Posted by: ne0 November 15, 2014
घिनलाग्दो वाहियात काम पनि गर्दो रहेछ नेपाल पुलिस
Login in to Rate this Post:     2       ?         Liked by
१. कलेजका बिद्यार्थीहरुको ब्येबहर सुधार्ने काम अभिभावक तथा अध्येन संस्थाको हो | कानुन बिपरित केहि गरेको छ भने मात्र प्रहरीले हस्ताछ्येप गर्ने अधिकार छ |

२. सबै कलेजको युनिफोर्म हुदैन | युनिफोर्म भएकालाई मात्र कानुनी कारबाही गर्नु कत्तिको जायेज कुरा हो?

३. कलेज जानु पर्ने विद्यार्थी अरु काममा लागेमा अपराधी हुन्छन भन्ने कानुन छैन |

४. प्रहरी अनि जनता सबै नियेम कानुन अन्तर्गत चल्नु पर्छ - प्रहरीले आफ्नो मनपरी नियेम कानून बनाउन मिल्दैन |

५. अभिभाबकले भनेको नमान्ने अपराधी हुन् भने धेरै नै बच्चा अनि बिद्यार्थीहरुलाई प्रहरीले कारबाही गर्नु पर्छ | आखिर धेरैले पढ्नु पर्ने टाइममा अरुनै कुरा गर्दै बस्छन |

६. एस कुरामा दुइमत हुने मान्छेहरु धेरै छन् तर कानुनलाइ सहज रुपमा हेर्दा सम्पूर्ण देशको कानुनि प्रक्रियाहरुमा धक्का पुग्न सक्छ | हिजोसम्म युवाहरुलाई समाती प्रहरीले कपाल काट्दा मानव अधिकार हनन भयो भन्ने चर्का नारा सुन्थे | आज प्रहरीले बिना केहि कानुनि आधार युवा युवतीहरु अपराधी जस्तो ब्येबहार गरेको कुनै पनि तर्कले जायेज छैन |

७. अन्त्येमा, मुख्य बुंदा चाही नागरिक अनि प्रहरी दुवै देशको नियेम कानुनलाइ पालन गरेर चल्नु पर्छ अनि बिध्यार्थीहरुको ब्येबहर सुधार्ने काम अभिभाबक र अध्येन संस्थाको हो, कानुनको होइन |
Read Full Discussion Thread for this article