Posted by: techguynepal November 14, 2014
दुरसञ्चार प्राधिकरणमा नियुक्ति प्रकरण आफ्नालाई ल्याउन मन्त्री रिजालद्वारा ऐनको ठाडो उल्लंघन
Login in to Rate this Post:     0       ?        



कात्र्तिक ३०, काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालले दुरसञ्चार ऐन विपरित आफ्न्तलाई दुरसञ्चार प्राधिकरणको सदस्यमा नियुक्त गरेका छन् । दुरसञ्चार ऐनको दफा ५ अनुसार पाँच सदस्यीय दुरसञ्चार प्राधिकरणमा अध्यक्षसहित सदस्यहरु सम्बन्धित क्षेत्रमा अनुभवी, प्राविधिक र प्रशासनिक जानकारी भएको, लेखा र लेखापरिक्षण सम्बन्धी अनुभवी तथा दुरसञ्चार सम्बन्धी कानुनी जानकारी भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । तर मन्त्रीपरिषदले बिहिबार नियुक्ति दिएका सदस्य टिका उप्रेतीसंग दुरसञ्चार सम्बन्धी कुनै अनुभव छैन । पहिलो चरणमा छनौटमा परेका आठजना मध्ये नेपाल टेलिकमका पूर्व महाप्रबन्धक विश्वनाथ गोयल तथा दीपक जोशीसंग मात्र यस क्षेत्रमा काम गरेको अनुभव छ । पहिलो चरणमा छानिएका मध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रीपरिषदसमक्ष लैजानुपर्नेमा उप्रेती र उनी भन्दा कमजोर अन्य उम्मेदवारलाई छनोट गरेर उनको नियुक्तिलाई सहज पारिएको थियो । जबकी टेलिकमकै बागडोर सम्हालेका गोयल तथा अमेरिकामा करिब १२ वर्ष दुरसञ्चारको क्षेत्रमा काम गरेका जोशीलाई अन्तिम छनौटमा पारिएन । यदि त्यसो गरिएको भए उप्रेतीको नियुक्ति धरापमा पर्ने थियो ।
उप्रेतीमाथि रिजालको रुचि किन ?
सञ्चारमन्त्री रिजाल राजधानीको एपेक्स कलेजका अध्यक्ष पनि हुन् । उनी अध्यक्ष रहेको कलेजका उपाध्यक्ष हुन्,उप्रेती । नातेदार समेत पर्ने उप्रेतीलाई सरकारी नियुक्ति दिलाउन रिजालले नियम मिचेको श्रोतको दाबी छ । आफन्त र कलेजकै उपाध्यक्ष उप्रेतीलाई नियुक्ति दिलाउनकै लागि परीक्षाबाट छनौट भएका योग्यको नाम हटाएर कमजोर उम्मेदवारका बीचमा उप्रेतीको नाम मन्त्रिपरिषदमा पु¥याउन रिजालको प्रत्यक्ष संलग्नता रहेको बताइन्छ ।
प्रिन्सिपलले लिए आफ्नै उपाध्यक्षको अन्र्तवार्ता
सामान्यतः कुनै पनि सरकारी निकायमा कर्मचारी वा कुनै नियुक्तिका लागि लिइने अन्र्तवार्ताका अन्र्तवार्ताकार उम्मेदवारको चिनजानको व्यक्ति हुन नहुने प्रावधान छ । तर उप्रेतीको अन्र्तवार्ता लिने अन्र्तवार्ताकार बिनय कुमार शर्मा 

  उनी उपाध्यक्ष रहेको एपेक्स कलेजका डिरेक्टर  हुन् । नियुक्तिमा प्रमुख हात रहने मन्त्री रिजाल कलेजका अध्यक्ष हुन् । यस आधारमा पनि नियम कानुन ठाडै मिचिएको प्रष्ट हुन्छ ।
Last edited: 14-Nov-14 11:52 PM
Last edited: 17-Nov-14 09:27 AM
Last edited: 17-Nov-14 09:28 AM
Last edited: 17-Nov-14 09:34 AM
Last edited: 17-Nov-14 09:34 AM
Read Full Discussion Thread for this article