यो झन् लज्जा को कुरा हो |
गडिमेलाका पधाधिकारिलाई ५ / ५ बर्समा हैन हरेक बर्समा मनाउने चलन चलाउन आग्रह गर्ने जसले गर्दा भाकल गर्नेको संख्या कम हुने भै कम पशु बध हुने संख्या कम हुनेछ |
भारतीय जनतामा बिसेस गरि बिहार , उत्तर खण्ड , नेपाल सिमा तासिएका भारतीय जिल्ला हरुमा पनि बौद्धिक चेतना हुने सामग्री को प्रचार प्रसार हुनु पर्यो :
तर्क कै लागि तर्क गरेर यो प्रथा रोकिंदैन : रोक्ने उपाय के हो त लेखकको मन्तब्य खुलासा भएन _ लज्जा र गौरब मा मात्र सिमित देखियो | किन एकाएक भाकलिहरुको संख्या बढ्न गयो ? यसको कारण अनि त्यो कारणको निराकरण गर्ने सुझाब के त ?
शिक्षाको घाम घर दैलोमा पुगेको रहेनछ भान्नु पर्यो हैन न त ? सिक्षाले साक्षर मात्र बनाएछ भन्नु पर्यो बिबेकशिल बनाउन सकेन ? 
कि  मधेशमा हुने अनि मधेशीको भेला भएकोले गौड आसय ( मुख्य  हैन ) त हैन बिरोधको ? हुन त पहाडी मुलका हरुको संख्या पनि हरेक मेलामा थपिदै छ : जहाँ गरिबी हुन्छ त्याहा मानिस अन्ध बिस्वाश तिर तानिन्छन: अनि  मिडिया को  प्रचार प्रसारले मेची देखि महाकाली अनि सगरमाथा देखि भारत्बर्स का लाइ आकर्सित मात्र हैन ठुलो माछाले सानो माछ्लाई खाने , धेरै पैसाले थोरै पैसालाई तान्ने अनि ठुलो  भिडले थप भिडलाई आकर्सित गर्ने कुरा तेतिनै सत्य छ : धेरै जसो बेला मानिस मानिस नभएर भेडा बन्न जान्छन यदि मानिसको भेला भेला नभएर भिड भाडमा बदलिएको बेला !!!!
साकारात्मक शुझाब हरु के त ? 
ब्यबस्थित कुरा गर्नु भयो हाम्रा माननीय लेखक ज्युले : हाम्रो समाज पनि तेस्तै हो जस्तो १० बर्समा पनि सबिधान बन्न नसक्ने : अनि त्यो चोभार मा गरिने दैनिक काट मार चाहि ब्यबस्थित मा पर्छ ? त्यो थ्यांक्स गिभिंग मा कति करोड तार्कि बलि हुन्छन त्यो चाहि ब्यबस्थित हुनाले ठिक हो कि ?
यो मेला त बन्द हुदैन होला अनि न त बलिकै ! यो मेला ब्यबस्थित गर्न के सुझाब छ ?

कि त लामो सुरुङ्ग जस्तो बनेर सबै मानिसले पशु बलि नचढेको देखिने गरि पाल भित्र ( पस्चिमेलिले बन्द ढोका भित्र छ्याक पारे जस्तो ) गर्दा ब्यबस्तित को एक अन्स हुन् जाने छ कि ? रगत जता पायो उतै नबगोस भनि ठुला ठुला खाल्डा खनी पुर्ने काम गरे के होला ?
लज्जा र गौरब मात्र लेखेर पुगेन : 

साकारात्मक शुझाब हरु के त ? 

Last edited: 19-Nov-14 11:14 AM
Read Full Discussion Thread for this article